२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्वर्गीय चालकका परिवारलाई १५ लाख राहत

स्वर्गीय चालकका परिवारलाई १५ लाख राहत

स्वर्गीय चालकका परिवारलाई १५ लाख राहत

स्वर्गीय चालकका परिवारलाई १५ लाख राहत

स्वर्गीय चालकका परिवारलाई १५ लाख राहत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • बुटवल । पश्चिम नेपाल बस प्रा.लि. तथा पश्चिम नेपाल यातायात सहकारीले दुर्घटनामा ज्यान गुमाएका चालक स्वर्गीय भद्रसिंह गुरुङको परिवारलाई १५ लाख रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ । संस्थाले दुर्घटना बिमा वापत प्राप्त उक्त रकम स्वर्गीय गुरुङकी धर्मपत्नी तुलसादेवी खाम्चा गुरुङलाई एक कार्यक्रमबिच चेकमार्फत् प्रदान गरेको हो । 


    चितवन जिल्ला इच्छाकामना गाउँपालिका–३ स्थायी घर भई बुटवल–३ गोलपार्कमा बसोबास गर्दै आएका गुरुङ गत मंसिर ६ गते राति करिब ९ः३० बजे छिमेकी जानकी गुरुङको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए । उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा उनको निधन भएको थियो । उनी लामो समयदेखि पश्चिम नेपाल यातायात सहकारीमा आबद्ध भई बस व्यवसाय तथा स्वरोजगार चालकका रूपमा कार्यरत थिए ।


    राहत रकम हस्तान्तरण कार्यक्रममा पश्चिम नेपाल बस प्रा.लि.का अध्यक्ष दघिराम खरेलले संस्थाले आफ्ना सदस्य व्यवसायी, चालक तथा सहचालक र उनीहरूका परिवारको सामाजिक तथा आर्थिक सुरक्षालाई प्राथमिकतामा राखेर विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले दुर्घटनामा ज्यान गुमाउने सदस्यका परिवारलाई १५ लाखदेखि २२ लाख रुपैयाँसम्म राहत उपलब्ध गराउने व्यवस्था रहेको उल्लेख गर्दै संस्थासँगको सानो आबद्धताले कठिन परिस्थितिमा परिवारलाई ठूलो सहारा पुग्ने विश्वास व्यक्त गरे । 


    कार्यक्रममा पश्चिम नेपाल बस प्रा.लि.का सञ्चालकहरू, पश्चिम नेपाल यातायात सहकारीका उपाध्यक्ष जीवन बन्जाडे, सचिव जितेन्द्र खत्री, कोषाध्यक्ष नारायण भण्डारीलगायतले सहकारी र कम्पनीले सदस्यहरूको हितमा बिमा, राहत तथा सामाजिक सुरक्षा केन्द्रित विभिन्न कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिरहेको बताए । पश्चिम नेपाल बस प्रा.लि.का अनुसार हालसम्म पाँच जना सदस्यका परिवारले यस्तो राहत सुविधा प्राप्त गरिसकेका छन् । सहकारीका सचिव एवं प्रा.लि.का सञ्चालक जितेन्द्र खत्रीका अनुसार यसअघि सिद्धार्थनगर–३ निवासी जानकीदेवी पाण्डे शर्मा, बुटवल–११ निवासी सन्तोष विक, नवलपरासीको प्रतापपुर–९ निवासी जगदीशप्रसाद चौधरी तथा तानसेन–१० निवासी कोपिल रानाले पनि संस्थाबाट राहत रकम प्राप्त गरिसकेका छन् । संस्थाले सदस्यहरूको सामाजिक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले बिमा तथा राहत कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij