२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाउने अभियान, बसाइ अवधि बढाउने लक्ष्य

लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाउने अभियान, बसाइ अवधि बढाउने लक्ष्य

लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाउने अभियान, बसाइ अवधि बढाउने लक्ष्य

लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाउने अभियान, बसाइ अवधि बढाउने लक्ष्य

लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाउने अभियान, बसाइ अवधि बढाउने लक्ष्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ २४ २०८३
बुधवार, आषाढ २४ २०८३
  • सिद्धार्थनगर । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको सबैभन्दा परिचित अन्तरराष्ट्रिय पर्यटनस्थल हो । विश्व सम्पदा सूचीमा सूचीकृत पवित्र भूमि हरेक वर्ष स्वदेशी तथा विदेशी गरी वार्षिक रूपमा करिब १५ लाखभन्दा बढी पर्यटक आउने गरेका छन् ।


    ठूलो सङ्ख्यामा पर्यटक आउँदा पनि अधिकांशले लुम्बिनीमा एक रातसमेत बिताउँदैनन् । केही घण्टामात्र भ्रमण गरी फर्किने प्रवृत्तिले यहाँको पर्यटनबाट अर्थतन्त्रले अपेक्षित लाभ लिन सकेको छैन ।

    विशेषगरी भारतबाट आउने धार्मिक पर्यटक बुद्ध जन्मस्थलको दर्शन गरेर केही घण्टामै स्वदेश फर्किन्छन् । नेपालका अन्य भागबाट आउने पर्यटकको अवस्था पनि उस्तै छ । उनीहरू मायादेवी मन्दिर र आसपासका केही क्षेत्र घुमेपछि अर्को गन्तव्यतर्फ लाग्छन् । यसले लुम्बिनीलाई केवल ‘दर्शनस्थल’मा सीमित बनाएको छ । ‘बसाइ र अनुभव गर्ने गन्तव्य’का रूपमा विकास गर्न अझै चुनौती देखिएको छ ।

    पर्यटनविद्हरूका अनुसार लुम्बिनीमा पर्यटकको बसाइ अवधि बढाउन सकिए यस क्षेत्रको होटल, रेष्टुरेन्ट, यातायात, हस्तकला, कृषि, सांस्कृतिक कार्यक्रम र स्थानीय रोजगारीमा ठूलो आर्थिक प्रभाव पर्न सक्छ । त्यसका लागि बुद्ध जन्मस्थलसँगै आसपासका धार्मिक, सांस्कृतिक, प्राकृतिक र ग्रामीण पर्यटन गन्तव्यलाई एउटै पर्यटन पथमा जोड्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

    लुम्बिनी होटल सङ्घका अध्यक्ष लीलामणि शर्माका अनुसार लुम्बिनी नेपालको सबैभन्दा ठूलो अन्तरराष्ट्रिय पर्यटन ब्रान्ड हो । “हामीले बुटवल, भैरहवा वा अन्य सहरलाई अलग–अलग रूपमा होइन, ‘लुम्बिनी’को ब्रान्डलाई केन्द्रमा राखेर पर्यटन प्रवर्द्धन गर्नुपर्छ”, उनले भने । उनका अनुसार अन्तरराष्ट्रिय बजारमा एउटै पहिचान बनाएर अघि बढ्न सके गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनदेखि पर्यटक आगमन बढाउनसमेत सहज हुनेछ ।

    लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख दयानिधि शर्माले लुम्बिनी धार्मिक तीर्थस्थलमात्र नभई विश्व बौद्ध दर्शन, शान्ति, अहिंसा र मानव सभ्यताको अध्ययन, अनुसन्धान केन्द्रका रूपमा विकास हुनुपर्ने बताए ।

    उनका अनुसार शिक्षा, अनुसन्धान, ध्यान, संस्कृति र पर्यटनलाई एउटै अवधारणामा जोड्न सके लुम्बिनीको अन्तरराष्ट्रिय महत्व अझ उचाइमा पुग्नेछ ।

    लुम्बिनी विकास कोषका सदस्यसचिव ज्ञानीन राईले लुम्बिनीलाई विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र अन्तरराष्ट्रिय साझेदारबीच समन्वित प्रयास अपरिहार्य रहेको बताए । उनले पूर्वाधार विस्तारसँगै गुणस्तरीय पर्यटन सेवा, अन्तरराष्ट्रिय प्रचारप्रसार र नयाँ पर्यटन उत्पादन विकासमा जोड दिनुपर्ने धारणा राखे ।

    पछिल्ला वर्षमा लुम्बिनी क्षेत्रमा चार र पाँचतारे होटल, रिसोर्ट तथा अन्य पर्यटकीय पूर्वाधारमा उल्लेख्य लगानी भएको छ । तर पर्यटकको बसाइ अवधि छोटो भएकाले ती लगानीले अपेक्षित प्रतिफल पाउन सकेका छैनन् । पर्यटन व्यवसायी अहिलेको सबैभन्दा ठूलो आवश्यकता नयाँ होटल निर्माणभन्दा पनि पर्यटकलाई लुम्बिनीमा एक वा दुई रात बस्न प्रेरित गर्ने पर्यटन क्षेत्रको विकास गर्नु रहेको बताउँछन् ।

    यसै उद्देश्यले निजी क्षेत्रले भारतका बनारस, बोधगया, दिल्ली र लखनउका ट्राभल एन्ड टुर अपरेटरसँग प्रत्यक्ष सहकार्य सुरु गरेको छ । लुम्बिनी–बनारस बीटुबी ट्राभल मार्ट तथा फ्याम ट्रिपमार्फत धार्मिक र सांस्कृतिक पर्यटनको साझा बजार विस्तार गर्ने प्रयास गरिएको छ । व्यवसायीहरूका अनुसार यस्ता कार्यक्रमले अन्तरराष्ट्रिय बजारमा लुम्बिनीको पहुँच विस्तार गर्न सहयोग पुग्नेछ ।

    पर्यटन क्षेत्रका जानकारहरु लुम्बिनीको विकास अब केवल बुद्ध जन्मस्थलको संरक्षणमा मात्र सीमित नराखी ‘ग्रेटर लुम्बिनी’ अवधारणाअनुसार तिलौराकोट, देवदह, रामग्राम, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, सांस्कृतिक गाउँ, ध्यान केन्द्र, ग्रामीण पर्यटन र स्थानीय उत्पादनलाई एउटै पर्यटन सञ्जालमा जोड्नुपर्ने सुझाव दिन्छन् ।

    लुम्बिनीमा पर्यटक ल्याउनुमात्र सफलता होइन, उनीहरूलाई केही दिन बस्न बाध्य बनाउने वातावरण सृजना गर्नु नै अबको सबैभन्दा ठूलो चुनौती रहेको उनीहरुको भनाइ छ ।

    विश्वले बुद्ध जन्मस्थललाई चिनेको हुँदा लुम्बिनीलाई अनुभव गर्ने गन्तव्यका रूपमा स्थापित गर्न सकेमा पर्यटनले दीर्घकालीन आर्थिक समृद्धिको आधार तयार गर्ने विश्वास गरिएको छ ।
    रासस

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij