२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २७ महिलालाई फर्काइएको छ ।

    बुधबार मानव बेचबिखन गिरोहले विदेश लैजान लागेको भन्ने सूचना पाएपछि र विमानस्थल सुरक्षा प्रहरी कार्यालयले २७ महिलालाई विदेश जान रोकेको थियो ।

    त्यसपछि २७ महिलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाइएको हो ।

    अहिले ती महिलामाथि सोधपुछ गरेर अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

    ‘हामीले सोधपुछका लागि नियन्त्रणका लिएका महिला आफैं पीडित हुन् । उनीहरूलाई फकाएर, झुक्याएर कसले विदेश लैजान लागेको हो भन्नेबारे अनुसन्धान गर्दैछौं,’ उनले भने ।

    अहिलेसम्मको प्रारम्भिक अनुसन्धानको क्रममा ओमन जाने भनेर ती महिलाहरूलाई भिजिट भिसामा कुवेत लैजान लागेको पाइएको छ । यसरी लैजाने गिरोहबारे अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij