२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उद्योग व्यापार संघले मनायो आठौं स्थापना दिवस

उद्योग व्यापार संघले मनायो आठौं स्थापना दिवस

उद्योग व्यापार संघले मनायो आठौं स्थापना दिवस

उद्योग व्यापार संघले मनायो आठौं स्थापना दिवस

उद्योग व्यापार संघले मनायो आठौं स्थापना दिवस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • बुटवल । उद्योग व्यापार संघ बुटवलले विभिन्न कार्यक्रम गरी आफ्नो आठौं स्थापना दिवस मनाएको छ। स्थापना दिवसका अवसरमा संघले बुटवलको पुष्पलालचोकदेखि ट्राफिक चोकसम्म को सिद्धार्थ राजमार्गको मुख्य डिभाइडरमा वृक्षारोपण गरेको छ। संघले सो क्षेत्रको डिभाइडरमा करिब ५० वटा बेगम बेली फूलका बिरुवा रोपेको छ । उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो।। उक्त कार्यक्रममा बोल्दै वडाध्यक्ष न्यौपानेले उद्योग व्यापार सङ्घले स्थापनाको छोटो अवधिमा सामाजिक क्षेत्रमा विभिन्न रचनात्मक काम हरू गरेको भन्दै सराहना गर्नुभएको थियो। उक्त कार्यक्रममा फ्री योगा साधना देवीनगरका सदस्यहरूको सहयोग रहेको थियो। यसैगरी सङ्घले स्थापना दिवसकै अवसरमा बुटवल शिव नगरमा रहेको नन्दिनी गौशालामा रहेका गौ मातालाई दाना खुवाएको छ । उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना प्रमुख अतिथि रहनुभएको थियो। प्रवक्ता रानाले बुटवलमा क्रियाशील प्रमुख चारवटा व्यवसायिक संस्थाहरूमध्ये  कान्छो भएपनि उद्योग व्यापार संघ बुटवलले बुटवल उपमहानगरपालिकासँग गर्ने सहकार्य र सामाजिक क्षेत्रमा गर्ने योगदान अन्य संस्था सरह नै रहेको भन्दै संघको योगदानको प्रशंसा गर्नुभयो। संघले गरेका  कार्यक्रममा संघका अध्यक्ष लोकनाथ पन्थी, शङ्का सल्लाहकार पुष्पराज ढकाल, निवर्तमान अध्यक्ष गोविन्दराज गैरे, वरिष्ठ उपाध्यक्ष पदम जिसी , उद्योग उपाध्यक्ष केशव श्रीस, वाणिज्य उपाध्यक्ष यमलाल मरासिनी, महासचिव विजय आचार्य, लगायतले बोल्नुभएको थियो। ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij