२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संकट व्यवस्थापन केन्द्रलाई कपडा वितरण

संकट व्यवस्थापन केन्द्रलाई कपडा वितरण

संकट व्यवस्थापन केन्द्रलाई कपडा वितरण

संकट व्यवस्थापन केन्द्रलाई कपडा वितरण

संकट व्यवस्थापन केन्द्रलाई कपडा वितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • परासी । एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएसी) लाई आवश्यक कपडा सहयोग स्वरूप वितरण गरिएको छ । रामग्राम नगरपालिकाद्वारा संचालित लैङ्गिक हिन्सा रोकथाम तथा प्रतिकारको लागि एकृकित सेवा पहुँच परियोजनाले पृथ्वी चन्द्र अस्पताल संचालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएसी)लाई कपडा वितरण गरिएको हो । नगरकी उपप्रमुख सम्मझना चौधरीले पृथ्वी चन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बृज कुमार यादवलाई कपडा  हस्तान्तरण गरेकी हुन ।हस्तान्तरण गदै रामग्राम नगरपालिकाले अस्पतालसंग सधै सहयोग र सहकार्य गर्न तत्पर रहेको बताईन । हस्तान्तरण गरेको कपडा लक्षित वर्गलाई सहि सदुपयोग हुने विश्वास व्यक्त गरेकी छिन् ।

     

    केन्द्रमा लैङ्गिक हिंसा, घरेलु हिंसा तथा अन्य विभिन्न प्रकारका हिंसाबाट प्रभावित भई संरक्षण र सेवा लिइरहेका महिला तथा बालबालिकाको आवश्यकतालाई मध्यनजर गर्दै कपडा उपलब्ध गराइएको परियोजनाका विज्ञ अनुप खड्काले जानकारी दिए ।उनको अनुसार महिला१३ ट्राउजर सेट  पुरूष १३ सेट जिन्स पाईन्ट गरि २६ से कपडा बितरण गरिएको बताए ।

    कार्यक्रममा बोल्दै सहभागीहरूले यस्ता मानवीय सहयोगले संकटमा परेका व्यक्तिहरूलाई राहत पुग्नुका साथै समाजमा सहयोग र सद्भावको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरे। साथै, आगामी दिनमा पनि यस्ता सामाजिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ ।

    एकद्वार संकट व्यवस्थापन केन्द्रले हिंसापीडित महिला तथा बालबालिकालाई सुरक्षित आश्रय, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता तथा आवश्यक संरक्षण सेवा प्रदान गर्दै आएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij