२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मूल्य घट्नासाथ बजारमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पम्प बन्द

मूल्य घट्नासाथ बजारमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पम्प बन्द

मूल्य घट्नासाथ बजारमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पम्प बन्द

मूल्य घट्नासाथ बजारमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पम्प बन्द

मूल्य घट्नासाथ बजारमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पम्प बन्द
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • बुटवल । पेट्रोलियम पदार्थको मूल्य घटाइएलगत्तै काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ।

    पेट्रोल नभएको भन्दै धेरै पम्पले बिक्री वितरण बन्द गरेका छन् । सटरमा पेट्रोल छैन भन्दै बोर्ड टाँसेर पम्प बन्द गरेका छन् ।

    सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा भने सवारीसाधनको लामो लाइन लागेको छ। । उपत्यकामा नेपाल प्रहरीको पेट्रोल पम्पमा लामो लाइन लागेको छ भने  बानेश्वर आसपासको पेट्रोल पम्प बन्द गरिएको छ ।

    त्यस्तै  उपत्यका बाहिरका जिल्लामा पनि पेट्रोल पम्प बन्द  गरिएको छ । हिजो मात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो।

    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलरमट्टीतेलमा ३० रुपैयाँ घटेको थियो । यस्तै एल्पी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ । तर आज बिहानैदेखि बजारमा पेट्रोलियम पदार्थको अभाव भएको हो ।

    बजारमा पेट्रोलियम पदार्थको अभाव भएको हल्ला चले पनि यथार्थमा त्यस्तो कुनै अभाव नरहेको नेपाल आयल निगमले बताएको छ ।

    निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार बजारमा केही व्यवसायीहरुले नाफा कमाउने उद्देश्यले कृत्रिम अभाव सिर्जना गरी इन्धन मूल्य घट्ने थाहा पाएपछि पेट्रोलियम पदार्थ लोड नगरेकाले यो समस्या आएका बताए ।

    निगमले सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध हुँदाहुँदै पनि पम्पले लोड नगरेर पेट्रोलियम छैन भनेर पम्पमा बोर्ड राखेको भटिए सिल गर्ने गरि अनुगमन सुरु गरेको उनले बताए ।

    ‘निगमले इन्धन नबेच्ने वा मूल्य घट्ने थाहा पाएपछि लोड नगर्ने पम्पहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउने छ । केही पम्पहरुको भण्डारण क्षमता कम भएका कारण इन्धनको आपूर्तिमा सामान्य ढिलाइ हुन सक्ने भए पनि समग्रमा बजारमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको छ,’ ठाकुरले नेपाल प्रेससँग भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij