२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

माण्डवीका कृषकलाई कृषि औजार वितरण

माण्डवीका कृषकलाई कृषि औजार वितरण

माण्डवीका कृषकलाई कृषि औजार वितरण

माण्डवीका कृषकलाई कृषि औजार वितरण

माण्डवीका कृषकलाई कृषि औजार वितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
अधिकारीले प्युठानमा रहेर समसामयिक विषयमा कलम चलाउछन।।
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • प्यूठान
    माण्डवी गाउँपालिकामा ५० प्रतिशत अनुदानमा कृषकहरूलाई कृषि  यान्त्रीकरण वितरण गरिएको छ । पालिकाले सूचीकृत कृषक समूह, सहकारी र निजी फार्महरूलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । 


    आइतबार माण्डवी गाउँपालिकाको कार्यालय परिसरमा मिनिमिटर र कम्बाइन मिल  वितरण गरेको छ।कृषक समूह, सहकारी र निजी फार्महरूको माग र आवश्यकताको आधारमा यान्त्रीकरण औजार वितरण गरिएको माण्डवी गाउँपालिकाको कृषि शाखा प्रमुख सनत केसीले बताए । ५० प्रतिशतमा कृषकहरुलाई  मिनिटिलर ८६ थान र मिल ३७ गरि ३६ कृषक समूहलाई उक्त कृषि औजार वितरण गरेको शाखा प्रमुख केसीले जानकारी दिए ।  


    कृषकलाई यान्त्रिकीकरण औजार हस्तान्तरण गर्दै माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी(रोशन)ले आधुनिक कृषि उपकरणहरूको प्रयोगले कृषकहरूको उत्पादन वृद्धि गराउन सहयोग पुग्ने बताए । ‘कृषकहरूलाई आधुनिक यन्त्र उपकरणहरूको प्रयोगले समय र लागत खर्चको बचत हुन्छ,’ उनले भने–‘वार्षिक स्वीकृत कार्यक्रमअनुसार पालिकाका कृषकलाई कृषि यान्त्रिकरण वितरण गरेको हो ।’ अनुदानमा प्राप्त गरेका कृषकहरुलाई कृषि  सामग्रीहरु बिक्री वितरण गरेको, प्रयोग बिहिन भएको पालिकामा उजुरी आयो भने पालिकाबाट अनुगमन गरि कृषकलाई कारवाही गरिने समेत अध्यक्ष अधिकारीले बताए ।  


    वितरण कार्यक्रमा माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकी, माण्डवी गाउँपालिका वडा –३ का वडाध्यक्ष धनेन्द्र कार्की, माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकान्त भण्डारी र कृषकहरुको सहभागिता रहेको थियो ।        
    परम्परागत खेती प्रणालीले एकातर्फ समय बढी खर्चिने र अर्कोतर्फ कृषकलाई कार्य बोझ बढ्ने समस्या हुँदा आधुनिक कृषि औजारले कृषकलाई थप सहयोग पु¥याउँछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij