२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीमा ७० प्रतिशत दुर्घटनाको कारण तीव्र गति, १ महिनामा ७ चालकलाई मात्रै कारबाही

लुम्बिनीमा ७० प्रतिशत दुर्घटनाको कारण तीव्र गति, १ महिनामा ७ चालकलाई मात्रै कारबाही

लुम्बिनीमा ७० प्रतिशत दुर्घटनाको कारण तीव्र गति, १ महिनामा ७ चालकलाई मात्रै कारबाही

लुम्बिनीमा ७० प्रतिशत दुर्घटनाको कारण तीव्र गति, १ महिनामा ७ चालकलाई मात्रै कारबाही

लुम्बिनीमा ७० प्रतिशत दुर्घटनाको कारण तीव्र गति, १ महिनामा ७ चालकलाई मात्रै कारबाही
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • बुटवल । लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति (ओभरस्पिड) देखिए पनि त्यसविरुद्ध हुने कारबाही भने अत्यन्तै न्यून रहेको तथ्य सार्वजनिक भएको छ।

    दुर्घटनाको करिब ७० प्रतिशत कारण ओभरस्पिड देखिँदा पनि जेठ महिनाभर यस कसुरमा केवल ७ जना चालकमाथि मात्रै कारबाही भएको तथ्यांक ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ।

    यसले ट्राफिक व्यवस्थापनको प्रभावकारितामाथि प्रश्न उठाएको छ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को जेठ महिनाको तथ्यांकअनुसार प्रदेशभर १५० वटा सवारी दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ भने २५५ जना घाइते भएका छन्।  

    तीमध्ये ९९ वटा दुर्घटना अर्थात् करिब ७० प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक निशान थापाले जानकारी दिए। 

    तर दुर्घटनाको सबैभन्दा ठूलो कारण बनेको तीव्र गतिविरुद्ध भने जेठ महिनाभर केवल ७ जना चालकलाई मात्रै कारबाही गरिएको छ। यसबाट जम्मा ४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।

    यसको विपरीत, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १ हजार १ सय १३ जना चालक कारबाहीमा परेका छन्। मापसेबाट मात्रै ६ लाख १ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने लागुऔषध सेवन गरेर सवारी चलाएका ९ जना चालकविरुद्ध मुद्दा चलाइएको छ।

    दुर्घटनाको कारण विश्लेषण गर्दा तीव्र गतिपछि चालकको असक्षमता दोस्रो प्रमुख कारण बनेको देखिएको छ। चालकको असक्षमताका कारण १८ वटा दुर्घटना भएका छन् भने मापसेका कारण १७ वटा दुर्घटना भएका छन्।

    त्यसैगरी अनावश्यक ओभरटेकका कारण २, मोबाइल फोन प्रयोग, निद्रा वा थकान तथा लेन अनुशासन उल्लंघनका कारण १/१ वटा दुर्घटना भएका छन् । अन्य लापरवाहीका कारण ३ वटा दुर्घटना भएको तथ्यांकमा उल्लेख छ।

    सवारीसाधनतर्फ हेर्दा मोटरसाइकल चालक सबैभन्दा बढी जोखिममा देखिएका छन्। दुर्घटनामा संलग्न २०६ सवारीमध्ये ११६ वटा (५६.३१ प्रतिशत) मोटरसाइकल रहेका छन् । त्यसपछि कार तथा जिप र ट्रक/ट्याङ्कर १८/१८, सरकारी सवारी १५, टेम्पो १२, बस ११, ट्र्याक्टर ६, माइक्रो ४, टिप्पर ३, डोजर/लोडर २ तथा अन्य १ वटा सवारी दुर्घटनामा परेका छन्। 

    कार्यालयका प्रमुख प्रहरी उपरीक्षक निशान थापाका अनुसार ट्राफिक प्रहरीले स्पिड नियन्त्रण, मापसे परीक्षण, लेन अनुशासन, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोगमा निगरानी बढाइरहेको छ।

    तर पछिल्लो तथ्यांकले सडकको अवस्था वा सवारीको प्राविधिक समस्या भन्दा चालकको लापरवाही, विशेषगरी तीव्र गति, नै दुर्घटनाको मुख्य कारण रहेको देखाएको छ।

    दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिएको जनाएको छ।

    चालु आर्थिक वर्षको जेठसम्म प्रदेशभर १ हजार ४१९ वटा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएका छन्, जसबाट ७७ हजार ५३ जना प्रत्यक्ष लाभान्वित भएका छन्। विद्यालय, विभिन्न संघसंस्था तथा सार्वजनिक स्थलमा ट्राफिक नियम, सुरक्षित सवारी सञ्चालन र सडक अनुशासनसम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

    दुर्घटनाको प्रमुख कारण नै तीव्र गति भएको सरकारी तथ्यांक सार्वजनिक भइरहँदा त्यसविरुद्धको कारबाही भने नगन्य देखिएकाले प्रभावकारी स्पिड निगरानी र कडा कार्यान्वयनबिना दुर्घटना न्यूनीकरणको लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij