२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक

आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक

आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक

आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक

आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले गाउँसभाको २१ औँ अधिबेशनाट आर्थिक बर्ष २०८३।०८४को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । पालिका अध्यक्ष उमेशचन्द्र यादवले शिक्षा,स्वास्थ्य,कृषि उद्योग क्षेत्र रखेलकुदमा प्रथामिकता दिएको बताए ।

    कृषितर्फ गाउँपानलिकालाई आधुनिक कृषि प्रायाली मार्फत कृषि उत्पादन र उत्पादकत्व अभिबृद्धि गरिने,गाउँपालिकाको वडान १मा रहेको चिस्यान केन्द्र संचालन गर्ने ,दुधमासु अण्डा तथा पशुजन्य उत्पादन बृद्धि गर्ने कार्यक्रम संचालन गर्न बिशेष प्रथामिकता दिईएको बताए । उनले कृषि बिद्युतियकरणलाई प्रोत्साहन गर्न सम्पूर्ण कृषि मिटरको लाग्ने दस्तु्र छ्ट गरिने , युवाहरुलाई बिदेश जान्नबाट रोक्न युवाहरुलाई कृषिसंग जोडेर तालिम संचालन गर्ने यादवले बताए ।

    उद्योगमा पचासलाख भन्दा बढी लागननीको उद्योग स्थापना गर्ने उद्योगीहरुको लागि ५ बर्षे बराबरको प्रतापपुरमा लागने सम्पूर्ण कर छुट दिने,र कोशेली घर निमार्ण गरिने पर्यटन क्षेत्रमा पर्यटकीय क्षेत्रहरुको संरक्षण प्रबद्र्धन र प्रचारप्रसार गरी एग्रो टुरिजम मस्टर प्लान तयार गरी पहिचान भएका स्थानमा होमस्टज संचालनका लागि स्थानियलाई प्रोत्सहान गरिने ,शिक्षामा माध्यमिक बिद्यालयमा प्राबिधिक धारको शिक्षा संचालन ,अध्यक्ष शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम सचालन गर्ने यादवले नीति कार्यक्रम उल्लेख गरेका छन ।

    स्वास्थ्य तर्फ जेष्ठ नागरिक तथा आपङ्गता भएका व्यक्तिहरुको सम्मान स्वास्थ्य संरक्षण र सहज उपचार सेवामा पहुँच अभिबृद्धि गर्न अध्यक्षसंग घरदैलो स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिने चालु आर्थिब बर्षभित्र कम्तीमा दुई वटा स्वास्थ संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषाण गर्ने र आगामी बर्ष प्रतापपुर गाउँपालिकालाई बालमैत्री घोषाण गर्ने लक्ष्य लिएको नीति तथा कार्यक्रममा समेटीएको अध्यक्ष यदावले जानकारी दिए । मिसन रोजगारी दिगो रोजगारी र उद्यामशिलाता प्रबद्र्धन अभियान संचलान गर्ने रोजगार रणनीति निमार्ण गरिने नीति कार्यक्रममा उल्लेख रहेको छ । गाउपालिकाले १० गते असारमा २०८३।०८४ को बजेट ल्याउने छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij