२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रदेशसभालाई बिजनेश देऊ

प्रदेशसभालाई बिजनेश देऊ

प्रदेशसभालाई बिजनेश देऊ

प्रदेशसभालाई बिजनेश देऊ

प्रदेशसभालाई बिजनेश देऊ
शुक्रवार, श्रावण ११ २०८१
शुक्रवार, श्रावण ११ २०८१
  • प्रदेशसभाको काम कानुन बनाउने हो । प्रदेश सरकारलाई चाहिने आवश्यक कानुन बनाउने थलो प्रदेशसभाको काम निष्प्रभावी  भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको दुई वर्ष चल्दै गर्दा लुम्बिनी प्रदेशसभाले चार विधेयक पारित ग¥यो । असार १ गतेसम्म प्रदेशसभाका ५१ बैठक बसे । प्रदेशसभाका यी बैठक विधेयकमाथिको छलफलभन्दा अरु विषयमा केन्द्रीत भइ कानुन निर्माणलाई बेवास्ता गरेका छन् ।


    प्रदेश सरकार आफू हिंड्ने बाटो आफैँ निर्माण गर्दै अघि बढेको हो । २०७४ सालमा प्रदेश सरकार गठन हुँदा कुनै कानुन बनेका थिएनन् । संघीय सरकारले बनाइदिनुपर्ने कतिपय कानुन नबनाइदिँदा प्रदेश सरकारले शून्यबाट काम थालेको थियो । शून्यबाट काम थालेको प्रदेश सरकारले पहिलो कार्यकालमा ७२ वटा कानुन बनाएको थियो । कानुन निर्माणका दृष्टिले हेर्दा पहिलो कार्यकाललाई सन्तोषजनक मान्नुपर्छ । प्रदेशसभाले कानुन बनाउने कामका लागि सरकारले ‘बिजनेश’ दिनुपर्छ । सरकारले बनाउनुपर्ने कानुनको लागि विधेयक तयार गरी प्रदेशसभामा टेबुल गर्नुपर्छ । पहिले सरकारले आवश्यक कानुनको सूची तयार गर्ने, ती आवश्यक कानुनको मस्यौदा विधेयक तयार गर्ने, त्यसपछि मन्त्रिपरिषद्बाट विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय गर्छ ।

    प्रदेशसभामा विधेयक दर्ता भएपछि विषयगत समितिमा छलफल हुन्छ । विषयगत समितिबाट विधेयक टुंगो लागेपछि प्रदेशसभामा छलफलका लागि पेश हुन्छ । त्यसपछि सभामुखले निर्णयार्थ पेश गर्दछन् । प्रदेशसभाले पारित गरेको विधेयक प्रदेश प्रमुखले प्रमाणित गर्छन् । प्रमाणित कानुन राजपत्रमा सूचना निस्केपछि कार्यान्वयनमा जान्छ । कानुन निर्माणको यो प्रक्रियामा प्रदेशसभा र सरोकारवाला निकाय व्यस्त हुनुपर्ने हो, किनभने प्रदेश सरकारलाई गतिशिल बनाउन विभिन्न कानुन बनाउनुपर्ने छ । प्रदेशसभाले कानुन बनाउन नसक्नु उसको मात्रै कमजोरी होइन्, मूलतः प्रदेश सरकारको कमजोरी हो । 
    प्रदेशको एकल सूचीमा रहेको कानुन बनाउन पनि कतिपय संघीय कानुन नबन्दा समस्या भएको छ । कतिपय बनिसकेका कानुन पनि कार्यान्वयन हुन सकेको छैन् । प्रदेश प्रहरीसम्बन्धी ऐन बनेको छ, तर संघीय प्रहरी ऐन नबन्दा कार्यान्वयन हुन सकेको छैन । प्रदेश निजामति ऐन बनेको एक वर्ष भइसक्यो तर संघीय निजामती ऐन नबन्दा कार्यान्वयन हुन सकेको छैन । संघीय ऐन नबन्दा प्रदेश सरकारलाई कानुन बनाउन र कार्यान्वयन गर्न बाधा पुगेको छ ।


    नेपालको संघीयता तीन तहको छ । तहगत सरकारबीच सहकार्य र सहकारी संघीयतामा जोड दिइएको छ । तहगत सरकारबीचको सहकार्यबाट नै यो प्रणाली संस्थागत हुने हो । स्थानीय तह र संघबीच पूलको काम गर्दै प्रादेशिक विकासको मोडल तयार गर्ने काम प्रदेशले गर्ने हो । प्रदेश संघीय शासन प्रणालीको मेरुदण्ड हो । प्रदेश सरकारलाई चलायमान बनाउन सक्दा मात्रै संघीय शासन प्रणालीको औचित्य पुष्टि हुन्छ । प्रदेश र संघमा नयाँ सरकार आएकाले समन्वय गरी कानुन निर्माणलाई प्राथमिकता दिनुपर्छ, जसले संघीयताप्रति नागरिकको सकारात्मक धारणा बन्न सकोस् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij