२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सैनामैना प्रेस क्लब र साइकल साथीबिच सहकार्य सम्झौता

सैनामैना प्रेस क्लब र साइकल साथीबिच सहकार्य सम्झौता

सैनामैना प्रेस क्लब र साइकल साथीबिच सहकार्य सम्झौता

सैनामैना प्रेस क्लब र साइकल साथीबिच सहकार्य सम्झौता

सैनामैना प्रेस क्लब र साइकल साथीबिच सहकार्य सम्झौता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २९ २०८३
सोमवार, आषाढ २९ २०८३
  • सैनामैना । सैनामैना प्रेस क्लब र साइकल साथी सैनामैनाबिच विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्ने उद्देश्यले आइतबार एक  कार्यक्रमको आयोजना गरि  सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
    सैनामैना प्रेस क्लबका अध्यक्ष दिपक न्यौपाने र साइकल साथी सैनामैनाका अध्यक्ष  गगन रानाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।


    सैनामैनामा आउँदो साउन १ र २ गते बृहत् रुपमा कोरा साइकल हुँदैछ । साउन १ गते कोरा साइकल रेस र सैनामैना २ हिलपार्कमा डष्टबिन स्थापना गर्ने कार्यक्रम रहेको छ भने २ गते बृहत् रुपमा साइकल कोरा हुँदैछ जसका निमित्त नाम दर्ता खुल्ला गरिएको छ ।

     
    सैनामैना ४ मुर्गिया लुम्बिनी गेटबाट सुरु भइ  रिङ रोड परिक्रमा गर्ने कोरा साइकल करिब ५५ किलोमिटर यात्रा गर्नेछ । समापन समेत मुर्गिया दुर्गा मन्दिर आइ समापन गरिनेछ र समापन कार्यक्रममा साङ्गितिक कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ । 
    सहकार्य सम्झौता कार्यक्रममा बोल्दै  साइकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले साइकल साथीले  बिगत देखिनै  सैनामैनाको चिनारीलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम गरि आएको भए पनि आम जनमानसमा कामहरु पुग्न नसकेको बताउँदै अब भने सैनामैना प्रेस क्लबसँगको सहकार्यमा सैनामैनालाई देशभर फरक पहिचानका साथ स्थापित गरिने बताए । 


    यस्तै सैनामैना प्रेस क्लबका अध्यक्ष दिपक न्यौपानेले साइकल साथीसँग अबका दिनमा समाचारसँगै सामाजिक गतिविधिहरुमा पनि सहकार्य गरिने जनाए । सम्झौतासँगै दुवै संस्थाले आगामी दिनमा कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रम साइकल साथी सैनामैनाका सचिव भुवन रावलको सञ्चालनमा सम्पन्न भएको हो ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij