२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

फोहरमैला व्यवस्थापनमा जवाफदेहिताको अभाव

फोहरमैला व्यवस्थापनमा जवाफदेहिताको अभाव

फोहरमैला व्यवस्थापनमा जवाफदेहिताको अभाव

फोहरमैला व्यवस्थापनमा जवाफदेहिताको अभाव

फोहरमैला व्यवस्थापनमा जवाफदेहिताको अभाव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • शहरी फोहरमैला व्यवस्थापनबारे लामो समयदेखि बहस हुँदै आए पनि समस्या ज्यूँ का त्यूँ छ । बहस र छलफल हुने, तर व्यवस्थापनका लागि सरोकारवाला निकायको गंभीर चासोको अभावले समस्या चर्को छ । नदी किनार र वन क्षेत्रमा फोहरमैलाको व्यवस्थापन गरेर स्थानीय तहले आफ्नो मनपरी देखाएको छ । नदी किनार र वन क्षेत्रमा भइरहेको फोहरमैला व्यवस्थापनले स्वच्छ वातावरणका निम्ति जोखिम बढेको छ ।


    बुटवल उप–महानगरपालिकाले तिनाउ नदी किनारमा फोहर व्यवस्थापन गर्दै आएको छ । सिद्धार्थनगरपालिकाले डण्डा नदी किनारमा फोहरमैला व्यवस्थापन गर्दै आएको वर्षौं भयो । देवदह नगरपालिकाले बस्ती नजिकैको वन क्षेत्रमा फोहरमैला व्यवस्थापन गर्दा स्थानीय समुदाय प्रत्यक्ष मारमा परेका छन् । अरु पालिका पनि फोहरमैला व्यवस्थापनमा प्रभावकारी काम गर्न सकेका छैनन् । अहिले पालिकाले फोहरमैला व्यवस्थापनमा समस्या भोगिरहेका छन्, तर समस्या समाधानको बाटो पहिल्याउन सकेका छैनन् ।पालिकाभित्रको फोहर व्यवस्थापनको काम पालिकाको हो । संविधानले फोहरमैला व्यवस्थापनको जिम्मेवारी पालिकालाई दिएको छ । यो एकल अधिकारभित्र पर्ने र नागरिकको दैनिक जीवनसँग जोडिएको विषयप्रति पालिका गंभीर छैनन् भन्ने देखिन्छ । सिद्धार्थनगर जस्तो पर्यटकीय नगरले डण्डा नदी किनारमा वर्षौंदेखि फोहर फाल्दै आउनु र बुटवल जस्तो साधनस्रोत सम्पन्न पालिकाले फोहरमैला व्यवस्थापनको पहलकदमी लिन नसक्नुले उनीहरुको कमजोरी हो । नदी मान्छेका लागि मात्रै नभई हरेक प्राणीका लागि आवश्यक छ । नदीलाई स्वच्छ रुपमा बग्न नदिएर मान्छेले  प्रकृतिप्रति अन्याय गरेको छ । प्रकृतिले दिएका अनुपम उपहारलाई जोगाउने र संरक्षण गर्ने पहिलो जिम्मेवारी मान्छेको हो । जहाँ अरु जीवजन्तु सहजै बाँच्न सकुन् । अरु जीवजस्तु सहजै बाँच्न सक्दा  नै मानव जीवन सार्थक हुने हो । फोहरमैला नदी किनारमै फाल्दा अरु नदीमा बाँच्ने जीवजन्तुका लागि त कष्टकर भएको छ, मान्छेकै जीवन संकटमा परेको छ । वातावरणीय असन्तुलन बढेको छ ।


    विकास भनेको जिल्ला सडक, विमानस्थल र ठूला भवन मात्रै होइनन् । मान्छेको जीवन सहज बनाउनका लागि प्रकृतिको दोहनलाई न्यूनीकरण गर्नुपर्छ ।फोहरमैला व्यवस्थापनको ठाउँ नदी किनारलाई होइन्, एउटा व्यवस्थित क्षेत्र खोजौं, जहाँ फोहरमैला व्यवस्थापन गर्दा कसैलाई असर नगरोस् । संकलन भएको फोहरमैला प्रशोधन गरी आयआर्जन हुन सकोस् । कुनै एउटा पालिका मात्रै नभई सम्भव हुने धेरै पालिका मिलेर यस्तो काम गर्न सम्भव छ । दुई वा दुईभन्दा बढी पालिका मिलेर फोहरमैलाको दिगो व्यवस्थापनका लागि ठाउँ खोजेर अघि बढ्न सक्दा नदीमा भइरहेको प्रदुषण रोक्न सघाउ पुग्छ नै, पालिकाले पनि केही गर्दैछन् भन्ने सन्देश प्रवाह हुन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij