२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रेस स्वतन्त्रा विरोधी गतिविधि रोक

प्रेस स्वतन्त्रा विरोधी गतिविधि रोक

प्रेस स्वतन्त्रा विरोधी गतिविधि रोक

प्रेस स्वतन्त्रा विरोधी गतिविधि रोक

प्रेस स्वतन्त्रा विरोधी गतिविधि रोक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • लोकतन्त्रमा प्रेस स्वतन्त्र हुन्छ । प्रेस स्वतन्त्रताविना लोकतन्त्रको कल्पना गर्न सकिंदैन । सोमबार बिहानै केही सञ्चार गृहको मुलद्वार अघि शंकास्पद गाडी पार्किङ् गरी आवतजावत अवरोध गरेर प्रेसलाई आतंकित बनाउन खोजिएको छ । काठमाडौंमा कान्तिपुर दैनिक, हिमालय टेलिभिजन र अनलाइन खबरको कार्यालयको मुलढोका अघि गाडी पार्किङ् गरियो, यसले सञ्चारगृहमा कार्यरत पत्रकारलगायत कर्मचारीका गाडी आवतजावत बन्द भयो । यसले  प्रेसलाई स्वतन्त्रतापूर्वक काम गर्न अवरोध भयो । सञ्चारगृहमाथि मनोवैज्ञानिक दबाबमा राख्न गरिएको  हर्कत निन्दनीय छ ।


    प्रेसले स्वतन्तापूर्वक काम गर्न पाउँदा लोकतान्त्रिक प्रणाली संस्थागत र तन्दुरुस्त हुन्छ । जब प्रेसमाथि दबाब श्रृजना गर्न खोजिन्छ, लोकतान्त्रिक प्रणाली संस्थागतमा बाधा उत्पन्न हुन्छ । अहिले भइरहेका क्रियाकलापले प्रेसलाई नियन्त्रण गर्न खोजिएको छ । सरकारका गतिविधिले प्रेसलाई नियन्त्रण गर्न खोजिएको संकेत मिलेको छ । स्वतन्त्र सञ्चारगृहमाथि लगाइएको आर्थिक नाकाबन्दीले त्यसैको एउटा उदाहरण हो । सोमबार सञ्चारगृहको कार्यालय अघि शंकास्पद गाडी पार्किङ् हुँदा प्रहरीले हटाउन बेवास्ता गर्नुले पनि सरकारका गतिविधि प्रेस स्वतन्त्रता मैत्री छैनन् । अझ गाडी पार्किङ् गर्नेहरु नै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता भएको खुल्न थालेको छ । कान्तिपुरको कार्यालयअघि गाडी पार्किङ् गर्ने रौतहटका रास्वपा नेता रवि जयसवालको भएको खुलेको छ । रविलाई गत जेठमा महामन्त्री भुपदेव शाहले अनुसन्धान विभागको सदस्यमा मनोनित गरेका थिए । अरु कार्यालयमा पार्किङ् भएका गाडीधनीको पनि पहिचान खुल्दै जाला । सुकुम्वासीप्रति सरकारले गरेको अमानवीय व्यवहार र गणेश नेपालीको आत्मदाहमा भएको मिडिया टिप्पणीलाई लिएर विरोध स्वरुप पार्किङ् भएको हुनसक्छ । लोकतन्त्रमा मिडिया सधँै प्रतिपक्ष हुन्छ । मिडियाको काम खबरदारी गर्ने हो, त्यो खबरदारीलाई पचाउन नसक्नेले मिडियालाई मनोवैज्ञानिक दबाबमा राख्नखोज्नु निन्दनीय छ । सरकारले नै त्यस्तो समूह खडा गरी काम गरेको भए अझ चिन्ताको विषय हो । यद्यपी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले यस्तो गतिविधिको निन्दा गर्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।


    अब सरकारले यस्ता अराजक गतिविधि गर्नेलाई कानुनअनुसार कारबाही गरी यी घटनामा आफ्नो संलग्नता छैन भन्ने पुष्टि गर्नुपर्छ । सरकारले कानुनी कारबाही गर्न बेवास्ता गरे सरकारको संलग्नता पुष्टि हुनेछ । प्रेस स्वतन्त्रता विरोधी  यस्ता क्रियाकलाप रोक्ने काम सरकारको हो, सरकारले यस्ता क्रियाकलाप रोक्न बेवास्ता गर्दा अन्ततः सरकारको भूमिकामाथि प्रश्न उठ्ने छ । त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति निकालेर औपचारिकता दिएर मात्रै हुन्न । यस्ता क्रियाकलापको जिम्मा लिंदै रोक्न सरकारलाई निर्देशन र घटनाप्रति क्षमा माग्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij