२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सामाजिक सेवाको नयाँ कार्ययोजनासहित जुट्यो लायन्स क्लब अफ बुटवल युथ

सामाजिक सेवाको नयाँ कार्ययोजनासहित जुट्यो लायन्स क्लब अफ बुटवल युथ

सामाजिक सेवाको नयाँ कार्ययोजनासहित जुट्यो लायन्स क्लब अफ बुटवल युथ

सामाजिक सेवाको नयाँ कार्ययोजनासहित जुट्यो लायन्स क्लब अफ बुटवल युथ

सामाजिक सेवाको नयाँ कार्ययोजनासहित जुट्यो लायन्स क्लब अफ बुटवल युथ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • बुटवल । लायन्स क्लब अफ बुटवल युथले लायन्स वर्ष २०२६–२०२७ का लागि सामाजिक सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित वार्षिक कार्ययोजना र बजेट सार्वजनिक गरेको छ।


    मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सम्पन्न क्लबको प्रथम जनरल मिटिङ तथा फेलोसिप कार्यक्रममा नयाँ कार्यकालका कार्यक्रम, संगठन सुदृढीकरण, सदस्यहरूको सक्रिय सहभागिता वृद्धि तथा आगामी सामाजिक सेवाका अभियानबारे विस्तृत छलफल गरिएको हो।


    क्लबका अध्यक्ष दिपक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष थापाले वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष कृष्णनन्द पन्तले आगामी वर्षको बजेट सार्वजनिक गर्नुभयो। प्रथम उपाध्यक्ष प्रदीप कुमार बि.क.ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।


    कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष जाकिर हुसेनले लायन्स वर्ष २०२५–२०२६ मा उत्कृष्ट कार्यसम्पादन गर्ने सदस्यहरूलाई चार्टर प्रेसिडेन्ट अवार्ड प्रदान गरी सम्मान गर्नुभयो।


    औपचारिक कार्यक्रमपछि आयोजित फेलोसिपमा सदस्यहरूबीच आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन स्विमिङ तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको क्लबका सचिव लक्ष्मण बन्जाडेले जानकारी दिनुभयो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij