परासी । पश्चिम नवलपरासीमा पत्रकारहरूलाई कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी तालिम दिईएको छ । पत्रकारितामा आधुनिक प्रविधिको प्रभावकारी उपयोग, समाचार लेखन, सामग्री उत्पादन, तथ्य परीक्षण तथा डिजिटल सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
नेपाल पत्रकार महासंघ नवलपरासी शाखाको आयोजना तथा प्रतापपुर गाउँपालिकाको सहयोगमा पत्रकारहरूका लागि तीन दिने कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी तालिम आजदेखि सुरु हो ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले महासंघ जिल्ला शाखा सग सहकार्य गर्दै प्रतापपुर गाउँपालिकाले बिगत देखि नै विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
तालिममा एआईका आधारभूत अवधारणा, पत्रकारितामा यसको प्रयोग, नैतिक पक्ष, समाचार सामग्री तयार गर्ने तरिका तथा डिजिटल उपकरणहरूको प्रयोगबारे प्रशिक्षण दिइने महासंघका कार्यबाहक जिल्ला अध्यक्ष बिकास अधिकारीले बताए ।
उनले प्रविधिको बिकास सगै यसको समुचित प्रगोग अत्यावश्यक रहेको उल्लेख गर्दै तालिम प्रभावकारी हुने जनविश्वास रहेको बताए ।महासंघका निवर्तमान अध्यक्ष हरी शर्माले महासंघमा आवद्ध रहेका पत्रकारहरूलाई विभिन्न विद्यागत तालिमहरु सञ्चालन गरिदै आएको बताउदै पछिल्लो समय पत्रकारिता क्षेत्रमा निखार ल्याउन आवश्यक रहेको बताए ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २० जना पत्रकारहरूको सहभागिता रहेको महासंघका सहसचिव सदाम हुसेन अन्सारीले जानकारी दिए ।




