२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

निर्मम आत्मसमीक्षा गरौं

निर्मम आत्मसमीक्षा गरौं

निर्मम आत्मसमीक्षा गरौं

निर्मम आत्मसमीक्षा गरौं

निर्मम आत्मसमीक्षा गरौं
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • मुगुका गणेश नेपालीको आत्मदाह केवल मानसिक समस्याको विषय होइन्, यो राज्यसंयन्त्रप्रति नागरिकको भरोसा र विश्वास टुट्दै गएको एउटा उदाहरण हो । जब राज्यका योजना, नीति र कार्यक्रमप्रति नागरिकको भरोसा र विश्वास टुट्दै जान्छ, नागरिकले आक्रोशको आगो ओकल्छ, भलै त्यो आक्रोशको आगो ओकल्ने शैली फरक–फरक हुनसक्छ ।


    मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दुई दशक बित्न लागेको छ । संविधान निर्माण भएको दशक भयो । संविधानको सफल कार्यान्वयनमा चुक्दा नागरिकमा चुलिएका निराशाकै कारण जेनजी विद्रोह भयो । त्यही विद्रोहपछि भएको चुनावमा बहुमत ल्याइ गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले चुलिएका निराशालाई आशामा बदल्ने अवसर गुमाउँदैछ । सुकुम्वासीप्रति राज्यको व्यवहार निकृष्ट छ । पहिले घरमा डोजर लगाइयो, अहिले होल्डिङ सेन्टरमा खाना दिन पनि बन्द गरियो । कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर बिचल्ली परेका नागरिकप्रति राज्यको जवाफदेहीता पटक्कै देखिएन् । व्यवसायीलाई राज्यले अहिले अपराधी झैं व्यवहार गरिरहेको छ । लगानीकर्ता आर्कषित हुन सकिरहेका छैनन् । सम्पत्ति शुद्धीकरणको मुद्दामा राज्यले आफ्नालाई बचाउने अरुलाई फसाउने नीति लिएर विभेदकारी छवि बनाएको छ । अहिले युवाले राज्यले केही गर्दैछ भन्ने विश्वास गर्न छाडेका छन् । प्रधानमन्त्रीदेखि मन्त्रीहरु अराजकतालाई मलजल गर्दैछन् । शिष्टता र मर्यादाको विषय गौण बनेको छ ।


    गणेश काठमाडौंमा राइडर भई काठमाडौंमा परिवारको लालनपालन गर्दै आएका युवा हुन् । यहाँ गतिलो आम्दानीको स्रोत नभएपछि विदेश जाने तयारी गर्दै थिए । पार्किङ् निषेधित क्षेत्रमा पार्किङ् गरेको भन्दै मोटरसाइकलमा काठमाडौं महानगर प्रहरीले लक गरिदियो । जरिवानाको रसिद थमायो । आम नागरिकप्रति राज्य संयन्त्रले गर्ने व्यवहार असहिष्णु बनिरहेका बेला महानगर प्रहरीको व्यवहारप्रति नागरिकमैत्री हुने संभावना नै रहेन् । अहिले यो विषय सिंगो व्यवस्थाप्रति उठिरहेको प्रश्न हो । अहिले सरकारमा जो छ, उसैप्रति प्रश्न उठ्नु स्वभाविकै छ । जसले हिजो सरकारप्रति प्रश्न गरेर जनमत पाए, उनीहरु प्रश्न सुन्न चाहँदैनन् । प्रश्न गर्नेहरुलाई गालीगलौज हुन्छ । प्रहरी लगाएर पक्राउ गरिन्छ । संसदमा थर्काइन्छ । सामाजिक सञ्जालमा अराजक र उत्तेजना फैलाउने स्टाटस लेख्नु र जवाफदेही ढंगले सरकार सञ्चालन गरेर समाजमा आशा जगाउनु फरक कुरा हो ।


    यहाँ गणेश नेपालीको मृत्यु एउटा सामान्य विषय होइन्, नेपाली समाजमा आक्रोशको आगो कसरी तीव्र ढंगले बढिरहेको छ भन्ने एउटा उदाहरण हो । गणेशको आत्मदाह प्रयास लगत्तै सर्लाहीका विवेक मण्डल र काठमाडौंमा अश्विन राउतले आत्मदाह प्रयास गरे । काठमाडौंका अश्विनको निधन भइसकेको छ भने विवेकको अवस्था गम्भीर छ । सरकार जवाफदेही र जिम्मेवार बन्नका लागि यी घटना काफी छन्, तर जवाफदेही बन्ने छाँटकाँट देखिंदैन । सुकुम्वासीप्रति भएको अमानवीय व्यवहारले सरकार निरंकुश बन्दै गरेको र नागरिकका आधारभूत समस्याप्रति बेवास्ता गरेको प्रष्ट देखिन्छ । निर्मम आत्मसमीक्षा गरौं, चर्को निराशाबाट समाजलाई बाहिर निकालौं । अरु गणेश नेपालीहरुले आत्मदाह गर्ने अवस्थाको अन्त्य होस् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij