२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कालिका मानवज्ञानमा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण

कालिका मानवज्ञानमा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण

कालिका मानवज्ञानमा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण

कालिका मानवज्ञानमा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण

कालिका मानवज्ञानमा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ ५ २०८३
शुक्रवार, आषाढ ५ २०८३
  •  

    बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलमा कक्षा १२ मा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 
    कुल सहभागी १ हजार ५ सय ८९ विद्यार्थी मध्ये १ हजार ४ सय ३८ विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्राचार्य दिनेश थापाले जानकारी दिए । उत्तीर्ण विद्यार्थी मध्ये १० जनाले ३ दशमलव ९ जिपिए भन्दा बढी ल्याई उत्कृष्ट भएका छन् । ब्रिजेश चौधरी, निष्चल जिसी र शिशिर मल्लले ३ दशमलव ९६ जिपिए ल्याउन सफल भएका छन् ।  विष्णु अधिकारी र सजल श्रेष्ठले ३ दशमलव ९४ जिपिए ल्याउन सफल भए भने दिव्य ज्ञवाली र इशान ज्ञवालीले ३ दशमलव ९१ जिपिए ल्याएका छन् ।  आवष्कर श्रेष्ठ, रोशन खनाल र मोहनराज चौरसियाले ३ दशमलव ९ जिपिए ल्याई उत्कृष्ट स्थान हासिल गरेका छन् ।
    त्यसैगरी, ३ दशमलव ६० जिपिएमाथि ल्याई १ सय ९६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । ३ दशमवल २ देखि ३ दशमलव ५९ जिपिए ल्याई ५ सय ६९ विद्यार्थी उत्तीर्ण भएका छन् ।
    यो विद्यालयमा कुल ८ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा विज्ञान,कम्प्युटर विज्ञान,व्यवस्थापन, शिक्षा, कानुन, र मानविकी अन्तर्गत विभिन्न विषयमा पठनपाठन हुन्छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij