२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलका ब्यापार मेला र औद्योगिक प्रदर्शनीलाई  व्यवस्थित बनाउन प्रमुख चार व्यावसायिक संस्थाबीच सहमति

बुटवलका ब्यापार मेला र औद्योगिक प्रदर्शनीलाई  व्यवस्थित बनाउन प्रमुख चार व्यावसायिक संस्थाबीच सहमति

बुटवलका ब्यापार मेला र औद्योगिक प्रदर्शनीलाई  व्यवस्थित बनाउन प्रमुख चार व्यावसायिक संस्थाबीच सहमति

बुटवलका ब्यापार मेला र औद्योगिक प्रदर्शनीलाई  व्यवस्थित बनाउन प्रमुख चार व्यावसायिक संस्थाबीच सहमति

बुटवलका ब्यापार मेला र औद्योगिक प्रदर्शनीलाई  व्यवस्थित बनाउन   प्रमुख  चार व्यावसायिक  संस्थाबीच सहमति
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३

  • बुटवल  ।  बुटवलका चार प्रमुख व्यावसायिक संस्थाले बुटवलमा आयोजना हुने मेला, महोत्सव र औद्योगिक प्रदर्शनीलाई व्यवस्थित बनाउन साझा सहमति गरेका छन्।  खासगरी बुटवल मण्डपमा हरेक वर्ष पुसमा आयोजना हुने औद्योगिक व्यापार मेला र औद्योगिक प्रदर्शनी प्रदेशकै ब्राण्ड बनेकाले यसको गरिमालाई कायम राख्न र समय सापेक्ष थप परिस्कृत बनाउन चार संस्थाले एक आपसमा सहकार्य गर्ने गरी साझा सहमति गरेका हुन् ।  


    उद्योग व्यापार संघ बुटवलको पहलमा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र रुपन्देही व्यापार संघबीच भएको संयुक्त बैठकले आगामी प्रत्येक पौष महिनामा सञ्चालन हुने औद्योगिक व्यापार मेला तथा औद्योगिक प्रदर्शनीलाई उच्च प्राथमिकता दिने सहमति गरेको हो। एउटा संस्था आयोजक हुंदा अन्य तीन संस्था मुख्य सहयोगी संस्थाको रुपमा औपचारिकरुपमै सहकार्य गर्ने वैठकले निर्णय गरेको छ । आगामी पुसमा उद्योग ब्यापार संघ बटवलले राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला आयोजना गर्दैछ । 


    संयुक्त सहमति पत्रअनुसार बुटवल मण्डपमा पुसमा आयोजना हुने औद्योगिक व्यापार मेला वा औद्योगिक प्रदर्शनीलाईको तयारीका लागि कम्तीमा एक महिनाको अवधि आवश्यक पर्ने भएकाले सो अवधिभित्र प्रदर्शनी स्थलमा अन्य मेला, महोत्सव वा कार्यक्रम सञ्चालनका लागि अनुमति नदिन बुटवल उपमहानगरपालिकासँग अनुरोध गर्ने निर्णय गरिएको छ।

    बुटवल उपमहानगरले चार संस्थाले साझा निर्णय गरेर आउन भनेपछि उनीहरुले संयुक्त वैठक बसेर यस्तो सहमति गरेका हुन् । 
    सहमति पत्रमा तीन दिनभन्दा बढी अवधिका मेला तथा महोत्सव अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै सञ्चालन गर्न अनुमति दिन सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णयसमेत गरिएको छ। यसबाट औद्योगिक व्यापार मेला वा प्रदर्शनीलाई विशिष्टिकृत, मर्यादित र विवदरहित बनाउन तथा शान्ति सुरक्षाका दृष्टिकोणले सुरक्षित रुपमा सम्पन्न गर्न सहयोग पुग्ने चार संस्थाको ठम्याई छ ।  


    चार संस्थाले बुटवललाई ऐतिहासिक, भौगोलिक तथा आर्थिक रूपमा लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक केन्द्रका रूपमा थप स्थापित गर्न तथा व्यापार, उद्योग, लगानी र आर्थिक गतिविधि विस्तार गर्न संयुक्त रूपमा सहकार्य गरेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

    बुटवल मण्डपमा आयोजना हुने ब्यापार मेलालाई अन्यत्रका मेला भन्दा विशिष्ट पहिचान हुने गरी थप गुणस्तरीय र अन्तराष्ट्रिय स्तरको बनाउन निरन्तर प्रयास गरी उपभोक्ता र स्टलधनीलाई सन्तुष्ट बनाउन ध्यान केन्द्रीत गर्नुपर्नेमा चारै संस्था एकमत भएका छन् । 

    उद्योग ब्यापार संघले आयोजना गरे जस्तै चार संस्थाबीच संयुक्त वैठक र सहकार्यलाई आगामी दिनमा थप प्रगाढ बनाउनेमा सबै संस्थाले जोड दिएका छन् ।   


    सहमति पत्रमा उद्योग व्यापार संघ बुटवलका अध्यक्ष लोकनाथ पन्थी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली र रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल ले हस्ताक्षर गरेका छन्।


     पछिल्ला वर्षहरूमा एउटै समयमा जो सुकैले विभिन्न मेला–महोत्सव सञ्चालन गर्ने अनुमति पाउंदा व्यापारिक गतिविधि विभाजित हुने, औद्योगिक व्यापार मेलाको प्रभाव घट्ने तथा प्रदर्शनी स्थल व्यवस्थापनमा समस्या देखिँदै आएको भन्दै अब साझा मापदण्डमार्फत त्यसलाई उद्देश्यमूलक, व्यवस्थित र मर्यादित बनाउने प्रयास गरिएको चार संस्थाका नेतृत्वले बताएका छन्।  

    कार्यक्रममा उद्योग ब्यापार संघ बुटवलका पुर्व अध्यक्षहरु विष्णुप्रसाद पाण्डे, गोविन्दराज गैरे,वरिष्ठ उपाध्यक्ष पदम जीसी, महासचिव विजय आचार्य, सचिव सौरभ भुसाल, कोषाध्यक्ष दिलिप शर्मा, उद्योग बाणिज्य संघका महासचिव मुक्ति अधिकारी,ब्यापार संघका महासचिव प्रकाश पौडेल,उद्योग संघका महासचिव सुमन बस्याल लगायतले चार वटा संस्थाको अगुवाई र पहलमा बुटवल मण्डपमा पुसमा आयोजना हुने ब्यापार मेला र औद्योगिक प्रदर्शनीलाई स्थानीय सरकारले विशेष संरक्षण गरेको तथा प्रदेश र संघीय सरकारले समेत सकारात्मकरुपमा मूल्यांकन गरेकामा धन्यवाद ज्ञापन गरेका थिए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij