परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घाेषाण हुने भएको छ ।गाउँपालिकाले पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घाेषाण आन्तिम तयारी जुटेकाे हाे । पालिकाले वडामा पूर्णसंस्थागत प्रसूति सेवायुक्त घाेषाण गरिसकेपछि अब पालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त अगाडि बढेको छ ।
पालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घाेषाण गर्नकाे लागि स्वास्थ्य कार्यालयले भेरिफेकेशन ( अनुगमन) गरेकाे छ ।पालिकाले पूर्ण संस्थागत प्रसूति सेवायुक्त घाेषाण गर्न मापदण्ड र सुचकहरू पूरा गरेकाे पाईएकाेले स्वास्थ्य कार्यालयले अनुमति प्रदान गरेपछि पालिकालाई संस्थागत प्रसूति सेवायुक्त घाेषाण हुने स्वास्थ्य कार्यालय नवलपरासीका वरिष्ठ मलेरिया ईन्स्पेटर देविलाल पाैडेलले जनाकारी दिए ।
उनकाे अनुसार पूर्ण संस्थागत प्रसूति सेवायुक्त मापदण्ड, २०८० अनुसारका पालिकाले ४ पटक गर्भ जाँच गराएका महिलाको सङ्ख्या ९० प्रतिशत, स्वास्थ्य संस्थामा प्रसूति गराएका महिलाको सङ्ख्या ९५ भन्दा प्रतिशत रहेकाृ बताए ।पालिकाले वडामा घरघरमा सर्वेक्षण गर्दा ५ सय २२ जना सुत्केरी स्वास्थ्य संस्थामा गराएकाे ,प्राेटाेकल अनुसार गर्भ जाँच गराएकाे ५ सय १८ जना र प्राेटाेकल अनुसार सुत्केरी जाँच गराएकाे ५ सय ५ जना रहेकाे पालिकाले जनाएको छ ।
गर्भवती महिलाहरूले सुरक्षित रूपमा स्वास्थ्य संस्थामै प्रसूति सेवा लिइरहेको सुनिश्चित भएपछि पालिकाले पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घाेषाण गर्न लागिएकाे पालिकाका स्वास्थ्य शाखा प्रमुख रामशंकर गुप्ताले जानकारी दिए ।
उनकाे अनुसार यही असार १३ गते पाल्हीनन्दन गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घाेषाण गर्न तयारी गरिएको बताए । सूचक अनुसार ३ पटक प्रसूति जाँच गराउने महिलाहरूको सङ्ख्या ९५ प्रतिशत भन्दा माथि पुगेको र घरमा प्रसूति गराउनेको सङ्ख्या शून्य रहेको प्रमुख गुप्ताले जनाए ।
पाँच वटा स्वास्थ चाैकी एक आधारभूत अस्पताल रहेकाे छ भने बर्थिड सेन्टर दुई वटा रहेकाे पालिकाकाले जनाएकाे छ।




