२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

८ पटक गर्भ जाँच गर्नेलाई घरमै झुल उपहार

८ पटक गर्भ जाँच गर्नेलाई घरमै झुल उपहार

८ पटक गर्भ जाँच गर्नेलाई घरमै झुल उपहार

८ पटक गर्भ जाँच गर्नेलाई घरमै झुल उपहार

८ पटक गर्भ जाँच गर्नेलाई घरमै झुल उपहार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • कञ्चनमा उपाध्यक्षसँग गर्भवती भेट : 
    जगिलाल थापा
    कञ्चन
    रुपन्देहीको कञ्चन गाउँपालिकाले स्थानीय सरकार र नागरिकबिचको सामिप्यता बढाउने तथा मातृ एवं शिशु स्वास्थ्यमा सुधार ल्याउन उपाध्यक्षसँग गर्भवती भेट कार्यक्रम सञ्चालन गरेको छ । चालु आर्थिक बर्ष २०८२÷०८३को वार्षिक नीति तथा कार्यक्रम बमोजिम पालिकाको विकास योजनाअन्तर्गत कञ्चनले आफ्नो पालिकाभित्र रहेका गर्भवती महिलाहरुका लागि उपाध्यक्षसंग गर्भवती भेट कार्यक्रमको रुपमा झुल वितरण गर्दै आइरहेको छ । यस कार्यक्रमलाई पालिकाको एउटा उत्कृष्ट र उदाहरणीय नवप्रवर्तनकारी कार्यक्रमको रुपमा कञ्चनले लिएको छ ।


    यसभन्दा अघिका आर्थिक वर्षदेखि सुत्केरीसंग उपाध्यक्ष कार्यक्रमको सकारात्मक र सफल कार्यक्रम पछि चालु आ.व. देखि प्रारम्भ गरिएको यस कार्यक्रमले ग्रामीण र विपन्न वर्गका गर्भवती महिलाहरूलाई स्वास्थ्य सेवाको दायरामा ल्याउन यसको महत्वपूर्ण भूमिका खेल्न सक्दछ । साथै यस र्काक्रमले गर्भअवस्थामा अपनाउनुपर्ने सावधानी, पोषण र नियमित स्वास्थ्य जाँचबारे सचेतना फैलाउन यो कार्यक्रम महत्त्वपूर्ण बन्ने अपेक्षा समेत गर्न सकिन्छ। जसका कारण नागरिकले आफ्नो सुख–दुःखमा स्थानीय सरकार साथमा छ भन्ने कुराको प्रत्यक्ष अनुभूति गराउँन सक्दछ ।


    “उपाध्यक्षसँग गर्भवती भेट कार्यक्रम“ अन्तर्गत कञ्चनले गर्भवती महिलाहरूलाई झुल वितरण गर्ने कार्य स्वास्थ्य सुरक्षाका दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण र व्यावहारिक मानिन्छ । विशेष गरी रूपन्देहीको कञ्चन गाउँपालिका जस्ता तराईका क्षेत्रहरूमा लामखुट्टेको टोकाइबाट लाग्ने रोगहरूको जोखिम उच्च हुने भएकाले यस कार्यक्रममा झुल वितरणलाई प्राथमिकता दिइएको हो ।
    तराई र प्रकृतिका हिसाबले गर्मी एवं ओसिलो ठाउँहरूमा औलो, डेंगु र जापानिज इन्सेफलाइटिस जस्ता घातक रोगहरूको प्रकोप बढी हुन्छ । गर्भवती महिलाहरूलाई यी रोगहरूबाट जोगाउन झुलको प्रयोग अनिवार्य छ । फेरि गर्भावस्थामा डेंगु वा मलेरिया जस्ता रोग लागेमा कडा औषधीहरू सेवन गर्न मिल्दैन, जसले गर्दा उपचार जटिल हुन्छ । त्यसैले, गर्भवती महिलाहरुका लागि रोग लाग्नै नदिनु  नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । उपाध्यक्षसंग गर्भवती भेट कार्यक्रमले बजारमा राम्रो गुणस्तरको झुल किन्न नसक्ने वा हेलचेक्य्राईँ गर्ने ग्रामीण एवं विपन्न परिवारका लागि सरकारी स्तरबाटै झुल उपलब्ध गराउनु निकै महत्त्वपूर्ण कदमको रुपमा लिइएको छ ।


    झुलको प्रयोगले गर्भवती आमा मात्र होइन, पेटमा हुर्किरहेको शिशु र जन्मिएपछि नवजात शिशु समेत लामखुट्टे तथा अन्य कीराहरूको टोकाइबाट सुरक्षित रहन्छन् । यसैगरी मलेरियाको परजीवीले आमाको रगतमा आक्रमण गर्दा गर्भपतन हुने वा समय नपुगी बच्चा जन्मिने जोखिम हुने भएकोले पनि झुलले यो जोखिमलाई सीधा न्यूनीकरण गर्ने माध्यमको रुपमा कञ्चनले सामाजिक उत्तरदायितव सहित यस कार्यक्रमलाई अगाडी सारेको हो ।


    गर्भावस्थामा शारीरिक आराम र पर्याप्त निन्द्रा निकै आवश्यक हुन्छ । झुलको प्रयोगले लामखुट्टेको अवरोधबिना महिलाहरूले आरामदायी र सुरक्षित निन्द्रा पाउँछन्, जसले मानसिक र शारीरिक स्वास्थ्य राम्रो बनाउने भएकोले पनि कञ्चनले निकै दूरदृष्टिका साथ अविछिन्न कार्यक्रमको रुपमा ग्रहण गरेको हो ।


    कञ्चनले उपाध्यक्षसंग गर्भवती भेट कार्यक्रम अन्तर्गत वितरण गर्ने झुल प्र्राप्त गर्न गर्भवती आमाले नजिकको स्वास्थ्य केन्द्रहरुमा गर्भ परिक्षण गराएको हुनुपर्छ । आफ्नो स्थानीय तहभित्र रहेका स्वास्थ्य केन्द्रहरुमा ८ पटक आफ्नो र आफ्नो बच्चाको स्वास्थ्य जाँच गराएका गर्भवती महिलाहरुका लागि झुल जस्तो अत्यावश्यक सामग्री उपलब्ध गराउनाले गर्भवती महिला र शिसुको स्वास्थ्यमा सुधार हुनुको साथै समाजमा समेत सकारात्मक सन्देश जान्छ । अझ उक्त झुल गर्भवती महिलाहरुको घरमै पुगेर दिँदा गर्भवती महिलाहरूमा सुरक्षित र सम्मानित भएको महसुस गर्न पाउँछन् ।


    गर्भवती महिलाको घरमै पुगेर जनप्रतिनिधि र स्वास्थ्यकर्मी आफैँले झुल वितरण गर्दै यसको प्रयोगबारे बुझाउँदा महिलाहरूमा दिउँसो वा राति सुत्दा अनिवार्य रूपमा झुल टाँगेर सुत्ने बानीको विकास हुनमा झन प्रभावकारी बन्नसक्छ ।


    अझ भन्ने हो भने आर्थिक अभाव तथा विपन्नताका कारण स्वास्थ्य उपचार र सानातिना सामग्री खरिद गर्नमा समस्या झेलिरहेका गर्भवती महिलाहरुका लागि यो कार्यक्रम वरदान सावित बन्ने देखिन्छ ।


    उपाध्यक्षसंग गर्भवती भेट कार्यक्रमले महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति अझ बढी जिम्मेवार र सचेत बनाउन मद्दत पु¥याउने कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले विश्वास गरेकी छिन् । साथै उनीहरूले आफूलाई समाज र राज्यले महत्व दिएको महसुस गरी उनीहरूको मानसिक आत्मबल बढाउनमा यो कार्यक्रम लक्षित हुने उपाध्यक्ष थापा मगरको दाबी छ । विशेषगरी यो कार्यक्रममा उपाध्यक्ष आफैँ संलग्न हुँदा गर्भवती महिलाहरू नियमित रूपमा (कम्तीमा ४ वा ८ पटक) गर्भ जाँच गराउन स्वास्थ्य संस्था जान प्रेरित हुन्छन् । यस्तै स्वास्थ्य जाँच, परामर्श र उपहार सामग्रीले गर्दा विपन्न परिवारलाई आर्थिक रूपमा केही राहत मिल्छ ।


    यो कार्यक्रम कुनै औपचारिक र प्रचार मात्र होइन समयमै जोखिम पहिचान र उपचार हुने हुनाले दीर्घकालमा मातृ तथा नवजात शिशु मृत्युदर शून्यमा झार्न मद्दत पुग्छ । गर्भदेखि राम्रो पोषण र हेरचाह पाउँदा भविष्यमा मुलुकले स्वस्थ र सक्षम जनशक्ति प्राप्त गर्नमा महत्वपूर्ण भूमिका खेल्दछ । यसैगरी यस कार्यक्रमले स्थानीय स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह र विश्वसनीयतामा दीर्घकालीन सुधार ल्याउनमा निकै ठूलो भूमिका खेल्न सक्दछ ।


    स्वास्थ्यकर्मी र जनप्रतिनिधिको निरन्तर अग्रसरताले गर्दा घरमा हुने जोखिमपूर्ण सुत्केरी शून्य भई शतप्रतिशत संस्थागत सुत्केरी (अस्पताल वा बर्थिङ सेन्टरमा) हुन थाल्छ । जसका कारण उच्च रक्तचाप, रक्तअल्पता जस्ता समस्या बेलैमा पत्ता लगाई प्रसूति सम्बन्धी जटिलताबाट समेत जोगाउँछ ।


    सिंहदरबारको अधिकार गाउँ–गाउँमा भनिए झैँ, नेतृत्व वर्ग आफैँ जनताको घरदैलोमा पुग्दा नागरिक र जनप्रतिनिधि बीचको दूरी घट्छ।नागरिकहरूमा स्थानीय सरकारप्रति भरोसा, आदर र अपनत्वको भावना सुदृढ हुन्छ, जसले स्थानीय शासनलाई अझ बलियो बनाउँछ ।


    स्वास्थ्य नागरिकको मौलिक हक हो र यसको संरक्षण गर्नु स्थानीय सरकारको प्राथमिक दायित्व हो भन्ने सन्देश दिन्छ । यस्तै समाजका सीमान्तकृत र पछाडि पारिएका वर्गलाई पनि राज्यले उत्तिकै प्राथमिकता दिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्छ । ‘सुरक्षित मातृत्व, हाम्रो प्रतिबद्धता’ भन्ने कञ्चनको नारालाई व्यवहारमा उतार्न समेत यो कार्यक्रम उत्तम माध्यमको रुपमा लिन सकिन्छ ।
    ठूला र खर्चिला पूर्वाधारमा मात्र बजेट खन्याउनु भन्दा यस्ता मानवीय र सामाजिक विकासका ुसफ्टवेयरु कार्यक्रममा लगानी गर्नु बढी फलदायी हुन्छ । कञ्चन गाउँपालिकाले जस्तै सीमित स्रोतसाधनमा पनि कसरी प्रभावकारी र जनमुखी कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने कुरा अन्य पालिकाले सिक्न सक्छन् ।


    प्रत्येक गर्भवती महिलाको विवरण, स्वास्थ्य अवस्था र डेलिभरीको सम्भावित मिति ट्र्याक गर्न डिजिटल एप्लिकेसन वा सफ्टवेयरको प्रयोग गर्ने। कार्यक्रमलाई पटके (तदर्थ) नबनाई वार्षिक बजेट र नीति तथा कार्यक्रममै स्थायी रूपमा समेट्दै जानु पर्दछ । अति विपन्न, दलित र पिछडिएका चेपाङरमुसहर वा अन्य सीमान्तकृत समुदायका गर्भवतीलाई थप विशेष प्याकेजको व्यवस्था गर्न सके यस कार्यक्रमको प्रभावकारिता र अपनत्व जनस्तरसम्म पुग्न सक्दछ ।


    यो कार्यक्रम सफल पार्न उपाध्यक्ष एक्लै नभई स्वास्थ्य शाखा, सम्बन्धि वडाका स्वास्थ्य केन्द्र, स्वास्थ्यकर्मी, वडा अध्यक्ष र जनप्रतिनीधिहरू, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय आमा समूहको एकीकृत परिचालन गर्न सके कार्यक्रमको प्रभावकारिता महत्व बढ्दै जान सक्छ । यसैगरी वितरण गरिएका सामग्री वा परामर्शको प्रभावकारिता कस्तो रह्यो भनी वडास्तरमा नियमित अनुगमन संयन्त्र बनाउनु पर्छ ।


    पहुँच भएकाहरूले मात्र नभई वास्तविक रूपमा विपन्न र दूरदराजका महिलाहरूले पहिलो प्राथमिकता पाउनुपर्ने सिद्धान्तलाई अवलम्बन गर्न सके कञ्चनको जनमुखी कार्यक्रमको रुपमा रहेको उपाध्यक्षसंग भेट कार्यक्रम दिगो बन्दै जाने छ । यस्तै कञ्चनलयस कार्यक्रमलाई कार्यविधि बनाएर लागु गर्नसकेमा नेतृत्व परिवर्तन भए पनि कार्यक्रम नरोकिने गरी यसलाई संस्थागत गरिनु पर्दछ ।
    तसर्थ, कञ्चनको उपाध्यक्षसँग गर्भवती भेट कार्यक्रममा झुल वितरण गर्नु केवल एउटा सामग्री बाँड्नु मात्र होइन, यो आमा र जन्मिने शिशुको जीवन रक्षा गर्ने, स्वास्थ्य सचेतना जगाउने र सुरक्षित मातृत्व सुनिश्चित गर्ने एक प्रभावकारी माध्यम हो ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij