बुटवल । बुटवलको मणिमुकुन्द कलेज, ब्याचलर अफ बिजनेस स्टडिज् ( बीबीएस ) अध्ययनका लागि विद्यार्थीहरुको रोजाईको शैक्षिक संस्था भएको विद्यार्थी र प्राध्यापकहरुले बताएका छन् ।
कक्षा १२ उत्तिर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन एवं सम्मानका लागि कलेजले आयोजना गरेको कार्यक्रममा बोल्ने विद्यार्थी र प्राध्यापकहरुले बीबीएस परीक्षाको नतिजामा मणिमुकुन्दले नेपाल दोस्रो स्थान सहित निरन्तर उत्कृष्ट नतिजा ल्याइरहेकाले विद्यार्थी र अभिभावकको रोजाई बनेको बताए ।
मणिमुकुन्द कलेजमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बीबीएस पढाई हुंदै आएको छ ।
आफ्नै सुविधा सम्पन्न भौतिक पुर्वाधार सहितको कलेज भवनमा अनुभवी प्राध्यापकबाट पढाई हुंदै आएको हुंदा आफूले बीबीएस को अध्ययन मणिमुकुन्दमै गर्ने निर्णय गरेको विद्यार्थी विद्यार्थी कृपा घिमिरेले बताइन् ।
कक्षा १२ को नतिजामा उच्च जीपीए सहित उत्तिर्ण कृपाले मणिमुकुन्द कलेजका प्राध्यापकहरु बाट निकै राम्रो गाइडलाइन र परिवारमा जस्तै माया पाएकाले बिबिएस पढ्न मणिमुकुन्द रोजेको बताइन् ।
यस्तै कक्षा १२ को नतिजामा नेपाल टपर राहुल जैसवाल र प्रिन्स केसीले पनि मणिमुकुन्द कलेजको शैक्षिक वातावरणबाट आफूहरु प्रभावित भएको बताए । कलेजले किताबी ज्ञान सँगै अनुशासन, व्यक्तित्व विका र जिम्मेवार नागरिक बन्न सिकाएको बताए ।
कार्यक्रममा कलेज सञ्चालक समितिका उपाध्यक्ष उमापति न्यौपानेले ब्याचलर तह नेपालमै अध्ययन गर्न उपयुक्त हुने सुझाव दिए । उनले १२ कक्षा उत्तीर्ण हुने बित्तिकै ब्याचलर पढ्न विदेश जाने परिपाटी विद्यार्थी र देश दुबैका लागि राम्रो नभएको स्पष्ट पारे । परीक्षामा उत्कृष्ट नतिजा आउनका लागि विद्यार्थी, शिक्षक र अभिभावक तीन वटै पक्षको सामूहिक मेहनत आवश्यक हुने उपाध्यक्ष न्यौपानेले बताए ।
कलेजका प्राचार्य टुक बहादुर क्षेत्री विद्यार्थीले आफ्ना सपना पूरा गर्न निरन्तर कडा मेहनत र अनुशासनमा रहन जरुरी हुने बताए । विद्यालय तहदेखि ब्याचलरको एमबीबीएससम्म उत्कृष्ट नतिजामा निरन्तरता मणिमुकुन्दको पहिचान बनेको प्राचार्य क्षेत्रीले बताए ।
कलेजका सह–प्राचार्य दिवाकर खनालले पनि ब्याचलर तह विदेश होइन स्वदेशमै पढ्न आग्रह गरे । युरोप अमेरिकी राष्ट्रमा ब्याचलर अध्ययन गर्नेहरू उतै पलायन हुने र विद्यार्थीका परिवारमा आमा बुवाको बिचल्ली भएका थुप्रै उदाहरण रहेको खनालले उल्लेख गरे । विदेश पढ्न जानै परे मास्टर डिग्रीका लागि जान उपयुक्त हुने उनको सुझाव थियो ।
कलेजका बीबीएस संयोजक दिनेश पाण्डेले ब्याचलर पढ्दा आफ्नो रुचि, पढाइपछिको रोजगारीको अवसर, शुल्क आदि पक्ष पहिले राम्रोसँग बुझेर मात्र भर्ना हुन् सुझाब दिए । पाण्डेले मणिमुकुन्द कलेजमै बीबीएसको पढाइ हुने जानकारी गराउँदै भर्ना र मासिक शुल्कमा कलेजले निःशुल्कदेखि विशेष छुट दिएको बताए ।
व्यवस्थापन संकाय संयोजक पशुपति चौधरीले कलेजले विद्यार्थीको उच्च शिक्षाको करियर र भविष्यलाई विशेष ध्यान दिने गरेको प्रष्ट पारे ।




