झपेन्द्र जिसी
विषय प्रवेशः हाम्रो नेपाली समाजमा वर्ण व्यवस्था र जैन संस्कार सिन्ध (हिन्द) प्रान्ततिर गौतमबुद्ध (इ.५६३)को जन्मभन्दा केही समय पहिले प्रवेश गरेको पाइन्छ । जैन संस्कार र वर्ण व्यवस्था, जनकपुर हुँदै काठमाडौैं उपत्यकामा इसाको प्रथम शताब्दीमा प्रवेश ग¥यो भने लुम्बिनी र कर्णाली प्रदेशमा आठौं शताब्दीमा प्रवेश गरेको पाइन्छ । हिन्दु वर्ण व्यवस्थाको संवाहक लिच्छवि राजवंशी नै हो । त्यही कालदेखि क्रमशः मान्देवको मानाङ्क मुद्रा, चाङगु नारायण मन्दिर, अंशु बर्माको कैलाशकुट भवन आदिले वैष्णवमार्गी, हिन्दु मार्गी, बुद्ध मार्गी काठमाडौं उपत्यकाको ऐतिहासिक इतिहास प्रकट गर्दछन् । वैष्णव धर्म र शैव धर्म मात्रै होइन वैशालीबाट आएका लिच्छविहरु बौद्धमार्गी पनि थिए ।
स्वयम्भुनाथ, पशुपतिनाथ क्षेत्रका अभिलेख र शिलापत्रले तत्कालीन समाजको चित्रण गर्दछन् । बौद्ध धर्म मान्नेहरुमा छुवाछुत प्रथा थिएन । किनकि स्वयं बुद्धले छुत भनिएका सुजाता, उपाली र प्रकृति जस्ता पात्रलाई प्रवज्या गरेर उपदेशक बनाउनु भएको इतिह आसमा लेखक जंगबहादुर शाहले लेख्नु भएको छ । सांस्कृतिक महारथी एवं लेखक मोदनाथ प्रश्रित मानवताको कलंक जातपात र छुवाछुत पुस्तकमा श्री प्रश्रितजी लेख्नुहुन्छ । कठिन काम गर्ने श्रमजीवीलाई शुद्र र अछुत बनाइयो ।
सिन्धलाई हिन्द भनेको पारसीहरुले हो । पारसीहरुको उच्चारणमा सन भएकाले हिन्द भने । यही हिन्दबाट हिन्दु बन्यो । सिन्ध वा हिन्दु प्रान्तमा बसोबास गर्ने मानव जातिलाई हिन्दु भनियो । मानव जातिका उत्पत्ति र विकासबारे इस्लामहरुको कुरान ग्रन्थमा मोहम्मदले, बाइबल ग्रन्थमा प्रभुले, हिन्दु धम ग्रन्थहरु वेद, पुराण उपनिषद र गीतामा ब्रह्मा–विष्णुले मानव जातिको उत्पत्ति गरेको भनिन्छ । यी सबै उटपट्याङ कुरा हुन् । तर उटपट्याङ भए पनि मानव जातिका आ–आफ्नो अड्कल र अनुमान छन् । त्यतातिर नजाऔं होला ।
साँच्चै भन्ने हो भने जीव वैज्ञानिक डार्बिनको मत र अन्य जीव वैज्ञानिक र मानव वैज्ञानिक र समाजशास्त्रीहरुको मतअनुसार जलमा उत्पन्न भएको एक कोशीय हाडविहीन प्राणीबाट क्रमशः करोडौं वर्षको अन्तरालमा तिनै एक कोशीय डडाल्नोविहीन प्राणली जल र थल अनि नवमा क्रमशः उड्ने, कुन्दने, घस्रिएर हिंड्ने प्राणीहरुको उत्पति र विकास भयो । बस्ने भए भन्ने छ । तिनै प्राणीबाट विकसित हुँदै गएको वानर (एपीइ) चिम्पान्जी वोराङ् कोटान जस्ता मध्येबाट दुई खुट्टाले हिंड्न सक्ने नर वानर उत्पत्ति भयो । सिद्धार्थ राजमार्गको दायाँ पहरोमा फेला परेको बङ्गराको वैज्ञानिक प्रशिक्षण गर्दा त्यो प्राणी रामापिथेकस भएको वैज्ञानिकहरुले प्रमाणित गरे । अफ्रिकाको केनियालगायतमा त्यस्ता रामापिथेकसहरु भएको कुरा वैज्ञानिकहरुले प्रमाणित गरेका थिए । यसरी क्रमशः अंग प्रत्यङ्गको विकासका साथै आवश्यकताले गर्दा त्यही प्राणीले ढुंगा टिपेर शत्रुलाई हान्न सक्ने र तिनै ढुंगालाई घोटेर ढुंङ्गे हतियार बनाउन सक्षम भयो । अब प्रश्न उठ्छ ? त्यो कसरी ? त्यसो भएत जंगलका सबै वानरहरु मान्छे बन्नु पर्ने हो ? किन मान्छे बनेन् ?
