२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ब्रिलियण्टद्वारा हेलिकप्टरदेखि हलो जोताई र रोपाइँसम्मको सिकाइ

ब्रिलियण्टद्वारा हेलिकप्टरदेखि हलो जोताई र रोपाइँसम्मको सिकाइ

ब्रिलियण्टद्वारा हेलिकप्टरदेखि हलो जोताई र रोपाइँसम्मको सिकाइ

ब्रिलियण्टद्वारा हेलिकप्टरदेखि हलो जोताई र रोपाइँसम्मको सिकाइ

ब्रिलियण्टद्वारा हेलिकप्टरदेखि हलो जोताई र रोपाइँसम्मको सिकाइ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
मंगलवार, आषाढ १६ २०८३
मंगलवार, आषाढ १६ २०८३
  • गुल्मी
    शहर बजारतिर पढ्ने साना नानीबाबुहरुलाई सोध्यो– “तिमीले पिइरहेको दूध गाईको हो कि भैंसीको ? ”
    जवाफ आउँछ तोते बोलीमा– “होइन के, उ पर डेरीको हो के ।”


    कक्षा १, २ सम्म पढ्ने बालबालिकाको यस्तो जवाफले आजको औपचारिक शिक्षाको एउटा वास्तविकता देखाउँछ । अझ गुल्मी सदरमुकाममा अध्ययनरत १० जना छात्रछात्रालाई “अनिकाल भनेको के हो ?” भनेर सोध्दा ८ जनाले थाहा नभएको बताए भने दुई जनाले केही बेर सोचेर “सायद कुनै कुराको अभाव होला” भन्दै अनुमान गरे । गाउँको रहनसहन, रीतिरिवाज, कामकाज, मेलापाता र मौलिक संस्कृतिका विषयमा प्रश्न गर्दा पनि धेरै बालबालिका अलमलिन्छन् । किताबका पानामा देखिएका विषय व्यवहारमा अनुभूति गर्न नपाउँदा यस्तो अवस्था आएको देखिन्छ ।


    यही अवस्थालाई मध्यनजर गर्दै गुल्मीको सदरमुकाम तम्घासस्थित ब्रिलियण्ट युनाइटेड एकेडेमीले औपचारिक शिक्षासँगै व्यवहारिक सिकाइलाई पनि सँगसँगै अगाडि बढाउँदै आएको छ । गुल्मी जिल्लामै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको मन्टेश्वरी कक्षा सञ्चालन गरेको उक्त एकेडेमीले आफ्ना विद्यार्थीलाई हेलिकप्टरको ज्ञानदेखि खेतबारीमा हलो जोत्ने, धान–कोदो रोप्ने, गाउँदेखि शहर र शहरदेखि विश्व परिवेशसम्म आवश्यक पर्ने जीवनोपयोगी ज्ञान र सीप प्रदान गर्दै आएको छ ।


    यसैक्रममा राष्ट्रिय धान दिवसको अवसर पारेर विद्यालयले मन्टेश्वरी तहका विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर निकालेर खेतसम्म पु¥यायो । बिहानैदेखि हिलाम्य खेतमा किसानहरू धान रोप्न व्यस्त थिए । त्यही बीचमा विद्यालय पोसाकमै रहेका साना बालबालिका पनि हातमा धानको बेर्ना बोकेर रोपाइँ सिकिरहेका थिए ।


    कसैले धानको बिउ समातेका थिए भने कसैले परम्परागत कृषि औजार हलो, कोदालो, जुवा, फरुवा र बाँसबाट बनेका सामग्रीबारे जानकारी लिँदै थिए । उनीहरू किसानका  सन्तान मात्र थिएनन्, विद्यालयका विद्यार्थी थिए, जसले किताबमा मात्र देखेको धान, हिलो र रोपाइँलाई पहिलो पटक आफ्नै हातले छोए, हिलोमा खेले र धान रोप्ने अभ्यास गरे ।


    शिक्षकहरूको मार्गदर्शनमा उनीहरूले धान कसरी उत्पादन हुन्छ, एउटा दानाको पछाडि किसानको कति मेहनत हुन्छ र कृषि जीवनसँग कसरी जोडिएको छ भन्ने कुरा व्यवहारमै सिके ।


    धान रोपाइँपछि विद्यार्थीलाई खाजा व्यवस्थापनदेखि सहकार्य र जिम्मेवारी बहन गर्ने अभ्यास समेत गराइएको थियो ।
    विद्यालयका प्रधानाध्यापक सन्तोष थापाले पढाइलाई सिकाइसँग जोड्नुपर्ने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए । “बालबालिकाले केवल किताबमा होइन, जीवनबाट पनि सिक्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।”– उनले भने ।
    आजका धेरै बालबालिका मोबाइल र डिजिटल संसारमा बढी रमाइरहेका बेला खेतको हिलोसँग उनीहरूको परिचय गराउने यस्ता गतिविधि अझ अर्थपूर्ण रहेको विद्यालयका कार्यवाहक अध्यक्ष ढुण्डिराज पोखरेलले बताए ।


    उनका अनुसार असार १५ केवल धान रोपाइँ र दही–चिउराको पर्व मात्र नभई कृषि सभ्यता, श्रम संस्कृति र नेपाली मौलिकताको सम्मान गर्ने दिन पनि हो । यही अवसरलाई व्यवहारिक शिक्षासँग जोडेर कार्यक्रम आयोजना गरिएको उनले बताए । हिलोले लतपतिएका साना अनुहारमा देखिएको मुस्कानले एउटा सन्देश दिइरहेको थियो– सिकाइ कक्षाकोठाको चार पर्खालभित्र मात्र सीमित हुँदैन ।


    ब्रिलियण्ट युनाइटेड एकेडेमीले गुल्मी जिल्लामा पहिलो पटक यातायात सुविधासहित मन्टेश्वरी विधिबाट पठनपाठन सुरु गरेको छ भने २०८३ सालदेखि पूर्ण मन्टेश्वरी विधिमा आधारित शिक्षालाई अझ व्यवस्थित गर्ने लक्ष्यसहित नयाँ स्थानमा भव्य पूर्वाधारसहित सञ्चालनमा आएको प्रिन्सिपल सन्तोष थापाले बताए ।
    विद्यालयमा स्मार्ट बोर्ड, आधुनिक कक्षा कोठा, एसीसहित प्रविधिमैत्री वातावरण तयार गरिएको बताउँदै उनले संस्कारसहितको शिक्षा र जीवन उपयोगी सीप विकासमा विद्यालय केन्द्रित रहेको जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij