२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बर्डफ्लुविरुद्ध नियन्त्रण अभियान

बर्डफ्लुविरुद्ध नियन्त्रण अभियान

बर्डफ्लुविरुद्ध नियन्त्रण अभियान

बर्डफ्लुविरुद्ध नियन्त्रण अभियान

बर्डफ्लुविरुद्ध नियन्त्रण अभियान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएपछि नियन्त्रणको प्रयास थालिएको  छ । पशुसेवा विभागले सोमबार पशु प्राविधिकहरूको चार टोली परिचालन गरी बर्डफ्लु पुष्टि भएका फर्महरुमा कुखुरा र हाँसहरु नष्ट गरेको छ ।


    काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा एकैपल्ट धेरै स्थानमा बडफ्लु फैलिएपछि नियन्त्रणमा कठिनाइ भएको बताइएको छ । उनीहरुका अनुसार, अहिलेसम्म उपत्यकामा ५० भन्दा बढी स्थानमा बर्डफ्लु फैलिइसकेको छ ।  यो अत्यधिक संख्या हो । अझै सानादेखि ठूला फर्ममा बर्डफ्लु फैलिएको हुन सक्ने देखिन्छ । फागुनमा पूर्वी नेपालबाट सुरु भएको प्रकोप अहिले उपत्यकाको सदर चिडियाखानालगायत तीनै जिल्लाका विभिन्न स्थानमा फैलिएको पुष्टि भइसकेको छ । संक्रमणबाट चिडियाखानामा रहेका दुर्लभ गिद्ध, लाटोकोसेरो, राजहाँस, सारसलगायत दर्जनौं पन्छी मरिसकेकाले बर्डफ्लुका बारेमा बेलैमा सर्तकता अपनाउन नसकेको पाइन्छ । जिम्मेवार निकायले बेलैमा सर्तकता अपनाउन नसक्दा चिडियाखानामा दुर्लभ पशुपंक्षी मरे । बर्डफ्लु उपत्यका बाहिर पनि फैलिएको हुनसक्छ ।


    सरकारले सामान्यतया प्रकोप प्रभावित फार्महरूमा सबै पन्छी, पन्छीजन्य उत्पादन र दाना नष्ट गर्ने, स्थान सिल गर्ने र ४२ दिनसम्म आवतजावतमा रोक लगाउने गर्छ । बाँकी जंगली चराहरू वा जनावरहरूको हकमा भने कुखुरामा जस्तै नियम लाग्दैन । उनीहरु खुला आवतजावत गर्छन् । उनीहरु कसैको नियन्त्रणमा रहँदैनन् । शंकाको आधारमा सबै पंक्षीलाई मार्ने निर्णय गर्नु पनि जायज होइन् । तर चिडियाखानामा धमाधम गिद्धलगायतका पंक्षी मरेपछि बेलैमा सर्तकता अपनाउनु पर्दथ्यो । 


    एभियन इन्फ्लुएन्जा भाइरसहरू ए (एच फाइभ एन वान), ए (एच नाइन एन टु), ए (एच नाइन एन एकस) आदि जसलाई बर्डफ्लु भाइरस पनि भनिन्छ । यो अत्यन्त घातक भाइरस हुन्, जसको संक्रमणबाट मुख्य रूपमा घरेलु कुखुरा, हाँसलगायत प्रभावित हुन्छ । 


    नियन्त्रणका लागि पहलकदमी लिएर काम गर्दा बर्डफ्लुलाई नियन्त्रण गर्न सकिन्छ । कमजोर नियन्त्रणको प्रयास हुँदा बर्डफ्लु प्रत्येक भान्सामा पुग्न सक्छ, यदि त्यसो भयो भने त्यसले समाजमा जोखिम बढाउने छ । तहगत सरकारको संयोजन मिलाएर बर्डफ्लु नियन्त्रणको काम ढिलाइ गर्न हुन्न । स्थानीय तहले जनचेतनामूलक अभियान चलाउने, प्रदेशको पशु कार्यालयहरुले नियन्त्रणका लागि संघीय सरकारको युनिटसँग सहकार्य र समन्वय गर्न सक्दा नियन्त्रणको काम छरितो र प्रभावकारी हुनसक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij