२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वैदेशिक रोजगारीबाट फर्केका नेपालीको घाँस र कफीखेती

वैदेशिक रोजगारीबाट फर्केका नेपालीको घाँस र कफीखेती

वैदेशिक रोजगारीबाट फर्केका नेपालीको घाँस र कफीखेती

वैदेशिक रोजगारीबाट फर्केका नेपालीको घाँस र कफीखेती

वैदेशिक रोजगारीबाट फर्केका नेपालीको घाँस र कफीखेती
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • गुल्मी ।  वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका कैयौँ युवाको सपना गाउँ छोडेसँगै विदेशमै सीमित हुने गरेको छ । तर गुल्मीको इस्मा गाउँपालिका–३ का युवा गोकर्ण नेपाली भने विदेशभन्दा स्वदेशको माटोमा ठूलो सम्भावना देख्दै आएका छन् । सात वर्षअघि दुबईको रोजगारी छाडेर गाउँ फर्किएका नेपाली यतिबेला घाँस खेतीसँगसँगै व्यावसायिक कफीखेती गर्न सुरु गरेका छन् । 


    मेहिनत गर्ने हो भने खाडी मुलुकभन्दा नेपालका झाडीमै समेत राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिँदै आएका नेपालीले पछिल्लो समय घाँस खेतीसँगै कफीको नर्सरी स्थापना गरी बिरुवा उत्पादन गर्न सुरु गरेका छन् । घाँस उत्पादनबाट राम्रो आम्दानी भए पनि कफीखेतीबाट आफूलाई थप परिचित गराउने विश्वासका साथ उनले कफी नर्सरीलाई मुख्य व्यवसायका रूपमा विस्तार गर्न थालेका हुन् । नेपालीले यसपटक असार पहिलो सातासम्म नर्सरीबाट ६५ हजार कफीका बिरुवा बिक्री गरिसकेका छन् । ती बिरुवा बिक्रीबाट रु २२ लाखभन्दा बढीको कारोबार भइसकेको छ । उनले उत्पादन भएका कफीका बिरुवा पहिलो पटक जिल्ला बाहिर पठाएका छन् । 


    उनले भने–“यसवर्ष चार ट्रक बिरुवा बाहिर पठाइसके । आगामी वर्ष २५ ट्रकभन्दा बढी बिरुवाबाहिर पठाउने लक्ष्य लिएको छु ।” अहिले उनको नर्सरीमा थप १५ हजार कफीका बिरुवा अझैँ तयारी अवस्थामा छन् । 


    यसका अतिरिक्त घाँस, सुन्तला, कागती र टिमुरलगायतका गरी करिब एक लाख बिरुवा नर्सरीमा छन् । ती कफीका बिरुवा लमजुङ, सुर्खेत, कास्की, नुवाकोट, बाग्लुङ, पाल्पालगायत जिल्लामा पुगेका छन् । कृषि ज्ञान केन्द्र, सहकारी संस्था, कृषक समूह तथा व्यक्तिगत किसान उनको फममै पुगेर बिरुवा लैजाने गरेको पाइएको छ ।


    नेपालीले करिब १० रोपनी क्षेत्रफलमा कफी नर्सरी विस्तार गरेका छन् । उनले आगामी वर्ष दुई लाख ५० हजारसम्म कफीका बिरुवा उत्पादन गर्ने लक्ष्य लिएका छन् । उनले हाल अरेबिका र कटौरा जातका कफीका बिरुवा उत्पादन गर्दै आएका छन् ।
    कफीसँगै उनले १२० रोपनी क्षेत्रफलमा घाँस खेती गर्दै आएका छन् । तीमध्ये ४० रोपनी जग्गा भाडामा लिएका छन् । उनको जग्गामा यति बेला इपिल–इपिल, राइखन्यु, नेपियरलगायत ९५ प्रजातिका घाँस व्यावसायिक रूपमा ४० प्रजातिका घाँसका बिरुवा बिक्री गर्दै आएका छन् ।


    नेपालीले ‘ग्यालेक्सी कृषि तथा पशुपक्षी फम’ दर्ता गरी विसं २०७६ देखि सुरुमा ८० हजार लगानीबाट सुरु गरेको घाँस खेतीको हालसम्म भौतिक संरचना निर्माण मात्र ६० लाख लगानी भइसकेको बताए ।
    कफीखेती गर्ने कृषक घट्दै गएको अवस्थामा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आफू व्यावसायिक कफीखेतीमा लागेको उनले जनाए । नेपालमा कफीको माग बढ्दै गएको अवस्थामा आफूले पनि समयको आवश्यकता महसुस गरेर कफी नर्सरी विस्तार गरेको उनको भनाइ छ । फम सञ्चालनका लागि उनले लुम्बिनी प्रदेश सरकार, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, इस्मा गाउँपालिका, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र डिभिजन वन कार्यालयलगायत विभिन्न निकायबाट सहयोग प्राप्त गर्दै आएका छन् । उनको फममा  आवश्यकता बमोजिम २० जनासम्मले रोजगारी पाउँदै आएका छन् । 


    व्यवसाय विस्तारका क्रमम उनले विशेष गरी सडक र सिँचाइको अभाव मुख्य समस्याका रूपमा रहेको बताए । “उत्पादन गरिएका बिरुवा ट्रकमा लोड गर्न टाढासम्म लैजानुपर्ने बाध्यता छ ।”–उनले भने । कृषि क्षेत्रमा लगानी र पूर्वाधार अभावका कारण धेरै मेहिनती किसानले चाहेर पनि व्यवसाय विस्तार गर्न नसकेको उनको भनाइ छ । 


    विदेशबाट फर्किएर स्वदेशकै माटोमा पसिना बगाउँदै सफलता हासिल गर्दै आएका नेपालीले मेहिनत र लगनशीलता भए स्वदेशमै कृषि व्यवसायमार्फत् राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिँदै आएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij