२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शिक्षा सुधार आजको आवश्यकताः उपप्रमुख क्षेत्री

शिक्षा सुधार आजको आवश्यकताः उपप्रमुख क्षेत्री

शिक्षा सुधार आजको आवश्यकताः उपप्रमुख क्षेत्री

शिक्षा सुधार आजको आवश्यकताः उपप्रमुख क्षेत्री

शिक्षा सुधार आजको आवश्यकताः उपप्रमुख क्षेत्री
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • अर्घाखाँची । शीतगंगा नगरपालिकाकी उप–प्रमुख गीता भाट क्षेत्रीले सामुदायिक विद्यालयमा प्रदान गरिँदै आएको शिक्षाको गुणस्तर सुधार गर्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताएकी छन् । शीतगंगा नगरपालिकाको आयोजना तथा दलित चेतना विकास परिषद् अर्घाखाँचीको सहजीकरणमा सञ्चालित “उप–प्रमुख शैक्षिक सुधार कार्यक्रम” अन्तर्गत वडा नं. १३ स्थित रिकोट माध्यमिक विद्यालय र वडा नं. १४ स्थित प्रभाकर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उप–प्रमुख क्षेत्रीले सामुदायिक विद्यालयहरू पूर्वाधारका दृष्टिले सबल भए पनि शैक्षिक उपलब्धि अपेक्षाअनुसार हासिल हुन नसकेको उल्लेख गरिन् ।


    उनले विद्यालयमा शिक्षकले प्रदान गर्ने शिक्षामात्र पर्याप्त नहुने भन्दै अभिभावकहरूलाई पनि आफ्ना बालबालिकाको सिकाइ, व्यवहार, रुचि र सोंचबारे नियमित जानकारी राख्न आग्रह गरिन् । शिक्षा सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबिचको सहकार्य अपरिहार्य रहेको बताउँदै उनले शिक्षाको विकाससँगै नगरको समग्र विकास सम्भव हुनेमा जोड दिइन् ।
    कार्यक्रममा प्रमुख प्रशिक्षक तथा भगवती माध्यमिक विद्यालय, सन्धिखर्क–२ का प्रधानाध्यापक ध्रुवबहादुर केसीले शिक्षा कुनै पनि समाजको विकास, रूपान्तरण र समृद्धिको आधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षाले मात्र सक्षम नागरिक निर्माण गर्न सक्ने बताए । उनले दिगो विकास, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि गुणस्तरीय शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।


    त्यस्तै, सरस्वती माध्यमिक विद्यालय, शीतगंगा–२ का प्रधानाध्यापक तथा प्रशिक्षक खुम बेल्वासेले शिक्षा सुधार सामान्य विषय नभएको उल्लेख गर्दै यसका लागि विद्यालय, अभिभावक, समुदाय तथा सरकार सबै तहको समान जिम्मेवारी रहने बताए । उनले शिक्षाको रूपान्तरणमार्फत् समाजमा सकारात्मक परिवर्तन सम्भव हुने धारणा राखे ।


    प्रशिक्षक राधा नेपालीले शिक्षा सुधार आजको अपरिहार्य आवश्यकता बनिसकेको बताउँदै यसको सफल कार्यान्वयनका लागि सबै सरोकारवालाको प्रतिबद्धता आवश्यक रहेको बताइन् । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षा क्षेत्रका अगुवा, समाजसेवी तथा सरोकारवालाहरूले प्रविधिमैत्री शिक्षण प्रणालीको विकासमा जोड दिएका थिए । उनीहरूले प्रविधिको विस्तारसँगै बालबालिकाको सिकाइ शैलीमा परिवर्तन आएको उल्लेख गर्दै विद्यालय, शिक्षक, अभिभावक र सरकारले समयानुकूल शैक्षिक वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।


    वक्ताहरूले सामुदायिक विद्यालयका विद्यार्थीहरूको शैक्षिक उपलब्धि निजी विद्यालयको तुलनामा अझैँ पछाडि रहेको भन्दै आधुनिक प्रविधि, शैक्षिक सामग्री र शिक्षकको क्षमता अभिवृद्धिमार्फत् शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।


    शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम वडा नं. २ स्थित सरस्वती माध्यमिक विद्यालय, वडा नं. ४ स्थित ज्योति माध्यमिक विद्यालय, वडा नं. ५ स्थित सुधा माध्यमिक विद्यालय, वडा नं. १३ स्थित रिकोट माध्यमिक विद्यालय तथा वडा नं. १४ स्थित प्रभाकर माध्यमिक विद्यालयलगायतका सामुदायिक विद्यालयहरूमा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रमको सहजीकरण पत्रकार अनिल नेपालीले गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij