२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अविरल वर्षा र बाढी पहिरोले देशका विभिन्न राजमार्गमा यातायात अवरुद्ध

अविरल वर्षा र बाढी पहिरोले देशका विभिन्न राजमार्गमा यातायात अवरुद्ध

अविरल वर्षा र बाढी पहिरोले देशका विभिन्न राजमार्गमा यातायात अवरुद्ध

अविरल वर्षा र बाढी पहिरोले देशका विभिन्न राजमार्गमा यातायात अवरुद्ध

अविरल वर्षा र बाढी पहिरोले देशका विभिन्न राजमार्गमा यातायात अवरुद्ध
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २९ २०८३
सोमवार, आषाढ २९ २०८३
  •  बुटवल । अविरल वर्षापछि देशका प्रमुख र सहायक राजमार्गमा यातायात अवरुद्ध भएका छन् ।


    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण यातायात सञ्चालनमा समस्या भएको छ ।

    कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्गमा सडकमा यातायात एकतर्फी सञ्चालनमा छ ।

    इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग असार २३ गतेदेखि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध छ।

    बागमती प्रदेशमा काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने बिपी राजमार्गमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

    मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित कान्तिलोकपथ ललितपुरदेखि हेटौँडा असार २७ गतेदेखि र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग असार २९ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ ।

    गण्डकी प्रदेशको कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा ताङतिङ सडक खण्ड असार २७ गते खसेको पहिरोका कारण पूर्ण रूपमा बन्द छ।

    लुम्बिनी प्रदेशका विभिन्न चार जिल्लामा पहिरोले सडक अवरोध पुर्‍याएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङस्थित घोराही–रुकुम शहीद मार्ग र अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलास्थित सालझन्डी ढोरपाटन सडक खण्ड असार २८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छन् ।

    गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेस्थित मदन भण्डारी राजमार्ग असार २९ गतेदेखि पूर्ण रूपमा बन्द भएको छ।

    पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्गमा यातायात एकतर्फी सञ्चालनमा छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij