२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रम्भाका १५ जना आमा स्माट आमाको रूपमा सम्मानित

रम्भाका १५ जना आमा स्माट आमाको रूपमा सम्मानित

रम्भाका १५ जना आमा स्माट आमाको रूपमा सम्मानित

रम्भाका १५ जना आमा स्माट आमाको रूपमा सम्मानित

रम्भाका १५ जना आमा स्माट आमाको रूपमा सम्मानित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ २१ २०८३
आइतवार, आषाढ २१ २०८३
  • पाल्पा
    स्वस्थ आमा, स्वस्थ बच्चासहित समृद्ध समाज निर्माण गर्दै पोषणमैत्री गाउँपालिका घोषणा गर्ने अभियानका साथ रम्भा गाउँपालिकाले पालिका भरीका १५ जना स्माट आमाहरुलाई सम्मान गरेको छ । पाँच वटै वडाका तीन तीन वटा स्माट आमाहरुलाई पालिकाले  दोषल्ला ओढ्याएर, नगद १० हजार रुपैयाँ र स्वास्थ्य सामग्रीबाट सम्मान गरेको हो । सुनौलो  हजार दिनका आमाहरु बिच प्रतिष्पर्धा गराएर  विभिन्न २२ वटा स्वास्थ्य सूचकको आधारमा, प्रति सूचक ५ अंकका दरले ११० अंक ल्याउने आमालाई स्माट आमा घोषणा गरी गाउँपालिकाले सम्मान गरेको हो । 


    स्वास्थ्य संस्थामा अनिवार्य प्रसूति भएको, गर्भवती भएको सुनिश्चित भएपछि फोलिक एसिड सुरु गरेको, ३ महिनापछि जुकाको औषधी खाएको, कम्तीमा ४ पटक गर्भ जाँच गरेको, टी.डी. खोप लगाएको, गर्भवती र सुत्केरी अवधीमा २२५ वटा आईरन र क्यालसियम खाएको, बच्चाको जन्मतौल २.५ केजीभन्दा माथि भएको, पिनसी जाँच ३ पटक गरेको, सुत्केरीपछि बच्चालाई पूर्णरुपमा स्तनपान गराएको र समयमै अन्य खानपान सुरु गरेको, प्रोटोकलअनुसार बच्चालाई पूर्णखोप लगाएको, सूचक पूरा हुनुपर्दछ । 


    यसैगरी प्रत्येक महिना बच्चाको तौल तथा उचाई नापजाँच गरेको, बालभिटा खुवाएको, बच्चालाई नियमित रुपमा भिटामिन र जुकाको औषधी खुवाएको, बच्चा जन्मिएपछि हालसम्म कार्ड रुजु गरेको, आमा र बच्चाको सरसफाइ नियमित रुपमा भएको, गर्भान्तर कम्तिमा २ वर्षको रहेको, आमा र बच्चा कुपोषित नभएको, धुम्रपान र मध्यान नगर्ने आमा, बच्चाको जन्मदर्ता गरेको, महिनावरी स्वच्छतासम्बन्धी ज्ञान भएको जस्ता २२ वटा स्वास्थ्य सूचकहरु पुरा गर्ने आमाहरु, स्माट आमाको रुपमा सम्मानित भएका हुन् । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुन, विभिन्न वडाका वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्याललगायतले  टिकामाला, दोषल्ला लगाई स्माट आमाहरुलाई सम्मान गरे । 


    गर्भ रहेदेखि बच्चा २ वर्षको उम्मेर हुँदासम्मको २०८१ साल फागुन १ गतेदेखि २०८२ साल फागुन मसान्तसम्म १ हजार दिन पूरा भएका आमाहरुको २२ वटा स्वास्थ्य सूचकहरुको वडा वडाका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, महिला स्वयम्सेविकाका परीक्षण गरी ११० अंक ल्याएका मध्येमा प्रथम, द्वितीय र तृतीय स्थान ल्याएका स्माट आमाहरुलाई पालिकाले उच्च मूल्याङ्कन गरी सम्मान गरेको हो । 


    सम्मानित हुने स्माट आमाहरुमा वडा नं. १ बाट ३३ जना आमाहरुमध्ये,  बोलकुमारी थापा, सरस्वती घर्ती, हेमा राना वडा नंं. २ बाट १७ जना आमाहरुमध्ये, सावित्रा सुनारी, धनिमाया सिंजाली, हेमा राना, वडा नंं. ३ बाट ४८ जना आमाहरु मध्ये उमा सारु थापा, सीताकुमारी भुल, टिकाकुमारी झेडी, वडा नं. ४ बाट २० आमाहरुमध्ये मनिषा मश्राङ्ग र वडा नं. ५ बाट २० आमाहरुमध्ये यस्मिता केम्छाकी, निरमायाँ सिंजाली र केशरी सारु रहेका छन् । पालिकाबाट १३८ जना आमाहरु प्रतिष्पर्धामा सहभागी भए पनि १५ जना स्माट आमाहरु सम्मानित भएका हुन् । 


    गाउँपालिकाले २०८७ साल जेठ मसान्तसम्म रम्भा गाउँपालिकालाई पोषणमैत्री स्थानीय शासन कार्यान्वयन भएको गाउँपालिका घोषणा गर्ने अभियानका साथ स्माट आमा सम्मान कार्यक्रम सञ्चालन गरेको हो । पोषणमैत्री गाउँपालिका घोषणा हुनको लागि स्वास्थ्य, महिला तथा बालबालिका, शिक्षा, खानेपानी, सरसफाइ र  स्वच्छता, कृषि, पशुपंक्षी र शासकीय स्वचछता गरी ७ वटा क्षेत्रबाट ५१ वटा सूचकहरु पूरा हुनुपर्ने प्रावधान रहेको छ । 


    पालिकाको स्वास्थ्य शाखाले पोषणसम्बन्धी  चालु आर्थिक वर्षमा  भएका कामहरु कार्यक्रममा जानकारी गराएको छ । कम तौल भएका एक वटा पनि बच्चा नजन्मिएको, ६ महिनादेखि ५ वर्षसम्मका ७२४ जना बालबालिकाको स्वास्थ्य परीक्षणमा ८ जना मध्यम कुपोषित र १ जना कडा कुपोषित मात्र भेटिएको, पालिकाको सबै विद्यालयमा १० वर्षदेखि १९ वर्षसम्मका ४३५ जना किशोरीहरुको रक्तअल्पता परीक्षण गरेको जसमा २६ जना मोडेरट र ५६ जना मिल्ड लक्षण देखिएको, ४२६ जना आमाहरुलाई तरकारी बिउबिजन वितरण गरेको, १७३ जना गर्भवती महिलाहरुलाई पानी शुद्धीकरण गर्ने स्टिल फिल्टर वितरण गरेको, वडा नं. १ हुँगी र वडा नं. ३ पिपलडाँडा स्वास्थ्य चौकीलाई पोषणमैत्री संस्था घोषणा गरिएको, बालबालिकाहरुलाई पोषण स्वास्थ्य समस्या समाधानको लागि ४ वटा ओटिसी उपचार केन्द्र सञ्चालनमा आएको पालिका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्यालले जानकारी गराए । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij