२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

यसपालि कक्षा १२ को परीक्षामा ५ वर्षयताकै बढी विद्यार्थी उत्तीर्ण

यसपालि कक्षा १२ को परीक्षामा ५ वर्षयताकै बढी विद्यार्थी उत्तीर्ण

यसपालि कक्षा १२ को परीक्षामा ५ वर्षयताकै बढी विद्यार्थी उत्तीर्ण

यसपालि कक्षा १२ को परीक्षामा ५ वर्षयताकै बढी विद्यार्थी उत्तीर्ण

यसपालि कक्षा १२ को परीक्षामा ५ वर्षयताकै बढी विद्यार्थी उत्तीर्ण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ ५ २०८३
शुक्रवार, आषाढ ५ २०८३

  • बुटवल । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को (नियमितरआंशिक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। 

    यस वर्ष २०८३ मा कक्षा १२ को परीक्षामा पाँच वर्षयताकै बढी ६४।१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। 

    गत वर्ष २०८२ मा ६१।१७ प्रतिशत उत्तीर्ण भएका थिए। त्यसको तुलनामा यस वर्ष ३ प्रतिशत बढी विद्यार्थी पास भएका हुन्। 

    त्यसो त यसापालिको नतिजा २०७८ यताकै उच्च हो। 

    २०७८ सालको परीक्षामा ४६।४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए।

    २०७९ सालमा ५१।९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

    २०८० को परीक्षामा नतिजा केही घटेको थियो। सो वर्ष ५०।९१ प्रतिशत उत्तीर्ण भएका थिए।

    २०८१ मा ५२।९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

    यसपालि सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको संख्या २ लाख ६८ हजार १९० छ।

    तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिक तर्फ ३६ हजार ४२० छन्। 

    जम्मा ६४।१३ प्रतिशत विद्यार्थी उत्तीर्णमा नियमिततर्फ ६९।७५ र आंशिकतर्फ ४२।३८ प्रतिशत छन्।

    परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको website: result.neb.gov.np तथा नेपाल टेलिकमको website: https://neb.ntc.net.np बाट हेर्न सकिनेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij