२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पेट्रोल छर्किएर आगो लगाएका गणेशको निधन

पेट्रोल छर्किएर आगो लगाएका गणेशको निधन

पेट्रोल छर्किएर आगो लगाएका गणेशको निधन

पेट्रोल छर्किएर आगो लगाएका गणेशको निधन

पेट्रोल छर्किएर आगो लगाएका गणेशको निधन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ २६ २०८३
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं । आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन भएको छ । उपचारकै क्रममा निधन भएको वीर अस्पतालले जनाएको छ । काठमाडौंका एसपी पवन भटटराईका अनुसार उनलाई अस्पतालले मृत घोषणा गरेको छ । 

    उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।  बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ६५ देखि ७० प्रतिशत जलेको थियो । 


    वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोलीले उनको उपचार गरिरहेका थिए । 

    नेपालीको निधनपछि प्रहरीले घटनाबारे सोधपुछका लागि काठमाडौं महानगरप्रहरीका ३ जना नगर प्रहरीलाइ नियन्त्रयणमा लिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij