आदरणीय गगन थापा ।
कतै फ्याट्ट नजर परेछ भने यो छोटो पत्र पढ्नु ।
तपाईं राजनितिक सिप र अनुभवले खारिएको, हिजो पनि र भोलि पनि आशा गरिएको नेता मानिनु हुन्छ । तपाइको बाल्य कालदेखि नै जोखिम मोल्ने अदम्य साहस र क्षमताका कारण कङ्ग्रेस पार्टि तपाइको पोल्टामा आएको छ । आगामी महाधिवेशनबाट सभापति पनि तपाईं नै हो भन्नेमा दुईं मत नहोला ।
४६ साल पछि काङ्रेसले परोक्ष अपरोक्ष नेपालि राजनितिको अगुवाइ गरेको पनि ३५–३६ बर्स भयो । सायद यहा सम्म आइपुग्दा बिपिको बलिदान, नेताहरुको जेलनेल र प्रवासको सावा ब्याज पनि सकिए होला । जेहोस बलिया ३ खम्बे आदर्श हरु राष्ट्रियता, लोकतन्त्र र समाजाबाद त जिबन्त र निर्बिकल्प नै छन् ।
तर जब सम्म यी आदर्शलार्इ ब्याबहारिक प्रयोगमा उतारिदैन यिनको के काम ? अब एउटा गर्विलो इतिहास बोकेको पुरानो लोकतन्त्रको मार्ग देखाउने दल लगभग भारतको काङ्रेस आईं पार्टिको हालतमा तपाइको नेतृत्वमा आइपुगेकोछ । के तपाइलाइ लाग्छ त्यहि पुराना संरचना, कार्यशैलि, बिधि र सोचवाट पार्टिलाइ पुनर्जागृत गर्न सकिन्छ ?
प्रसङग कृयाशिल सदस्य भर्तिको आबेदन खुल्लावाट शुरु गरौं । महामन्त्री प्रदिप पौडेल अनलानवाट कृयाशिल सदस्य बन्ने सरल ३ तरिका सिकाउदै सिकाउदै थिए। उनले भनेको बिधि र भैरहेको प्रगोग बिधि हेर्यो भने जो कोहि पनि कांग्रेसकोे कृयाशिल सदस्य बन्न सक्छ । अब प्रश्न उट्छ
१. कांग्रेसकोे कृयाशिल सदस्य हुने कुनै माप्दन्ड छैन ?
२ कृयाशिलको अर्थ हिजो पर्टिमा योगदान पुर्याएको भन्ने हो कि भोलि पुर्याउन सक्ने भनेको हो ?
३ जो कोहि पनि कृयाशिल बन्न पाउने हो भने यस्को के अर्थ र महत्व के त ?
४ कृयाशिल सदस्य धेरै भएका पार्टिले चुनाव जित्छ भन्ने मनोबिज्ञान हो भने गत चुनावमा देखियो त । औपचारिक रुपमा कार्यकार्ता नै नभाको बालेनले कसरि शानदार बिजय हासिल गरे त ?
५. कांग्रेसले चौथौ महाधिबेशन १९५० वाट यो बिधि अपनाइएको पाइन्छ तर त्यतिबेला निरङ्कुश पन्चायति ब्यवस्था ढाल्न ठुलो संख्यामा कार्यकर्ता चहिन्थ्यो । तर पछि यस्लाइ आसेपासेहरु भर्ने र आन्तरिक चुनाव जित्ने अनि सङगठन कब्जा गर्ने हतियारको रुपमा निरन्तरता दिन थालियो ।
६. उन्नत लोकतन्त्रको बिश्वब्यापि अभ्यास हेर्ने हो भने पनि लोकतान्त्रिक दलहरु मासमा आधारित हुन्छन । जस्को अर्थ जनतामुखि बन्नु हो ।
७. कम्युनिष्ट लगायत एकदलिय तानाशाही ब्यबस्था चलाउनेहरु कार्यकर्तामा आधारित बिधि अपनाउछन ताकि कार्यकर्ताको बलमा चुनाव जित्न र सत्ता कब्जा गरिराख्न सकियोस ।
८. यसर्थ कार्यकर्तामा आधारित पार्टी हुनु भनेको कार्यकर्तामुखि भै जनमुखि नहुनु हो जस्को नतिजा गत चुनावको जस्तै हुन्छ ।
९. यो बिधिले योग्य मानिसहरुलाइ नेतृत्वमा आउन र नेतृत्वलाइ जनमुखि हुनवाट रोक्ने मात्रै होइन दल भित्र उमेरका नाममा नया प्रतिभाहरुलाइ प्रबेश निशेध गर्छ ।
१०. यसर्थ गगनले कांग्रेसलाइ रुपान्तरण गर्ने हो भने
➡️ पहिलो कांग्रेसलाइ कार्यकर्ता वाट नागरिकमा आधारित पार्टी बन्नाउनु पर्छ ।
➡️ दोस्रो गत जेन्जि बिद्रोह, बिश्वब्यापि रुपमा भैरहेको राजनितिक तथा आर्थिक रुपन्तरण र नेपालि हरुको बास्तबिक अबस्थाको बिश्लेसण गर्दै समाजबादलाइ पुनः परिभाषित गरी जनताका आधारभुत अधिकारहरु जस्तै शिक्षा, स्वास्थ्य , बाल तथा बृद्ध जिवन र रोजगारि सुनिश्चिततमा आधारित बनाउनु पर्ने हुन्छ ।
➡️ अन्यथा ३५ बर्सको शासनकालको रिस पोखाइको जगमा उभिएको घण्टी सरकार चैट भए हाम्रो पालो आउंछ कि भन्दै कुर्ने तर त्यसो भएछ भने पनि अर्को नया शक्तिको उदय भएमा आश्चर्य मान्नु पर्दैन ।
(लेखक भक्त खड्का लोकतन्त्रवादी स्वतन्त्र नागरिक अभियान्ता, पुर्व बैंकर हुन् । )