यसको उत्तर सरल छ । जनावर र मान्छेमा भिन्नता भनेकै के हो भने मान्छेले आफूलाई चाहिने हातहतियार बनाउन र प्रयोग गर्न जान्यो तर पशुपंक्षीले जानेन् । अहिलेलाई यति नै हेर्नुनस् । रुस, जर्मनी, बेलायत, चीन, अमेरिका लगायतले आदिले के के आविष्कार गर्न जाने र सके । यो कलमले यस्तो लेखिरहँदा ओंठे जवाफ आउन सक्छ– त्यो हो हाम्रा ऋषिमुनिले पनि त मंगलम् भगवान विष्णु, मंगलम् गरुढध्वज जस्ता ऋचा (मन्त्र)ले भरिदिएका ऋग्वेद अथर्व वेद, यजुुवेर्द सामवेद उपनिषद् पुुराणहरु मनुस्थिति आदि लेख्न सके ।
प्रश्न गरौं– हो लेखे विद्धान रहेछन् । भारतीय उपमहादीपमा त्यसको उपादेयता के हो त ? मानव कल्याण के भयो त ? त्यसले के ग¥यो त ? विद्वता कसका लागि भयो त ? व्यवसायिक जातिहरुलाई निचजाति र अछुत बनाउनु र आफ्नो ब्राह्मण जातिलाई उच्च बनाउनु के यसको उद्देश्य होइन त ? श्रमजीवी जनतालाई छुवाछुत गर्न बनाइनु विद्वता हो त ?
यिनै प्रश्नहरुमा उभिएर केही लेख्न खोजिएको छ ।
छुवाछुत प्रथा, जनै संस्कार र खस समाज : ऐतिहासिक स्रोतहरूको आधारमा एक अध्ययन भूमिका
नेपालको इतिहासमा सबैभन्दा धेरै बहस हुने विषयहरूमध्ये छुवाछुत, जनै संस्कार र खस समाजको इतिहास पनि एक हो । कतिपयले छुवाछुत वैदिक कालदेखि नै थियो भन्छन् भने कतिपयले यो पछि विकसित भएको सामाजिक व्यवस्था हो भन्ने तर्क गर्छन् । उपलब्ध वैदिक साहित्य, धर्मसूत्र, स्मृतिग्रन्थ, शिलालेख र आधुनिक इतिहास अनुसन्धानलाई आधार मान्दा छुवाछुतको विकास क्रमिक रूपमा भएको देखिन्छ ।
१. आदि वैदिक काल ः छुवाछुतको स्पष्ट व्यवस्था थिएन
प्राचीन वैदिक साहित्यमा पर्ने चार वेद—
– ऋग्वेद
– अथर्ववेद
– यजुर्वेद
– सामवेद
मध्ये विशेष गरी ऋग्वेद १०.९० (पुरुषसूक्त) मा चार वर्णको उल्लेख गरिएको छ–
ब्राह्मणोऽस्य मुखमासीद् बाहू राजन्यः कृतः।
ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रो अजायत ।।
ब्राह्मण मुखमा रहेका छन् । राजन्य (राजा) बाहुमा र वैष्णव घँुडामा र शूद्र पैतालामा रहेका छन् ।
यस मन्त्रले ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रको प्रतीकात्मक उत्पत्तिको वर्णन गर्छ । तर यसमा शूद्रलाई अछुत भन्नु, छोएमा अशुद्ध हुने वा सामाजिक बहिष्कार गर्ने व्यवस्था छैन ।
यसैले अधिकांश इतिहासकारको निष्कर्ष छ कि आदि वैदिक कालमा आजको अर्थमा छुवाछुत संस्थागत भएको प्रमाण भेटिँदैन ।
२. उत्तरवैदिक काल
ब्राह्मण ग्रन्थ, आरण्यक र उपनिषद्हरूको समयमा वर्णव्यवस्था थप विकसित भयो ।
तर उपनिषद्हरूको मुख्य विषय आत्मा, ब्रह्म, मोक्ष र दर्शन भएकाले छुवाछुतका विस्तृत नियम त्यहाँ मुख्य विषय बनेका छैनन् ।
३. धर्मसूत्र काल
समाजलाई नियमबद्ध गर्न लेखिएका धर्मसूत्रहरूमा पहिलो पटक शुद्ध–अशुद्ध, सामाजिक दूरी, भोजन र अन्त्यज संस्कार सम्बन्धी विस्तृत नियम देखिन थाल्छ ।
मुख्य ग्रन्थहरूः
– गौतम धर्मसूत्र
– आपस्तम्ब धर्मसूत्र
– बौधायन धर्मसूत्र
– वसिष्ठ धर्मसूत्र
यिनमा चाण्डाललाई अछुत लेखिएको छ । अन्त्यज, भोजन र सामाजिक सम्पर्कका नियम उल्लेख गरिएका छन् ।
४. स्मृति काल
छुवाछुतसम्बन्धी सबैभन्दा विस्तृत व्यवस्था स्मृतिग्रन्थहरूमा पाइन्छ ।
विशेषतःः
– मनुस्मृति
– याज्ञवल्क्य स्मृति
– नारद स्मृति
मनुस्मृतिको अध्याय ५ मा शुद्ध–अशुद्ध, अध्याय १० मा अन्त्यज, मिश्रित जाति तथा सामाजिक विभाजनको विस्तृत वर्णन गरिएको छ ।
यही कालसम्म आइपुग्दा सामाजिक विभाजन कानुनी र धार्मिक दुवै रूपमा बलियो बन्दै गएको देखिन्छ ।
५. जनै संस्कारको विकास
जनै (यज्ञोपवीत) वैदिक उपनयन संस्कारसँग सम्बन्धित हो ।
यसको उद्देश्य वेद अध्ययनमा प्रवेश गराउनु थियो ।
प्रारम्भमा यो संस्कार मुख्यतः द्विज (ब्राह्मण, क्षत्रिय र वैश्य) का लागि मानिएको थियो ।
यसैले जनै संस्कृतिको उत्पत्ति वैदिक–ब्राह्मणीय परम्पराबाट भएको मानिन्छ ।
६. खस समाजको अवस्था
कर्णालीका प्राचीन खसहरूको आफ्नै मौलिक संस्कृति थियो ।
उनीहरूको धार्मिक जीवनमा
– मष्टो पूजा
– कुलदेवता
– धामी–झाँक्री
– शैव परम्परा (छुवाछुत विहीन थियो)
– स्थानीय देवीदेवताको प्रभाव बलियो थियो ।
हालसम्म प्राप्त ऐतिहासिक प्रमाणका आधारमा प्रारम्भिक खस मल्ल राजाहरू सबै जनैधारी थिए भन्ने प्रत्यक्ष प्रमाण भेटिएको छैन । कर्णाली प्रदेशका खसहरुले जैन पनि लगाउँदैन थिए र छुवाछुत प्रथा पनि थिएन । आठौं शताब्दीमा शंकाराचार्य र कुमारी भट्ट लुम्बिनीमा प्रवेश गरी ८४ हजार बौद्ध ग्रन्थ ध्वस्त पार्नुका साथै जनै संस्कारको सुरुवात भएको र क्रमशः कर्णाली क्षेत्रका सामन्त खस राजाहरुले जैन धारण गर्न थालेको पाइन्छ । यसरी नैै प्यूठान ओखर कोटका सामन्त राजा परश घर्तीलाई कन्ठु जैसीले जनै लगाइदिएको पाइन्छ ।
यसरी नै गण्डकी लुमजुङ गोरर्खाका मगर सामन्त राजा कुलमण्डन खाम र उनका सन्ततिहरु द्रव्य खामलाई नारायण अर्याल र गणेश पाँडेले जनै लगाइदिएको पाइन्छ । पछि तिनै राजाहरुले मुगल शाह बादशाहरुबाट शाह पदवी (टाइटल पाई) शाह लेखेको पाइन्छ । यसरी जनै लगाएका मगरहरु जैनधारी मगर र गैर जनैधारी भए । सबैलाई नै धारण गराउन पाएकोमा पुुरोहित पण्डितहरु जजमानको संख्या बढाउन पाएकोमा उनीहरु खुशी भए । उनीहरु खुशी भए भने जैनधारण गरी मगरहरु ठकुरी बन्न पाएकोमा अवसरमा उनीहरु पनि खुशी भए । तर व्यवसायी शुद्रहरु अछुतका अछुत भए ।
७. वैदिकीकरण
समयसँगै पश्चिम नेपालमा ब्राह्मणहरूको प्रभाव बढ्दै गयो ।
यस क्रममाः
– उपनयन संस्कार फैलियो ।
– जनै लगाउने चलन बढ्यो ।
– धेरै खसहरूले आफूलाई क्षत्रिय भन्न थाले ।
– ब्राह्मण पुरोहितको प्रयोग बढ्यो ।
यस प्रक्रियालाई समाजशास्त्रीहरूले वैदिकीकरण भन्छन् ।
८. मुलुकी ऐन र जातीय विभाजन
वि.सं. १९१० (१८५४ ई.) मा जारी मुलुकी ऐनले नेपाली समाजलाई कानुनी रूपमा मान्यता दिइयो ।
– टागाधारी
– मतवाली
– पानी चल्ने
– पानी नचल्ने
– छुवाछुत लाग्ने
आदि वर्गमा विभाजन गर्यो ।
यसपछि छुवाछुत केवल सामाजिक अभ्यास मात्र नभई राज्यद्वारा पनि मान्यता प्राप्त व्यवस्था बन्यो । स्मरण रहोस् नेपालमा काठमाडौं उपत्यकामा लिच्छविकालदेखि शुरु भएको जातिय विभाजन र छुवाछुत प्रथा राजा जयस्थिति मल्लकालमा झन् व्यापक भयो । जयस्थिति मल्लले चार वर्ण ६४ जातको व्यवस्था गरे ।
निष्कर्ष
उपलब्ध ऐतिहासिक प्रमाणका आधारमा निम्न निष्कर्ष निकाल्न सकिन्छः
– आदि वैदिक कालमा आजको अर्थको छुवाछुत स्पष्ट रूपमा देखिँदैन ।
– धर्मसूत्र र स्मृतिग्रन्थहरूमा सामाजिक शुद्ध–अशुद्ध र अस्पृश्यताका नियम विस्तृत रूपमा विकसित भएका छन् ।
– जनै संस्कार वैदिक–ब्राह्मणीय परम्पराबाट आएको हो ।
– खस समाजमा क्रमशः वैदिकीकरण हुँदै जनै संस्कृतिको विस्तार भयो ।
– मुलुकी ऐनले जातीय विभाजनलाई कानुनी रूप दियो ।
नेपालको इतिहासमा सबैभन्दा धेरै विवाद हुने विषयहरूमध्ये एक हो-के खस राजाहरू र खस क्षत्रीहरू सुरुदेखि नै जनैधारी थिए ? अथवा जनै संस्कार आठौैं शताब्दीपछि भित्रिएको हो ? तर आज वर्णव्यवस्था र छुवाछुत प्रथा मानव जातिको कलंकको रुपमा उपस्थित भएको छ ।
स्मरण रहोस् वैसालीका बौद्ध राजा वृहद्रथलाई आफ्नै सेनापति कुषशुङ्ग मित्रले हत्या गरी आफै राजा भएपछि भारतभरि हिन्दु धर्मको प्रचारप्रसार व्यापक रुपमा हुन थाल्यो । आदि शकांराचार्य र कुमारिल भट्टजस्ता हिन्दु विद्धानहरुले हिन्दु धर्म संस्कारलाई क्रमशः अगाडि बढाए ।




