परासी । पश्चिम नवलपरासीमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको मनाईएको छ । आज परासीमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस प्याली गरि मनाईएको हो । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यपी कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरू सामाजमा अहिले लागुओैषध बिकारल बन्दै गएकोले यसलाई सबै सरोकारवालाहरूले मिलि न्यूनीकरण गर्न जोड दिएका छन् ।
लागुऔषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदै छ। राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा एक प्रस्ताव पारित गरी हरेक वर्ष जुन २६ मा यो दिवस मनाउन प्रारम्भ भएको हो ।




