२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कीर्तिपुर होल्डिङ सेन्टरका सुकुमवासीलाई खरिपाटी लगियो, पत्रकारलाई प्रवेशमा रोक

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • काठमाडौं । अविरल वर्षापछि डुबानमा परेका कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरका सुकुमवासीलाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा लगिएको छ ।

    कीर्तिपुरबाट ३१ परिवारका ८९ जनालाई खरिपाटी लगिएको हो । हिजो ९शनिबार० र आज ९आइतबार० बिहान गरेर सो संख्यामा सुकुमवासीहरू खरिपाटी लगिएको हो ।

    केहीलाई भने भक्तपुरकै बोडेमा स्थानान्तरण गरिएको छ ।

    सरकारले थापाथली लगायतका बागमती नदी किनारबाट सुकुमवासी बस्ती हटाएको थियो । यद्यपि उनीहरूको व्यवस्थापन भने अझै हुन सकेको छैन ।
    यसैबीच भक्तपुरको खरिपाटीस्थित सुकुमवासीहरू राखिएको होल्डिङ सेन्टरमा सञ्चारकर्मीहरूलाई प्रवेशमा रोक लगाइएको छ ।

    ‘माथिबाट अनुमति ल्याउनुस्’ भन्दै रिपोर्टिङमा पुगेका सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको हो । आजै गृहमन्त्री सुधन गुरुङ सहितको सरकारी टोलीले खरिपाटीको होल्डिङ सेन्टरमा निरीक्षण गरेका थिए ।

    मन्त्रालय वा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को अनुमति लिएर मात्रै होल्डिङ सेन्टरमा प्रवेश गर्न पाइने रिपोर्टिङमा पुगेका सञ्चारकर्मीलाई बताइएको छ ।

    काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि अहिले सुकुमवासीहरूलाई खरिपाटी लगिएको छ ।

    खरिपाटी लगेपछिको अवस्था बुझ्न पुगेका सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij