२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सत्यवतीबाट मात्रै १० करोडको स्थानीय उत्पादन बाहिरिँदै

सत्यवतीबाट मात्रै १० करोडको स्थानीय उत्पादन बाहिरिँदै

सत्यवतीबाट मात्रै १० करोडको स्थानीय उत्पादन बाहिरिँदै

सत्यवतीबाट मात्रै १० करोडको स्थानीय उत्पादन बाहिरिँदै

सत्यवतीबाट मात्रै १० करोडको स्थानीय उत्पादन बाहिरिँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • : 
    प्रेम सुनार
    गुल्मी
    गुल्मीको सदरमुकाम तम्घास यतिबेला बर्खे तरकारीले भरिभराउ छ । पाँच–छ वर्षअघि जस्तो ‘यो तरकारी यहाँकै हो कि मधेसतिरबाट आएको हो ?’ भनेर पसलेसँग सोध्नुपर्ने अवस्था अहिले छैन । गाउँ–गाउँबाट गाडी र डोकोमा ल्याइएको तरकारीले नै आफ्नो पहिचान बोकेको छ ।


    तम्घास र ढिकुरा तरकारीका लागि परिपूरक नाम हुन् । ढिकुरा छिमेकी जिल्ला अर्घाखाँचीमा पर्छ । तम्घास बजारको विकाससँगै ढिकुराले यहाँको बजारलाई लामो समयदेखि धानेको छ । त्यसपछि सीमिचौर, अर्खले र भुवनपानी जस्ता गाउँ पनि तरकारी उत्पादनका केन्द्र बन्दै गएका छन् ।


    यी गाउँका तरकारीले स्वाद मात्रै दिँदैनन्, गाउँ छाडेर शहरमा बस्न थालेकाहरुलाई गाउँकै सम्झना पनि गराउँछन् । यतिबेला बजारमा सबैखाले बर्खे तरकारी आइपुगेका छन् । तीमध्ये पहाडी जिल्लाका लागि विशेष आकर्षण बनेको तरकारी हो– तामा ।
    तामा र गुल्मेली जनजीवनको सम्बन्ध निकै पुरानो छ । स्वादको कुरा गर्दा यसको चर्चा नै पर्याप्त छ । गुल्मीका पुराना तरकारीमध्ये रायोको साग र मुला अग्रस्थानमा पर्छन् । मसला उत्पादनतर्फ अदुवा र लसुनको आफ्नै पहिचान छ । एक समय थियो, मसला भन्नासाथ अदुवा र लसुन सम्झिन्थ्यो । लाहुरबाट फर्किएका लाहुरेहरुले ल्याउने जिरा–धनिया समेत निकै ठूलो पाहुर मानिन्थ्यो । छिमेकीदेखि टाढाका आफन्तसम्म थाङ्नाथुङ्नीमा पोको पारेर बाँड्ने चलन थियो ।


    त्यो समय भोगेका धेरै मानिस अहिले सहरमा छन्, तर मन गाउँमै छ । त्यसैले उनीहरु अहिले पनि गाउँकै उत्पादन खोजेर खान रुचाउँछन् । यही कारण गुल्मी र अर्घाखाँचीका धेरै उत्पादन बुटवलसम्म पुग्ने गरेका छन् ।


    तम्घास मिलनचोकमा विगत १२ वर्षदेखि किराना, फलफूल तथा तरकारी पसल सञ्चालन गर्दै आएकी गीता पन्थीको अनुभवमा चार–पाँच वर्षअघिसम्म तम्घासमा तरकारी र फलफूल बुटवलबाट आउने अवस्था थियो । अहिले आँप, केरा र स्याउबाहेक अन्य तरकारी बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन । बजारमा स्थानीय अर्गानिक उत्पादनकै माग बढेको छ । तम्घासको साहुटोल र विशेषगरी पुतलीबजार क्षेत्र तरकारी बजारका रुपमा परिचित हुँदै गएको छ । व्यवसायीहरुका अनुसार अहिले करिब ८० प्रतिशत तरकारी तथा फलफूल गुल्मी–अर्घाखाँची क्षेत्रकै उत्पादन बिक्री हुने गरेको छ ।


    पछिल्लो समय गाउँ–गाउँमा व्यवसायिक कृषिको लहर देखिएको छ । दूध, तरकारी, मासु र अण्डा उत्पादनमा गुल्मीका १२ स्थानीय तहमध्ये सत्यवती गाउँपालिकाले उल्लेखनीय फड्को मारेको छ ।


    एउटै गाउँपालिकाबाट वार्षिक १० करोडभन्दा बढीको उत्पादन बाहिरिँदै
    सत्यवती गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर अघि बढेपछि स्थानीय उत्पादनमा उल्लेखनीय वृद्धि भएको गाउँपालिका अध्यक्ष टीकाराम पाण्डे बताउँछन् ।


    उनका अनुसार गाउँपालिकाबाट वार्षिक करिब साढे ६ करोड रुपैयाँ बराबरको दूध र साढे तीन करोड रुपैयाँ बराबरको तरकारी लगायत अन्य कृषि उत्पादन बाहिरिने गरेको छ । कुनै समय मदिरा उत्पादनमा सीमित रहेको वडा नम्बर ४ एक्सिङ गाउँका मगर समुदाय अहिले दूध उत्पादनतर्फ आकर्षित भएका छन् । उनीहरुले रक्सी बिक्रीभन्दा दूध उत्पादनलाई रोज्न थालेका छन् ।
    मगर बाहुल्य वडा नम्बर ३ ठूलोलुम्पेकमा पनि सबै समुदायले स्थानीय उत्पादनलाई अभियानकै रुपमा अघि बढाएका छन् । वडाध्यक्ष जितु तरामुका अनुसार उक्त वडाबाट मात्रै वार्षिक डेढ करोड रुपैयाँ बराबरको स्थानीय उत्पादन बुटवल बजार पुग्ने गरेको छ ।


    ठूलोलुम्पेकका कृषक इन्द्र विश्वकर्माले तरकारी, कुखुरा र बंगुर पालनबाट वार्षिक सरदर १२ लाख रुपैयाँ बराबरको कारोबार गर्दै आएका छन् । उनले करिब १० लाख रुपैयाँसम्म आम्दानी हुने बताउँछन् । कृषकहरुमा आएको उत्साह र व्यवसायिक सोंचको श्रेय उनी स्थानीय जनप्रतिनिधिहरुको कृषि अभियानलाई दिन्छन् ।


    गुल्मीका अन्य स्थानीय तहमा समेत कृषि उत्पादन बढ्दै गएको छ । स्थानीय उत्पादन र व्यवसायिक कृषिले यहाँका बासिन्दाको आर्थिक समृद्धिको आधार तयार गर्दै गएको देखिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij