२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आन्दोलनको लागि वृहत् संयुक्त मोर्चा

आन्दोलनको लागि वृहत् संयुक्त मोर्चा

आन्दोलनको लागि वृहत् संयुक्त मोर्चा

आन्दोलनको लागि वृहत् संयुक्त मोर्चा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ सालमा भएको हो । क. पुष्पलालको नेतृत्वमा केवल पाँच सदस्यीय त्यो पार्टीको सदस्य, समर्थक र मतदाता  संख्या अहिले लाखौं छ । अहिले पनि एक प्रकारको बहुमत संख्या नेकपाकै बढी छ । कुनै समयमा त झण्डै दुई तिहाई बहुमत नेकपाको नाममा रही सरकार नै बनेको थियो । तर नेताहरुको पद, प्रतिष्ठा र कुर्सीको लुछाचुंडीको कारण त्यो धेरै वर्र्ष टिकेन । मात्र दुई वर्षमा नै त्यो सरकार अर्थात तत्कालीन प्रम केपी ओली नेतृत्वको सरकार बिचमै तुहिन पुग्यो । त्यो फुटको कारण बाह्य अरु कोही नभएर आफ्नै नेताहरु खासगरी ओली–प्रचण्ड र माधव नेपालहरुको आ–आफ्नै व्यक्तिगत पद, प्रतिष्ठा र कुसीमोह नै थियो । जसको परिणामपछि जेनजी विद्रोेहले यी सबैलाई तितरवितर पार्दै अहिले अस्तित्वकै संकटमा पारेको छ । यस्तो संकट यी कम्युनिष्टहरुप्रति मात्रै होइन, स्वयं देशको पुरानो २००७ सालदेखि सत्तासीन बन्दै आएको नेपाली कांग्रेसमा पनि देखिएको छ ।


    यस्तो संकटको मूलकारण जेनजी आन्दोलन र यसका देशी तथा विदेशी दलाल र  शक्ति केन्द्रहरु नभएर स्वयं यिनै दल नेता र यिनीहरुको जनघाती र राष्ट्रघाती साेंच व्यवहार र कार्यशैली नै भएको छ । जस्तो भनिन्छ सौताको रिसले पोईको काखमा पिसाब ठीक यो कांग्रेसभित्र देउवा–आरजुको रिसले गगन– विश्वप्रकाश गुटको व्यवहारले भने यता कम्युनिष्ट पार्टीमा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओलीको रिसले प्रचण्ड–माधवहरुको पनि त्यस्तै व्यवहार देखियो । एक प्रकारले यी दुवैले जेनजीको समर्थनमा रवि–बालेन र घण्टी पार्टीलाई प्रत्यक्ष सघाउने काम गरे । अन्ततः चुनावी नतिजाले यी सबैको स्थिति एउटै घर न घाटको न मरि जाने न गरिखाने अस्तित्वको संकट ।


    यो हुनका पछाडिको मुख्य कारण र मुख्य दोषीमाथि भने त्यस्तै अरु कोही नभएर यिनै दल र दल नेताहरु नै हुन् । ठोसमा कम्युनिष्ट पार्टीका ओली प्रचण्ड–माधव भने कांग्रेसको गगन–विश्वप्रकाश र  देउवा, पूर्णबहादुर खड्का आदिहरु नै मुख्य दोषी छन् । किनकि पहिलो कुरा त यी कसैले पनि यो कथित जेनजी विद्रोहलाई खास अर्थमा बुझ्नै सकेनन् । सबैले यसलाई सुरुमा केटाकेटी आएर गुलेली खेलाए भन्ने अर्थमा बुझे र त्यस्तै व्यवहार पनि गरे । त्यो विद्रोह पछि पनि यिनीहरुले त्यसलाई केवल तत्कालीन जनअसन्तोषको परिणाम मात्रै ठाने । बरु आफू आफूमा एकले अर्कालाई अर्थात् प्रचण्ड–माधवहरुले ओलीलाई भने कांग्रेसी गगन–विश्वप्रकाशले देउवा–आरजुलाई दोषारोपण लगाउँदै उल्टै जेनजीहरुलाई नै बढवा दिने काम गरे । एक प्रकारले जेनजी र जेनजी सरकारको समर्थन र दलाली अनि ओली–देउवाको सत्तोसराप यतिसम्मकि देउवा– अराजुमाथि त्यतिबेला जेनजीको नाममा सेना–प्रहरीकै सामु जुन अमानवीय कुटपिट र हमलामा यी कोही पनि चुइक्क समेत बोलेनन् उल्टै भित्रभित्रै आफू आफूमा बल्ल खाईस् किन रुन्छस मंगले आफ्नै ढंगले भन्दै हिंडेको पनि सुन्न पाइयो । 


    फेरि त्यस्तै स्थिति यता कम्युनिष्टमा ओलीप्रति प्रचण्ड–देउवाको पनि छ । यी दुई अर्थात् ओली–देउवालाई नङ्गाए वा गलत्याएर फ्याँके सब ठीकठाक हुन्छ । तब जेनजीको ठूलो हुल र जन समर्थन फेरि कांग्रेस नेकपामा फर्किन्छ भन्ने ठूलो भ्रम यिनीहरुमा रह्यो । तर पछिको चुनावी परिणाम र हालको सरकारी गतिविधिले त्यसलाई उल्टाइदियो । हुन पनि राँगो खाने बाघले पाडा पाडी खान किन छोडथ्यो र एक दिन पाडा–पाडी सबैलाई खाई नै छाड्छ । पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखक अनि पूर्व मन्त्री दीपक खड्कालाई गिरफ्तार गरी मुद्दा चलाउने यो सरकारले अब अरुलाई पनि के छोड्यो र ?


    अन्ततः अब एक एक गरी प्रचण्ड–माधव, विष्णु पौडेल, जनार्दन, महेश बस्नेत हुँदै अब क्रमशः गगन थापा समेतलाई नछोड्नेमा यो सरकार र घण्टी पार्टीका नेताहरु सक्रिय देखिंदैछन् । स्वयं पार्टीले नै निमन्त्रणा गरी महाधिवेशनमा उपस्थित विशेष अतिथि गगन थापालाई त्यही हल भित्रै एक जना घण्टी सभासद खगेन्द्र सुनारले मिडियाबाजी गर्दै बाख्रे, भ्रष्टाचारी र आतंककारी अपराधी भनेर निन्दा र घृणा गरेको सुनियो । त्यस्तै विरोध एमालेका प्रदीप ज्ञवालीमाथि पनि भयो । सारमा भन्दा यिनीहरुले जो कोहीलाई पनि सकेसम्म त्यत्तिकै छोड्नेवाला छैनन् । एकएक गरी कारबाही गरेर नै छोड्ने छ । साम्राज्यवादी निरंकुशता र फाँसिवादको नमूना विश्वव्यापी रुपमा चारैतिर, जस्तो भेनेजुएलाका राष्ट्रपतिको अपहरण हालै मात्र इरानमा पूर्व धार्मिक गुरु खोमिनीमाथिको आक्रमण र हत्या अनि इरान माथिको साम्राज्यवादी आक्रमण र हस्तक्षेप आदि प्रकरणले छलाङ्ग पारेको छ । अझ यस्ता साम्राज्यवादी गुरु र मालिकबाट आशीर्वाद पाउनका  लागि यिनीहरु अरु जे गर्न पनि पछि पर्ने छैनन् । त्यसकारण पनि यहाँ जो कोही देशभक्त राष्ट्रवादी लोकतन्त्र र समाजवादी कसैलाई पनि छोड्नेवाला छैनन्, यिनीहरुले । त्यसैले यहाँ बुढी मरी भनेर होइन, काल पल्क्यो भनेर चिन्ता गर्नुपर्ने बेला आइसकेको छ । 


    बहुदलीय लोकतन्त्रमा सभा गर्ने, नारा, जुलुस गर्ने, चित्त नबुझे शान्तिपूर्व हड्ताल, बन्द गर्ने जनताको संवैधानिक अधिकार हो । त्यस्तै पार्टी, संगठन गठन गर्ने त्यसअन्तर्गत पेशागत टे«ड युनियन, जनवर्गीय संगठन, संघसंस्था गठन गर्ने पनि जनताको नैसर्गिक अधिकार हो । तर यो सरकार बनेको लगत्तै केही त्यस्ता संगठनहरुमाथि प्रतिबन्ध लगाई खारेज गर्ने घोषणा भइसकेको छ । भोका, नाङ्गा, गरिब र घर बासविहीन जनताका लागि गाँस, बास कपास र स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नुको बदला उल्टै लाखौं सुुकुम्वासीमाथि डोजर चलाई उठिबास लगाई घर न घाटको बनाउने काम भएको छ । सञ्चार मिडिया र पत्रकारमाथि त्यस्तै व्यवहार भइरहेको छ । सदनमा प्रतिपक्ष दलको कुनै भूमिका नै गर्न दिएको छैन । त्यहाँ सभासदहरु बिच कुनै राय सल्लाह, वादविवाद केही नगरी खाली बहुमतको नाममा एकलौटी निर्णय गरार्र्र्ई विधेयक पास गराई पठाउने मात्रै काम भइरहेको छ । यसको थालनी  नै निरंकुश र फासीवादी अधिनायकवाद नै भइसकेको छ । यस्तो बेलामा देशका अरु प्रतिपक्षी दलहरु खाली आफ्ना केही तल्ला जनवर्गीय संगठनहरुलाई विरोध गर्न मात्र लगाई टुलुटुलु हेरी बस्ने कि अब केही गर्ने ? सोंच्नुपर्ने भएको छ ।
    संसदीय राजनीतिमा सय दिनलाई हनिमुन पिरियड भन्ने गरिएको छ । तर यही पिरियडमा दिनहुँ राष्ट्रघात र जनघात भइरहँदा अर्थात् सुहागरातमा खाली देश र जनताप्रति नै बलात्कार गरिरहँदा पनि त्यो टुलुटुलु हेरी केही नगरी बस्नु भनेको खाली त्यसको साक्षी बसी त्यसको समर्थन गरेकै अर्थ लाग्दछ । त्यसैले देशको राष्ट्रियता, एकता र स्वाभिमान अनि लोकतान्त्रिक गणतन्त्रका लागि  वृहत् राष्ट्रिय एकताका लागि देशका सम्पूर्ण देशभक्त, वामपन्थी र लोकतान्त्रिक गणतन्त्रवादीहरुबीच वृहत् बहस गरी आन्दोलनमा जुटौं । यसमा लोकतन्त्रवादीहरु ‘लोकतान्त्रिक मोर्चा, वामपन्थी–समाजवादीहरु ‘वाममोर्चा’ बनाएर र अरु स्वतन्त्र नागरिकहरु आआफ्ना स्वतन्त्र मञ्च बनाएर आन्दोलनमा जुटौं । तर अहिले यी तिनै मोर्चाहरुमा एकता छैन । कांग्रेस विभाजनको डिलमा पुगेको छ । त्यस्तै वाम दलहरुमा पनि एकताभन्दा पछि विभाजन नै छ । यसलाई तत्काल  रोकी आन्तरिक पार्टीलाई सुदृढ पारौं । 


    हालै मात्र नेकपा (माओवादी) विप्लव समूहबाट त्यसका थुप्रै नेता कार्यकर्ताहरु त्यहाँबाट बाहिरिंदै छन् । भनिन्छ नेकपाका संयोजक प्रचण्डको पार्टी वाम एकीकरणको नाराले उनीहरुलाई पनि प्रभाव पारेको छ । वास्तवमा विचार र नीतिगत रुपमा विप्लव र प्रचण्डबिच त्यति धेरै फरक भएको देखिंदैन । कुनै बेला पार्टी नै एकताका लागि संयुक्त मोर्चा र पटकपटक वार्ता पनि  भएकै हो । तर त्यसमा पनि नेताहरुको पद, प्रतिष्ठा र कुर्सीकै बेमेलले गर्दा रोकिएको हो । यो सर्वविदितै छ कि नेपालका सबै वाम पार्टीहरु दुई धु्रवमा विभाजित छन् । एउटा दक्षिणपन्थी अवसरवादी र अर्काे क्रान्तिकारी माओवादी ध्रुव । आज यो पहिलेको नेतृत्व एमाले ओली र नेकपा प्रचण्डले गर्दैछन् भने अर्काेको नेतृत्वविहीन छ । त्यसैले वामपन्थी भनिनेहरुमा पनि यी ध्रुवमा ध्रुवीकरण हुनुपर्दछ  । दक्षिणपन्थी सुधारवादी र क्रान्तिकारीबिचको ध्र्रुवीकरण । तर पनि तत्काल देशको राष्ट्रियता र स्वाभिमान अनि लोकतान्त्रिक गणतन्त्र र जनताको जनजीविका अर्थात् राष्ट्रघात र जनघातका सवालमा भने माथि भने जस्तै एउटा वृहत वाम मोर्चा जरुरी छ । फुट होइन एकता तर एकता क्रान्तिकारी विचार, सिद्धान्त र कार्यदिशामा आधारित हुनु पर्दछ । त्यस्तो पार्टी एकताका लागि आजैदेखि भेटघाट, छलफल र बहस गरी अघि बढौं ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij