२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सफलताको कथा, अन्तर्राष्ट्रियस्तरको मन्टेश्वरी शिक्षातर्फ उन्मुख

सफलताको कथा, अन्तर्राष्ट्रियस्तरको मन्टेश्वरी शिक्षातर्फ उन्मुख

सफलताको कथा, अन्तर्राष्ट्रियस्तरको मन्टेश्वरी शिक्षातर्फ उन्मुख

सफलताको कथा, अन्तर्राष्ट्रियस्तरको मन्टेश्वरी शिक्षातर्फ उन्मुख

सफलताको कथा, अन्तर्राष्ट्रियस्तरको मन्टेश्वरी शिक्षातर्फ उन्मुख
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • नुनथलामा शैक्षिक सुनथला  
    गुल्मी 
    गुल्मी सदरमुकाम तम्घासको व्यस्त बजारको छेउमै एउटा सानो बस्ती छ- नुनथला । नामले सामान्य लाग्ने यो ठाउँ केही वर्षअघिसम्म स्थानीय महोत्सव र सामाजिक गतिविधिका कारण मात्र चिनिन्थ्यो । तर आज नुनथलाको परिचय फेरिएको छ । अहिले यो ठाउँ एउटा शैक्षिक क्रान्तिको केन्द्र बनेको छ । गुणस्तरीय शिक्षाको उज्यालो फैलाउन थालेपछि स्थानीयले समेत भन्न थालेका छन्–‘नुनथला अब शैक्षिक सुनथला बनेको छ ।’


    यो परिवर्तनको केन्द्रमा छ ब्रिलियन्ट युनाइटेड एकेडेमी । वि.सं. २०६७ सालमा एउटा सामान्य टहराबाट सुरु भएको यो विद्यालयले सुरुदेखि नै फरक सोच बोकेको थियो । जिल्लामा पहिलो पटक मन्टेश्वरी शिक्षण पद्धति भित्र्याएर बालशिक्षालाई नयाँ दिशा दिएको यस संस्थाले अहिले त्यसलाई अन्तर्राष्ट्रिय स्तरको पूर्ण मन्टेश्वरी प्रणालीमा विस्तार गरेको छ ।


    यही शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याइएको आधुनिक मन्टेश्वरी कार्यक्रमले पहिलो वर्षमै अपेक्षाभन्दा बढी सफलता प्राप्त गरेको छ । विद्यालयले १०० भन्दा बढी विद्यार्थी भर्ना गर्न सफल भएको छ । यो केवल विद्यार्थी संख्या बढेको तथ्य होइन, अभिभावकको विश्वास, विद्यालयको शैक्षिक दृष्टिकोण र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताको प्रतिफल हो ।


    यस सफलतालाई विद्यालय परिवारले उत्सवका रूपमा मनाएको छ । प्रथम त्रैमासिक परीक्षाफल सार्वजनिक गर्दै उत्कृष्ट विद्यार्थीलाई सम्मान, पुरस्कार वितरण तथा शिक्षक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाको उत्साहजनक सहभागिताले विद्यालयप्रतिको विश्वास दिनप्रतिदिन मजबुत बन्दै गएको सन्देश दिएको छ ।


    ‘शिक्षकले पढाउने होइन, सिकाउने’ संस्कार
    ब्रिलियन्ट युनाइटेड एकेडेमीको मूल दर्शन नै परम्परागत घोकाइमा होइन, सिकाइमा आधारित शिक्षामा केन्द्रित छ । विद्यालयका कार्यवाहक अध्यक्ष ढुण्डिराज पोखरेल भन्छन्–‘२०६७ सालमा एउटा सामान्य टहराबाट सुरु भएको यो यात्रा आज यहाँसम्म आइपुगेको छ । गुल्मीमा पहिलो पटक मन्टेश्वरी शिक्षण पद्धति सुरु गर्ने साहस हामीले गर्यौं। गुणस्तरीय शिक्षा र सिकाइमा आधारित अभ्यासले अभिभावकको विश्वास जित्यौं । हाम्रो आदर्श वाक्य नै यही हो— शिक्षकले विद्यार्थीलाई केवल पढाउने होइन, सिकाउने ।’
    उनका अनुसार विद्यालयले विद्यार्थीलाई परीक्षामुखी मात्र होइन, व्यवहारिक, सिर्जनशील र जीवनोपयोगी शिक्षा दिन प्राथमिकता दिएको छ ।


    ‘१०० विद्यार्थी संख्या होइन, १०० परिवारको विश्वास हो’
    विद्यालयका प्रिन्सिपल सन्तोष थापा सफलताको पछाडि अभिभावकको विश्वासलाई मुख्य आधार मान्छन् । उनी भन्छन्–‘हामीले विद्यार्थी संख्या सय नाघेकोमा खुसी मनाएका छैनौं, सयभन्दा बढी परिवारको विश्वास जितेकोमा गौरव गरेका छौं । यो विश्वासलाई कहिल्यै ढल्न दिने छैनौ । गुणस्तरीय, व्यवहारिक र प्रविधिमैत्री शिक्षामार्फत् प्रत्येक बालबालिकाको प्रतिभा पहिचान र विकासमा हामी अझ जिम्मेवार भएर लाग्नेछौं । मन्टेश्वरी प्रणालीलाई अझ प्रभावकारी बनाउँदै प्रत्येक कक्षालाई स्मार्ट सिकाइको केन्द्र बनाउने हाम्रो लक्ष्य हो ।’


    उनले थपे–‘स्मार्ट विद्यालय बनाउन सबैभन्दा पहिले शिक्षक स्मार्ट हुनुपर्छ । त्यसपछि मात्रै विद्यार्थीको सिकाइमा वास्तविक परिवर्तन आउँछ ।’
    ‘अब गुणस्तरीय शिक्षाका लागि बाहिर धाउन पर्दैन’
    रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पन्थी ले ब्रिलियन्ट युनाइटेड एकेडेमीले गुल्मीमै गुणस्तरीय शिक्षाको नयाँ सन्देश दिएको बताए ।


    उन भने–‘एक समय गुणस्तरीय शिक्षाका लागि बुटवल वा काठमाडौं जानुपर्छ भन्ने सोंच थियो । आज ब्रिलियन्ट युनाइटेड एकेडेमीले त्यो सोच परिवर्तन गर्न सफल भएको छ । अब आफ्नै जिल्लामा अन्तर्राष्ट्रिय स्तरको शिक्षा सम्भव छ भन्ने विश्वास यस संस्थाले दिलाएको छ ।’


    रेसुङ्गा नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापा ले पनि संस्थागत विद्यालयमध्ये ब्रिलियन्ट युनाइटेड एकेडेमी जिल्लाले गर्व गर्न सक्ने शैक्षिक संस्था बनेको बताए ।
    मन्टेश्वरीभित्र के छ ?
    विद्यालयले कार्यक्रमअघि अभिभावकलाई मन्टेश्वरी कक्षाको अवलोकन गराएको थियो । बालबालिकाले खेल्दै, छोएर, प्रयोग गर्दै र आफैं अनुभव गरेर सिक्ने वातावरण देखेपछि धेरै अभिभावक उत्साहित देखिएका थिए ।
    विद्यालयको भनाइमा मन्टेश्वरी भनेको केवल आकर्षक कक्षा होइन, बालबालिकाको स्वाभाविक जिज्ञासा, सिर्जनशीलता, आत्मविश्वास र व्यवहारिक ज्ञान विकास गर्ने वैज्ञानिक शिक्षण प्रणाली हो ।


    गुणस्तरीय शिक्षासँगै आधुनिक सुविधा
    ब्रिलियन्ट युनाइटेड एकेडेमीले आधुनिक शिक्षणसँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर विभिन्न सुविधा प्रदान गर्दै आएको जनाएको छ ।
    विद्यालयका प्रमुख विशेषताहरूः
    अन्तर्राष्ट्रिय स्तरको मन्टेश्वरी शिक्षण प्रणाली
    अनुभवी तथा दक्ष शिक्षक टोली
    सुरक्षित, स्वच्छ र बालमैत्री वातावरण
    प्रविधिमैत्री तथा स्मार्ट सिकाइ
    अतिरिक्त क्रियाकलापमा विशेष प्राथमिकता
    नैतिक, व्यवहारिक र गुणस्तरीय शिक्षा
    अभिभावक–शिक्षक नियमित अन्तरक्रिया
    प्रत्येक बालबालिकाको व्यक्तिगत क्षमता पहिचान गरी सिकाइ
    नयाँ शैक्षिक सत्र २०८३ का लागि प्ले ग्रुपदेखि विभिन्न कक्षासम्म भर्ना खुला गरिएको विद्यालयले जनाएको छ । सीमित सिट भएकाले समयमै भर्ना प्रक्रिया पूरा गर्न विद्यालयले अभिभावकलाई आग्रह गरेको छ ।
    नुनथलाबाट सुरु भएको परिवर्तन
    कहिल्यै सामान्य बस्तीका रूपमा चिनिएको नुनथला आज शिक्षाको उज्यालोले परिचित हुँदै गएको छ। एउटा टहराबाट सुरु भएको सपना आज आधुनिक शैक्षिक संस्थामा रूपान्तरण भएको छ । सयभन्दा बढी विद्यार्थीको विश्वास, अभिभावकको साथ, शिक्षकको समर्पण र व्यवस्थापनको दूरदृष्टिले नुनथलालाई साँच्चिकै ‘शैक्षिक सुनथला’ बनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij