परासी । पश्चिम नवलपरासीको परासीमा जिल्लास्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन तथा अधिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।बालबालिकामा लगानी स् सुनिश्चित भविष्यको थालनीू भन्ने मूल नाराका साथ पश्चिम नवलपरासीको परासीमा जिल्लास्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन तथा अधिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति नवलपरासीको आयोजना तथा सेभ द चिल्ड्रेन इन्टरनेशनल, पिस नेपाल तथा बाल अधिकारका लागि नागरिक सञ्जाल लुम्बिनी प्रदेशको प्राविधिक सहयोगमा जिल्लास्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन तथा अधिमुखिकरण कार्यक्रम गरिएको थियोे ।सहभागी बालबालिकाहरूलाई बाल अधिकार, बाल संरक्षण, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा बाल सहभागिताको महत्वबारे जानकारी गराइएको थियो।
कार्यक्रमका वक्ताहरूले बालबालिकामा गरिएको लगानीले राष्ट्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्दै बालमैत्री समाज निर्माणका लागि सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताए। उनीहरूले बालबालिकाको प्रतिभा, सिर्जनशीलता र नेतृत्व क्षमतालाई उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।बोल्दै प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बालबालिका वर्तमानका साझेदार र भविश्यका कर्णधार रहेको बताए । उनले जसरी बालबालिकाका अधिकार हुन्छ त्यस्तै कर्तव्यपनि रहेकोले सोहि अनुसार बालबालिकाहरू अगाडि बढन आवश्यक रहेको बताए ।
कार्यक्रमलाई समापन गर्दै समन्वय समिति प्रमुख यादवले धेरै समयपछि जिल्ला स्तरमा बालबालिकाको भेला भएको बताए । गठन भएको बाल सञ्जालले सातैवटै स्थानीय तहमा सक्रिय हुने र महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्ववास रहेको बताए ।
त्यस्तै बाल सञ्जालको पहिलो बैठकले १६ बुँदे सुझाव सहित बाल क्षेत्रमा सबै जिम्मेवार निकाय तथा स्थानीय तहलाई काम गर्न अनुरोध गरेको छ । बालबालिकाको अधिकार सुनिश्चित तथा कार्यनयनका लागि हाम्रो सुझावलाई हातेमालो गरि अगाडि बढ्न अनुरोध गरिएको बाल सञ्जालका अध्यक्ष आदर्श भण्डारीले बताए ।
भेलाले सुनवल नगरपालिकाका आदर्श भण्डारीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला स्तरीय बाल सञ्जाल सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा प्रतापपुरकी महिमा चमार, सचिवमा बर्दघाटका साहिदअलि मिया, कोषाध्यक्षमा सरावलका कुशल भण्डारी, सहसचिवमा पाल्हीनन्दनकी चन्दनी कुमारी गुप्ता लाई सर्वसम्मत चयन गरेको हो । यस्तै सदस्यहरुमा सुस्ताका विवेक प्रजापती र रामग्रामकी अन्जली हरिजन सर्वसम्मत चयन हुनु भएको हो । सर्वसम्मत चयन ७ सदस्यीय समितिको पहिलो बैठकले सञ्जालमा थप दुई जना (जनजाती र अपाङ्गता) क्षेत्रका बालबालिका चयन गर्ने निर्णय गरेको छ ।




