२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा बीच जंगल सडक छेउ भारतीय नागरिक मृत फेला, घटना शंकास्पद

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बिहिवार, श्रावण १० २०८१
बिहिवार, श्रावण १० २०८१
  • नवलपुर । नवलपुरमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वपश्चिम राजमार्गको कावासोती १६ को चालिस किलोमिटर जंगलको सडक छेउ भारतको उत्तर प्रदेश निवासी ४९ बर्षीइ अनवर खान (आधारकार्डको आधारमा) घाइते अवस्थामा फेला परेका थिए । 

    उनको उपचारको क्रममा आज दिउँसो ४ः५० बजेतिर मध्यविन्दु जिल्ला अस्पताल डण्डामा निधन भएको हो । 

    उनी सडकदेखि २ मिटर तल घाइते अवस्थामा भेटिएका थिए । उनको टाउकोको पछिल्लो भागमा चोट लागेको थियो । 

    प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । उनलाई कुनै सवारीले ठक्कर दिएर फालेर गएको हुन सक्ने पनि प्रहरीले आशंका गरेको छ तर मृत्युको कारण भने खुलि नसकेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij