२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वाम एकता

वाम एकता

वाम एकता

वाम एकता

वाम एकता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १४ २०८३
आइतवार, आषाढ १४ २०८३
  • फागुन २१ गते भएको आम निर्वाचनमा अस्वभाविक ढंगले खुम्चिएपछि प्रमुख वाम दल एमाले र नेकपा नजिकिंदै छन् । दुई तिहाई नजिकको सरकारले धमाधम निर्णय गर्दा कतिपय अवस्थामा सामाजिक न्यायको मुद्दा किनाराकृत भएका छन्, ती मुद्दाको उठान गर्ने वाम दल मिलेर अघि बढ्दा सामाजिक न्यायसहितको विकासको मुद्दा मुलधारमै रहने सम्भावना रहन्छ, त्यसका लागि पनि कार्यगत एकता हुँदै पार्टी एकतासम्मको पहलकदमी हुनुपर्छ ।


    मुलुकमा धेरै राजनैतिक दलको आवश्यकता छैन, अझ धेरै वाम पार्टी त झनै आवश्यक छैन । २०४६ सालको परिर्वतन पछि एमाले मुलधारको वाम पार्टीमा स्थापित भयो । दशवर्षे जनयुद्ध गरेको माओवादी २०६३ सालपछि केही वर्ष माओवादी प्रमुख वाम पार्टीको रुपमा उदायो । त्यो लामो समय टिकेन । २०७४ सालमा एमाले र माओवादीबिच पार्टी एकता गर्ने गरी चुनावी तालमेल भयो । झण्डै दुई तिहाईको जनादेश आयो, पछि पार्टी एकता भयो, तर त्यो एकता लामो समय टिक्न सकेन् । त्यो एकता टुटेपछि छिन्नभिन्न भएको वाम आन्दोलन अहिले रक्षात्मक मोडमा पुगेको छ । शक्ति र जनाधार विस्तार हुँदा एकआपसमा जुधेर अघि बढ्ने र शक्ति खुम्चिदै गएपछि नजिकिने प्रवृत्तिले वाम आन्दोलनलाई सही विन्दुमा पु¥याउँदैन । वाम आन्दोलनलाई सही ढंगले अघि बढाउन इमान्दारीपूर्वक एकताको खाँचो छ ।


    फागुन २१  को आमनिर्वाचनपछि जनाधार खुम्चिएपछि एमाले र नेकपामा पुस्तान्तरणको बहस उठेको छ । यो बहस नेकपामा भन्दा एमालेमा धेरै छ । पुस्तान्तरणको बहसलाई विषयान्तर गर्नका लागि एकताको प्रयास भएको हो भने त्यो प्रयास सार्थक हुँदैन । चुनावमा पराजयको निर्मम समीक्षा र आगामी दिनमा लिनुपर्ने कार्यनीतिको प्रश्नमा प्रष्टता नआएसम्म पहिले झै नेतृत्व एकैपल्ट मिल्ने विषय उपयुक्त हुँदै होइन् । मुद्दामा कार्यगत एकता गर्दै सरकारलाई खबरदारी गर्न सक्छन् । वाम पार्टीहरुले पहिले आफूभित्रको समस्या समाधान गर । पार्टी नेतृत्व कहाँ चुक्यो ? कार्यकर्ता कहाँ असन्तुष्ट भए ? शुभेच्छुक मात्रै नभई पार्टी सदस्य नै किन अरुलाई मत दिए ? यी धेरै प्रश्नको उत्तर नखोज्दासम्म पार्टीका आन्तरिक समस्याको समाधान हुँदैन । झण्डै दुई तिहाई प्राप्त सरकार पार्टी एकता नटिकेकै कारण पाँच वर्ष टिकेन् । आरोप-प्रत्यारोपले नेतृत्वलाई खुइल्याउने प्रयास भयो । आरोप—प्रत्यारोपले जनतामाँझ चरम अविश्वास श्रृजना गराउने र वितृष्णा जगाउने काम भयो । विगतको त्यो तितो अवस्थाको वस्तुनिष्ट समीक्षा नगरी तत्कालको स्वार्थका लागि हुने एकताले कुनै आकर्षण गर्ने छैन ।


    कार्यगत एकता गर्दै सुस्ताउँदै गरेको सामाजिक न्यायको मुद्दालाई वाम दलले उठाउन सक्छन् । मुद्दालाई उठाएर समाधानको इमान्दार पहलकदमी लिएर विकर्षित समर्थकलाई आकर्षित गर्न सक्छन् । त्यसपछि अब सिद्धान्त र वादका अनेक बुर्का होइन्, राष्ट्रियता, विकास र सामाजिक न्यायमा प्रतिबद्ध वाम दलको लागि पहलकदमी लिनु नै राम्रो हुनेछ । मुलुकमा नयाँ सरकारको उदयसँगै मौलाएको फासिवादलाई परास्त गर्दै सामाजिक न्यायसहितको लोकतान्त्रिक अभ्यासलाई स्थापित गर्न विचार मिल्ने दलहरु आपसमा मिल्ने र आन्तरिक एकता बलियो गराउनु राम्रो हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij