परासी । पोखरापाली–पण्डितपुर सडकमा सामान्य वर्षा हुन साथ पानी जाम्ने गरेको छ । पश्चिम नवलपरासीको पण्डितपुर पर्यटकीय क्षेत्र जोड्ने सडक सामान्य वर्षा हुँदा पानी जामेको हो । करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको सडक बालुवामा पानी हाले जस्तो भएको स्थानीयहरूले बताएका छन । उनीहरू पोखरापाली–पण्डितपुर पर्यटकीय क्षेत्र जोड्ने सडक वर्षा हुन साथ पानी जम्नुमा ठेकेदारको चरम लपार्बाही देखिएको छ ।
वर्षा हुन साथ पानी जम्ने ठेकेदार कम्पनीले गुणस्तरीय काम नगरेको र पिच सडक उकिने खतरा बढको स्थानीय भुवाल गुप्ताले बताए ।
नवनिर्मित सडक कि कृत्रिम पोखरी भएको गुप्ताले बताए । उनले उचित निकासको व्यवस्था नहुँदा सडक नै पोखरीमा परिणत भएको भन्दै स्थानीयले निर्माण कम्पनी र सम्बन्धित निकायको लापर्बाहीप्रति तीव्र असन्तुष्टि पोखेका छन् । पोखरापाली–पण्डितपुर सडकमा सामान्य वर्षा हुनासाथ पानी जम्न थालेपछि निर्माण गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ ।
उचित निकासको व्यवस्था नहुँदा सडक नै पोखरीमा परिणत भएको भन्दै स्थानीयले निर्माण कम्पनी र सम्बन्धित निकायको लापर्बाहीप्रति तीव्र असन्तुष्टि जनाएका छन् । उनीहरूले रामग्राम नगरपालिकामा पटक–पटक जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् । यस विषयमा रामग्राम नगरपालिका बेखबर रहेको स्थानीयले जनाएका छन् ।
करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको पोखरापाली–पण्डितपुर पर्यटकीय क्षेत्र सडकमा गुणस्तरीयतामाथि प्रश्न चिन्ह खडा भएको छ । अशिस आर्शिवाद जेभि त्रियोगि काठमाडौंले ४१ करोड ८६ लाख २१ हजार ठेक्का लिई निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।




