२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देहीमा कोडफेस्ट सञ्चालन गर्न वेस्टर्न मेगा कलेज र कोड फर च्यान्जबीच सम्झौता

रुपन्देहीमा कोडफेस्ट सञ्चालन गर्न वेस्टर्न मेगा कलेज र कोड फर च्यान्जबीच सम्झौता

रुपन्देहीमा कोडफेस्ट सञ्चालन गर्न वेस्टर्न मेगा कलेज र कोड फर च्यान्जबीच सम्झौता

रुपन्देहीमा कोडफेस्ट सञ्चालन गर्न वेस्टर्न मेगा कलेज र कोड फर च्यान्जबीच सम्झौता

रुपन्देहीमा कोडफेस्ट सञ्चालन गर्न वेस्टर्न मेगा कलेज र कोड फर च्यान्जबीच सम्झौता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • बुटवल । कोड फर च्यान्ज रुपन्देहीले आयोजना गर्ने कोडफेस्ट २०२६ को प्रादेशिक चरण आगामी श्रावणमा वेस्टर्न मेगा कलेजको प्राङ्गणमा हुने भएको छ । यस सम्बन्धमा दुवै संस्थाबीच बुधबार सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौतामा वेस्टर्न मेगा कलेजका प्राचार्य अधिवक्ता किसु शर्मा र कोड फर च्यान्ज रुपन्देहीका प्रोजेक्ट लिड दिपेश पोखरेलले हस्ताक्षर गर्नुभयो । यससँगै कलेज कार्यक्रमको आधिकारिक गोल्ड स्पोन्सर र मुख्य भेन्यू पार्टनर बन्न पुगेको छ ।

    प्राचार्य शर्माका अनुसार ह्याकाथनका लागि चाहिने सेमिनार हल, कन्फरेन्स रूम, इन्टरनेट, चौबिसै घण्टा विद्युत् आपूर्ति र प्रिन्टिङलगायतका सम्पूर्ण भौतिक पूर्वाधार कलेजले नै व्यवस्थापन गर्नेछ ।

    यत्तिमात्र होइन, सहभागी, आयोजक, मेन्टर र निर्णायक मण्डल गरी झन्डै ७० जनाको रात्रि बासोबास र ८० जनाको लागि दुई दिनसम्मको खाजा-खानाको पूर्ण जिम्मा पनि कलेजले लिने भएको छ ।

    कार्यक्रम अन्तर्गत श्रावणको दोस्रो साता ओरिएन्टेसन कार्यक्रम हुनेछ भने श्रावण १६ र १७ गते शनिवार-आइतवार मुख्य ह्याकाथन सञ्चालन हुनेछ । विद्यार्थीहरूमा नवप्रवर्तन र प्राविधिक क्षमता खोज्ने यस्ता कार्यक्रमलाई कलेजले सधैं प्राथमिकतामा राख्ने प्राचार्य शर्माले बताउनुभयो ।

    गत १३ वर्षदेखि स्नातक तहमा BHM सञ्चालन गर्दै आएको वेस्टर्न मेगा कलेजले यस वर्षबाट ४ वर्षे BIT कार्यक्रम पनि थपेको छ । शैक्षिक वर्ष २०८३ का लागि स्नातक तहमा BIT र BHM, तथा स्नातकोत्तर तहमा २ वर्षे MBAमा उत्कृष्ट छात्रवृत्तिसहित भर्ना खुला रहेको कलेजले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij