२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गाउँ क्षेत्र हुँदै राजधानी घेर

गाउँ क्षेत्र हुँदै राजधानी घेर

गाउँ क्षेत्र हुँदै राजधानी घेर

गाउँ क्षेत्र हुँदै राजधानी घेर

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
आइतवार, आषाढ ७ २०८३
आइतवार, आषाढ ७ २०८३
  • अहिले देशमा जन निर्वाचित उच्च निकाय जनप्रतिनिधि संघीयसभा अर्थात् संसदीय सदनको बैठक चलिरहेको छ । तर अहिले त्यहाँ कुनै देश र जनताको हितका लागि भन्दा आ–आफ्नै व्यक्तिगत दलीय स्वार्थ र हितका लागि तछाडमछाड अर्थात् सत्तापक्ष र प्रतिपक्षबिच कुकुर बिरालाको जस्तै हाउँ हाउँ र ¥यार¥यार गर्ने जस्तै द्वन्द्व  र तमासा देखिएको छ । सदन सञ्चालन भएकै दिनदेखि अहिलेसम्म त्यस्तै तमसा त्यहाँ भइरहेको छ । जिन्दवाद–मूर्दावाद कुर्सी छोड, राजीनामा दे आदि जस्ता नारा त्यहाँ दिनहुँ गुञ्जिरहेका हुन्छन् । तर सत्ता पक्षले भने ती केही पनि नसुनी कुकुर भुक्दैछ, तर हात्ति अघि बढ्दै छ भने जस्तै गरी एकपछि अर्काे रुपमा धमाधम त्यहाँबाट आफ्नो नीति तथा कार्यक्रम अनि नयाँ–नयाँ विधेयकहरु एकलौटी विपक्षीहरुको विरोध नारा–जुलुस घेराबन्दी आदि हुँदाहुँदै पनि पारित गर्दै अघि बढिरहेको छ । 


    आखिर यो सामन्ती, दलाल र नोकरशाही बुर्जुवा संसदीय सदन आ–आफ्नो वर्गीय चरित्रअनुसार नै जे त्यहाँ पहिले पहिले हुने गर्दथ्यो त्यही हुने गरेको छ । अर्थात् वर्गीय रुपमा यो केही सामन्ती दलाली मुठ्ठीभर हुने खाने वर्गका लागि यो स्वर्ग जस्तै छ भने गरिब, निमुखा, शोषित, पीडित, किसान, मजदुर वर्गका लागि नर्क सरह देखिएको छ । हिजो निर्वाचनमा त्यस्तै गरिब, दलित, सुकुम्वासी किसान, मजदुर जस्ता शोषित पीडित भुई मान्छेहरुलाई विभिन्न आश्वासन बाँडेर अर्थात् एक प्रकारको हौवा, पुराना र नयाँबिचको अन्तर देखाएर देशव्यापी अत्यधिक बहुमतद्वारा सदन कब्जा गरियो र सरकार बनाइयो । तर सरकार बनेकै अर्काे दिनदेखि ती सबै बचन बिर्सि उल्टै तिनै भुई मान्छेहरुमाथि यो सरकार डोजर बोकी हमला गर्न आइपुग्यो । सुकुम्वासीहरुको विचल्ली, उठिबास । किसान–मजदुर, शिक्षक, विद्यार्थी सबै आ–आफ्ना पेशागत संगठनहरुमाथि प्रतिबन्ध जुन हिजो पञ्चायती निरंकुश शासकहरुले पनि यो गर्न सकेका थिएनन् । 


    हिजो भोका–नाङ्गा, गरिब जनताको गीत चमेली गाउँदै हिडेर जनताको मत जिति सत्तासीन बनेको, आफ्नो अपिसमा ग्रेट नेपालको नक्सा टागेर एउटा संसक्त देशभक्त र राष्ट्रवादी बन्ने गरेको हालको प्रधानमन्त्री बालेन साह अन्ततः आफ्नो खास वर्गीय धरातलमा यति छिट्टै आइपुगिहाल्ला भन्ने कसैलाई विश्वास नै थिएन । तर भयो त्यही । आखिर पाल्तु कुकुर उसको मालिकले जे भन्छ त्यही गर्छ । आभन्दा आउँछ, जाभन्दा जान्छ, टोकभन्दा टोक्छ, भुकभन्दा भुक्छ त्यो पाल्तु कुकुरको धर्म, कर्तव्य र जिम्मेवारी हो । त्यस्तै जिम्मेवारी आज हाम्रो देशका यी विदेशी पाल्तु कुकुर दलालहरुबाट जे जे गर्न हिजो भनिएको थियो त्यही त्यही आ–आफ्नै मालिकहरुको इशारामा गर्दै छन् । 


    माथि जे जे भनियो त्यही गरेर गर्दैछन् । देशको राष्ट्रियता र अतिक्रमण अनि सिमाको बारेमा प्रश्न उठयो त्यसलाई मत्थर वा अन्यत्र मोड्न मालिकहरुले नयाँ जुक्ति खोजे र आफ्ना बफादार पाल्तु नोकरलाई त्यो पनि देशको उपल्लो गरिमामय प्रतिनिधि सभाको रोष्ट्रममै उभिएर उल्टै भन्न र बोल्न अ¥याए ‘नेपालले पनि भारतको कैयौं भूमि मिचेको रहेछ ।’ कस्तो हाई संचो ? अन्ततः अहिलेसम्म नेपालको भूमि अतिक्रमण गर्ने विस्तारवादी भारत उल्टो भारतकै भूमि नेपालले अतिक्रमण गरेको खुलासा त्यो पनि देशकै करिब दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्रीकै मुखबाट । अब फेरि कुन मुखले कुन नाकले भारतीय विस्तारवाद अनि त्यसले अहिलेसम्म ओगटी बसेको लिपुलेक, कालापानी, लिम्पियाधुरा साथैै सुस्ता महशेपुरलगायत पूर्व–पश्चिम दक्षिणका भारतीय अतिक्रमित नेपालको हजारौं एकड भूमि फिर्ता गर भन्ने ? उल्टै अहिले भारतीय मिडिया र दलालहरुले नेपालबाट अतिक्रमित भारतीय भूमि फिर्ता गरी ल्याउन भारतीय प्रधानमन्त्री मोदीलाई दबाब दिन थालेका छन् । हिजो ग्रेट नेपालका कुरा गर्ने आज नेपालले नै भारतीय भूमि मिचेको भन्नेहरुको वास्तविक नक्कली राष्ट्रवादको पर्दापास भएको छ । सत्तामा नपुगेनजेल देशको राष्ट्रियता र राष्ट्रवादको नारा घन्काउने तर सत्ता पाएपछि उल्टै नेपालले नै भारतीय भूमि मिचेको देख्ने ।


    अचम्म त्यो दिनदेखि त्यो विषयमा स्पष्टीकरण दिई फिर्ता लिई माफी माग्न सदनदेखि सडक चारैतिर आवाज उठिरहेको तर ढुंगा बोल्ला तर  प्रधानमन्त्री बालेन यसमा अडिक छन् । हुनतः जस्तो पार्टी त्यस्तै दल नेता–अनि कार्यकर्ता । प्रम बालेनलाई मात्रै के दोष ? स्वयं घण्टी  पार्टीका सभापति बालेन अनि उपसभापति  स्वर्णिम वाग्ले र हालका परराष्ट्रमन्त्री शिशिर खनाल  लगायतहरुकोे मूल  चाहना र नियत नै जसरी हुन्छ सत्तामा जाने । त्यसको लागि आवश्यक परे यो देशको जिम्मा नै भारतलाई दिएर भए पनि सत्तामा जाने गरी भारतीय शासकहरुसँग भेटघाट र वार्ता गर्न घण्टी पार्टीका तत्कालीन महासचिव डा. मुकुल ढकाललाई अ¥याइएको रहस्य त स्वयं ढकालले बताउँदै आएका छन् । त्यत्तिकै भारतले अहिले रास्वपाका सभापति रवि लामिछानेलाई भारत भ्रमणको निम्ता दिई त्यहाँ रातो कार्पेट विक्षयाएर फूलमाला, नाचगानसहित बाजा बजाएर भव्य स्वागत गरेको । जस्तो सिक्किमी भारतीय दलाल लेण्डुपेलाई सिक्किम भारतमा विलय गराउनका लागि हिजो त्यस्तै गरे जस्तै ।


    यसै विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख संसदीय दल नेता भीष्मराज आङदेम्बेले सदनबाट एउटा अति संवेदनशील सनसनीपूर्ण वक्तव्य जारी गर्दै प्रम बालेन र घण्टी पार्टीका सारा सभासभादहरुमाथि राष्ट्रद्रोह र राष्ट्रघाती भएको सप्रमाण घोषणा गरेका छन् ।  त्यो देशको राष्ट्रियता र स्वाभिमानको अत्यन्त महत्वपूर्ण विषय छ । कुन प्रमाण कुन पुरानो इतिहास कसरी नेपालले भारतीय भूमि अतिक्रमण गरेको छ ? सप्रमाण सहित सदनलाई अवगत गराउन प्रधानमन्त्रीले । नत्र भने एउटा हचुवा र लहडको भरमा यस्तो राष्ट्रघात गर्न पाइदैन । तत्काल प्रधानमन्त्रीबाट राजीनामा गर । साँच्चै नै अहिले नेपाल सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र स्वाभिमान राष्ट्र भएको भए र यो राज्य सत्ताले बालेनलाई तत्काल गिरफ्तार गरी राष्ट्रघाती र राष्ट्रद्रोहीको मुद्दा चलाई कडा निगरानीसहित जेल चलान गरिसक्थ्यो ।  तर दुःखको कुरा कतै यो देशको मूल राज्य सत्ता नै बालेनको कब्जामा गइसकेको त होइन ? अझ गजबको कुरा त के छ भने यस्तो राष्ट्रघाती शब्द वाक्य त्यो गरिमामय सदनको रोष्ट्रमबाट बालेन बोलिरहँदा घण्टी पार्टीका झोले सांसदहरुको तालीको गडगडाहट र हाँसो खुसीबाट त प्रष्टै छ यो बालेनको भनाइ कुनै भूलवश एकाएक अनायसमा भनेको हुँदै होइन । पूर्व नियोजित नै छ । घण्टी पार्टीका झोले सांसदहरु तिमीहरुलाई थाहा छ कि छैन तिमीहरुको संसदीय सदनमा गणना संख्या यो कूल सदन संख्याको करिब दुई तिहाई नै छ । यति ठूलो संख्याले यसमा समर्थन गरी ताली पिटी त्यसलाई  समर्थन गर्दा बालेनको त्यो राष्ट्रघात नैतिक रुपले समर्थन र पारित भएन र ? के नेपाली जनताले तिमीहरुलाई यस्तै राष्ट्रघात गर्नका लागि यति ठूलो मत प्रदान गरेका थिए । त्यसैले अब पनि सोंच ।


    केही यस्ता राष्ट्रघात यसभन्दा पहिलेका पार्टी नेताहरुले पनि नगरेका होइन । कांग्रेसले कोशी गण्डक नदी सम्झौता राजा–पञ्चेहरुले लिपुलेक कालापानी कांग्रेस–एमालेले महाकाली टनकपुर सन्धि सम्झौता अनि कांग्रेस– एमाले र माओवादीहरुले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी जस्ता राष्ट्रघात गरे । तर यी सबैमा कमसेकम केही छिद्रहरु राखेर केही लाज ढाक्ने काम भएको थियो । तर अहिले यो सरकारका प्रधानमन्त्रीले खुल्मखुला भारतीय भूमि केही थुप्रै ठाउँमा नै नेपालले मिचेको बताएका छन् । यसको खण्डन नगरी जनतासामु माफी नमागी यस्तै पाराले अघि बढ्ने हो भने बालेन–रवि–वाग्ले आदि मात्रै होइन अरु घण्टी पार्टीका नेता–कार्यकर्ता र ताली पिटी त्यसलाई अनुमोदन गर्ने तिमी सब घण्टी सभासदहरु पनि राष्ट्रघाती र जनद्रोही ठहरिने छौं । अब हुने देशको राष्ट्रियता र स्वाभिमानको आन्दोलन र विद्रोहले बालेन–रविलाई मात्रै होइन तिमी साराका सबलाई जसरी तिमीहरुले  सिंहदरबार, अदालत संसद भवन, राष्ट्रपति भवन आदि थुप्रै ठाउँलाई आगो लगाई खरानी पा¥यौं, त्यसैगरी खरानी पार्ने पालो तिमीहरुको हो । ख्याल गर । अहिले नै सचेत भई रवि–बालेनको सति जान नखोज । 


    रास्वपा घण्टी पार्टी र यसका नेता रवि–बालेनहरुले कथित जेनजी विद्रोहको नाममा देशका थुप्रै स्थान र भवनहरुलाई खरानी पारे । अब त सिंगो राष्ट्र नेपाललाई नै खरानी पार्ने दाउँमा यिनीहरु छन् । त्यसैका लागि हो यो बालेनको सदनको रोष्ट्रमबाट गरेको राष्ट्रद्रोही उद्घोष अमेरिकी साम्राज्यवादी र भारतीय विस्तारवादी डिजाइन । नेपालमा अस्थिरता र  यस्तै द्वन्द्व निम्ताएर कथित शान्तिको नाममा अमेरिकी सेना नेपालमा भित्राउने षड्यन्त्र ।  सुरुसुरुमा यसै विषयमा नेपाल भारतबिच द्वन्द्व सिर्जना गराउने ।  यता नेपालको भूमि कालापानी लिपुलेक आदि फिर्ता गर भन्दै भारतविरुद्ध नेपालीहरुलाई उचाल्ने फेरि उता बालेनले नै बोलेको भारतीय भूमि फिर्ता गर भनी भारतीयहरुलाई उक्साउने अन्ततः मध्यस्तताको नाममा नेपालमा अमेरिकी सेना भित्र्याउने यो भित्री डिजाइन जुन जेनजी आन्दोलन पूर्व नै अमेरिकी शासक मार्फत रवि–वालेन र सुदन गुरुङ्गबीच गोप्य सम्झौता र समझदारी भएका गोप्य सूचनाहरु अहिले धमाधम बाहिरिन थालेका छन् । 


    अन्त्यमा नेपाल र नेपालीहरुको राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमान अनि अस्तित्व र पहिचानका लागि राष्ट्रिय मुक्ति आन्दोलन र विद्रोह गर्नुको अर्काे विकल्प नै छैन । त्यसैले के कम्युनिष्ट के कांग्रेस के अरु देशका राष्ट्रघात विरोधी सम्पूर्ण देशभक्त वामपन्थी जनवादी र राष्ट्रवादी साथै प्रजातन्त्रवादी सबैको एउटा वृहत संयुक्त मोर्चा बनाई विद्रोहमा जुटौं । पहिले सत्ता इतर सभादहरुले सांसद घेर । जनताले सिंहदरबार बालुवाटार अनि पुलिस, सैनिक हेडक्वाटर घेर । अनि गाउँ जिल्ला जिल्ला हुँँदै क्षेत्र पछि  राजधानी घेर ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij