२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लोकतान्त्रिक विधिलाई अनुशरण गर

लोकतान्त्रिक विधिलाई अनुशरण गर

लोकतान्त्रिक विधिलाई अनुशरण गर

लोकतान्त्रिक विधिलाई अनुशरण गर

लोकतान्त्रिक विधिलाई अनुशरण गर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ २१ २०८३
आइतवार, आषाढ २१ २०८३
  • प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले  केही आशा लाग्दा र केही लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने गरी काम गर्दै सय दिन पूरा गरेको छ । सरकारको सय दिनलाई आलोचना नगरी सहयोग गर्नुपर्छ भन्ने मान्यता छ । प्रतिपक्ष, प्रेस र नागरिक समाजले सरकारलाई सय दिन आलोचना नगरी सहयोग गर्नुपर्छ भन्नुको अर्थ हो, सरकारको प्रस्थान विन्दु भएकाले यसले आगामी दिनको मार्गचित्र स्पष्ट पार्दछ ।


    चैत १३ गते सपथ लिएका प्रधानमन्त्रीले मन्त्रालयको संख्या घटाएर १७ मा झारेका छन्, त्यसलाई सकारात्मक मान्नुपर्छ । तर मन्त्रालयको नाम र संयोजन जुन ढंगले हुनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन । सपथ लिएको केही दिनमै चैत १९ गते जेनजी आन्दोलनकी घाइते एकता शाहलाई प्रक्रिया मिचेर एमबीबीएस अध्ययन गर्न दिने निर्णय गरेर सरकार विधिको शासन होइन, आदेशको शासनको सुरुवात ग¥यो, जुन निरन्तर अघि बढिरहेको छ । राहदानी छपाइबारेमा अख्तियार प्रमुखसहित पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर अमर्यादित व्यवहार गर्दै राहदानी विभागका प्रमुख तिर्थ अर्याललाई मुद्दा चलाउन दबाब दिएको विषय सुशासनको  प्रस्थानविन्दु नभई मनपरीतन्त्रको एउटा उदाहरण हो । निजामति कर्मचारी स्थायी सत्ता हो, यसको आमूल सुधार आवश्यक छ । त्यो सुधार विधि र कानुन निर्माणमार्फत् हुनुपर्छ । तर विधि र कानुन निर्माण गर्नुको साटो त्रासमा राखेर ठेगान लगाउन खोजिएको छ । कर्मचारीलाई ५५ वर्ष  उमेर र ३० वर्ष सेवा अवधि पूरा गरेकालाई बिदा गर्ने तयारी गरिंदैछ, यो निर्णयले १२ हजारभन्दा बढी कर्मचारी घर जाँदैछन् । यसले समय अगावै कर्मचारी घर जाँदा राज्यलाई एकैपल्ट ठूलो धनराशी खर्च हुँदैछ, उनीहरुले आर्जन गरेको सीप र क्षमता प्रयोग गर्न राज्य वञ्चित हुँदैछ ।


    प्रधानमन्त्री नियमित सिंहदरबार जान्छन्, मन्त्रिपरिषद्को बैठकलगायत बैठक र भेटघाट सिंहदरबारमै गर्छन् । प्रधानमन्त्री निवासलाई केवल निवासकै रुपमा प्रयोग गरिरहेका छन्, यो काम राम्रो हो । निवासबाट होइन, सिंहदरबारबाटै सरकार चलाउनुपर्छ भन्ने सन्देश दिन सफल भएका छन् । तर सरकारले लोकतान्त्रिक संस्कार र पद्दती बसाल्न चुकिरहेको छ । निर्माण व्यवसायीलाई भइरहेको अमर्यादित व्यवहारले निजी क्षेत्र निराश छ । व्यवसायीलाई धरपकड गर्दा उनीहरुमा त्रास बढेको छ । दुई तिहाई नजिकको सरकार हुँदा बजारले सुरक्षित महशुस गर्न सकिरहेको छैन । मन्त्रीहरुलाई प्रधानमन्त्रीको सचिवालयले चलाउने गलत परिपाटी विकास गरिंदैछ ।


    प्रधानमन्त्री पद कुनै कर्पोरेट कम्पनीको कार्यकारी प्रमुख जस्तो आदेशको भरमा मात्र चल्ने संस्था होइन, यो त संसद्, न्यायपालिका र नागरिक समाजसँग निरन्तर संवाद र शक्ति सन्तुलन कायम राख्दै संविधानवादअनुसार चल्ने लोकतान्त्रिक संस्था हो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबिचको सन्तुलन कायम गर्न प्रधानमन्त्री चुकेका छन् । संसद बैठकमा जान बेवास्ता गर्ने प्रवृत्तिले प्रधानमन्त्रीको अलोकतान्त्रिक संस्कार उदांगो भएको छ ।


    प्रारम्भिक दिनमा चालिएका प्रशासनिक सुधारका सकारात्मक उपलब्धिको महत्वलाई जोगाइराख्न प्रधानमन्त्री शाहले आफ्नो स्वेच्छाचारी र केन्द्रीकृत कार्यशैलीलाई सच्याउन आवश्यक छ । विधिको शासन र संस्थागत लोकतान्त्रिक परिपाटीबिच सन्तुलन कायम गर्नु नै आगामी दिनको मुख्य चुनौती हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij