२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रास्वपा महाधिवेशनका अपेक्षा

रास्वपा महाधिवेशनका अपेक्षा

रास्वपा महाधिवेशनका अपेक्षा

रास्वपा महाधिवेशनका अपेक्षा

रास्वपा महाधिवेशनका अपेक्षा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ ७ २०८३
आइतवार, आषाढ ७ २०८३
  • सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आजदेखि चितवनमा  सुरु हुँदैछ । झण्डै दुई तिहाईको जनमतका साथ सरकार सञ्चालन गरिरहेको रास्वपाको महाधिवेशन यस अर्थमा महत्वपूर्ण छ कि महाधिवेशनले पार्टीको सांगठनिक व्यवस्थापन र नीतिगत प्रष्टता गर्नेछ । कुनै पनि राजनैतिक दलका लागि महाधिवेशन नयाँ उर्जाको माध्यम हो, अझ रास्वपाका लागि त्यो उर्जाको सही व्यवस्थापन गरी पार्टीलाई तल्लो तहसम्म व्यवस्थापन गर्ने र वैधानिकता दिने महत्वपूर्ण थलो हुनेछ ।


    स्थापनाको छोटो समयमै सत्ता सञ्चालनको चाँवी हातमा लिएको रास्वपा अनेकौं आशंका र संशयमा गुज्रिएको छ । जनमत दुई तिहाई नजिकको आएपनि संगठनात्मक व्यवस्थापन र नीतिगत प्रष्टताका लागि दबाब परिरहेको बेला महाधिवेशन आयोजना गरेर नेतृत्वले पार्टीका लागि अनुकुल अवस्था निर्माण गरेको छ । तल्लो तहसम्म संगठनको अभावमै लहरको भरमा गएको चुनाव जितेको रास्वपाका निम्ति अबका चुनाव संगठन अपरिहार्य हुनेछ किन कि लहर सधैँ आउँदैन् । नेपाली समाज एउटै पार्टीका पछि सधँै कुदिरहँदैन्, त्यसका लागि जनतासँग जोडिने माध्यम चाहिन्छ, त्यो भनेको संगठन हो । जनतासँग भिजेका र भिज्ने व्यक्तिलाई संगठनमा स्थापित गर्ने र विधिसम्मत हिंडाउने सार्मथ्य राख्न सक्दा नै एउटा सबल पार्टी बन्छ । जिल्ला र प्रदेश अधिवेशनमा कतिपय ठाउँमा भएको झडपले रास्वपाभित्र समाजमा बढ्दो अराजकताले कब्जा जमाउने जोखिम छ । त्यो जोखिमको व्यवस्थापनको खाका यो महाधिवेशनले ल्याउन सक्दा आगामी दिनमा एउटा अनुशासित संगठन बन्न सक्नेछ, तर अराजकताको आगोलाई चिम्लिने प्रवृत्ति हावी भएमा रास्वपा निर्माण र व्यवस्थापन जटिल बन्दै जानेछ । आन्तरिक लोकतन्त्रमा सबल बनाउन खोज्दा नै सरकारको सफलता निर्भर रहन्छ । अहिले सरकार लोकतान्त्रिक परिपाटीले चलेको नभई जोरजबर्जस्ती र विधिको उल्लंघन गरी सञ्चालन भइरहेको भन्दै आलोचना भइरहेको बेला पार्टीको आन्तरिक लोकतन्त्रलाई सबल बनाउन खोज्दा सरकार सञ्चालन पनि लोकतान्त्रिक विधिबाट सञ्चालन गर्न सघाउ पुग्नेछ । लोकतान्त्रिक विधिलाई कुल्चदा समाजमा हुने विष्फोटले अन्ततः रास्वपालाई किनारामा पु¥याउने छ नै, मुलुकले पनि मूल्य चुकाउने छ ।


    कुनै वैचारिक धरातलको आधारमा खडा भएको पार्टी नभई रास्वपा नेपाली समाजमा देखिएको असन्तुष्टिमा खेलेर निर्माण भएको पार्टी भएकाले अब वैचारिक प्रष्टता दिन उत्तिकै आवश्यक छ । उदार आर्थिक नीति अगाल्ने लोकतान्त्रिक पार्टी भनिए पनि विगतमा संघीयताप्रति असहिष्णु नेतृत्व अहिले त्यसप्रति सकारात्मक छ । संघीयता र गणतन्त्रप्रति जति प्रष्ट हुँदै गएको छ, धर्म निरपेक्षता र समावेशीताप्रति पनि उसको प्रष्टता आवश्यक छ किन भने अस्पष्टताले राजनैतिक दल समस्याको जालोमा जेलिन्छन् । झण्डै तीन हजार प्रतिनिधि पर्यवेक्षक सहभागी महाधिवेशन यो महाधिवेशनले सांगठनिक व्यवस्थापन र वैचारिक प्रष्टता लिन सक्दा मुलुकले पनि सही लय समात्छ किन कि रास्वपाले सत्ता सञ्चालनको जिम्मा पाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij