२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

छाडा चौपायाको  : व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढ्दो

छाडा चौपायाको  : व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढ्दो

छाडा चौपायाको  : व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढ्दो

छाडा चौपायाको  : व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढ्दो

छाडा चौपायाको  : व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढ्दो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
सोमवार, आषाढ २९ २०८३
सोमवार, आषाढ २९ २०८३
  • परासी । पश्चिम नवलपरासीको सदरमुका परासी बजार क्षेत्रमा छाडा चौपायाको उचित व्यवस्थापन हुन नसक्दा सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ। मुख्य सडकमै गाई–गोरुका बथान निस्किएर घुम्ने तथा सडकको बीचमै बस्ने गरेकाले सवारी चालक र पैदलयात्री दुवै समस्यामा परेका छन्।

    विशेषगरी बिहान र साँझको व्यस्त समयमा सडकमा छाडा चौपाया देखिने क्रम बढेको स्थानीयवासी बताउँछन्। अचानक सडकमा चौपाया आएपछि मोटरसाइकल तथा अन्य सवारी साधनले ब्रेक लगाउनुपर्ने अवस्था सिर्जना हुने गरेको छ, जसले दुर्घटनाको सम्भावना बढाएको छ।


    यसले सवारी साधनको आवागमनमा अवरोध सिर्जना गर्नुका साथै जुनसुकै बेला दुर्घटना हुन सक्ने अवस्था देखिएको छ। बिहान पख स्कुलको बिद्यार्थीहरू स्कुल जाने बेला बिच सडकमा छाडाचौपया गाईबस्तुले दुर्घटना निमत्याउने र जोखिम बढेको छ ।

    विशेषगरी बिहान, बेलुका र वर्षायाममा सडक चिप्लो हुने भएकाले जोखिम अझ बढ्ने स्थानीयको भनाइ छ।


    स्थानीयले सम्बन्धित स्थानीय तह र सरोकारवाला निकायलाई छाडा चौपायाको दीर्घकालीन व्यवस्थापन गर्न, गौशाला सञ्चालनलाई प्रभावकारी बनाउन तथा सडकमा छाडा पशु छाड्ने प्रवृत्तिलाई नियन्त्रण गर्न माग गरेका छन्।


    समयमै प्रभावकारी व्यवस्थापन हुन नसके मानव जीवनसँगै चौपायाको सुरक्षासमेत जोखिममा पर्ने भएकाले सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने स्थानीयको भनाइ छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij