२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संवैधानिक मर्म अनुसार बजेट ल्याऊ

संवैधानिक मर्म अनुसार बजेट ल्याऊ

संवैधानिक मर्म अनुसार बजेट ल्याऊ

संवैधानिक मर्म अनुसार बजेट ल्याऊ

संवैधानिक मर्म अनुसार बजेट ल्याऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ ७ २०८१
सोमवार, जेठ ७ २०८१
  • तहगत सरकार अहिले बजेट निर्माणमा केन्द्रीत भएका छन् । संघीय सरकारले यही जेठ १५ गते बजेट ल्याउँदैछ । प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १० गते बजेट ल्याउँदैछन् । तहगत सरकार बजेट निर्माणको चटारोमा लागेको बेला प्रदेश र संघीय सरकारको मुकाममा बजेट माग्नेको भीड लाग्न थालेको छ । बजेट निर्माणमा सक्रिय हुनुपर्ने अर्थमन्त्री बजेट माग्नेको लस्करसँग कुराकानी गर्दै समय बितेको छ । मुलुक संघीय शासन प्रणालीमा गएपनि हाम्रो मानसिकता नबदलिदाँ अझै पनि बजेटका लागि केन्द्रकै मुख ताक्ने र बजेट बनाउने बेला मन्त्रालय चहार्ने प्रवृति मौलाएको छ । यो प्रवृति शासन प्रणालीकै लागि मजाक हो ।
    तहगत सरकारका जिम्मेवारी, सीमा र उत्तरदायित्व संविधानले प्रष्ट पारेको छ । संवैधानिक प्रबन्ध अनुसार स्थानीय तह सेवा प्रवाहको केन्द्र हो । प्रदेश सरकार मझौला विकास आयोजनाको जिम्मेवारी छ । संघीय सरकारले ठूला र रणनीतिक विकास आयोजना अघि बढाउने जिम्मेवारी छ । संवैधानिक प्रबन्ध अनुसार तहगत सरकार सञ्चालन हुनुपर्नेमा संघीयताको मर्म विपरित संघीय सरकारले साना स्थानीय तहले विनियोजन गर्नुपर्ने योजनाका लागि बजेट विनियोजन गरेर संघीय शासन प्रणालीको धज्जी उडाएको छ । अझ प्रदेश सरकारहरु मनपरी ढंगले चलेको बारे आलोचना हुँदै आएको छ । स्थानीय तह कतिपय बाहेक आर्थिक अनुशासनमा बाँधिन नसक्दा मनपरी मौलाउँदा अराजकता श्रृजना भएको छ । संघीय सरकारले नै साना  र टुक्रे योजनामा चासो राखेर बजेट विनियोजन गर्दै आएकाले गाउँ—गाउँबाट बजेट माग्दै सिंहदरबार पुग्नेको लर्को छ । प्रधानमन्त्री र अर्थमन्त्रीले यो पालीको बजेट संघीयताको मर्म अनुसार आउने बताइरहेका छन् । कर्मचारी प्रशासनको केन्द्रीकृत मानसिकता र नेताहरुको योजनामा भन्दा मागका आधारमा बजेट विनियोजन गर्ने प्रवृति योपल्ट पनि हटिहाल्ला भन्न सकिदैन् । यद्दपी प्रधानमन्त्री र अर्थमन्त्री सार्वजनिक रुपमै बोलेकाले विश्वासका केही आधार छन् । 
    प्रदेश र स्थानीय तहलाई दिशानिर्देश गर्ने संघीय सरकारले हो । संघीय सरकारले टोल—टोलमा पुग्ने सडक र टोलका साना मन्दिरका लागि पनि संघीय सरकारले नै बजेट विनियोजन गर्ने हो  भने संघीय सरकार बाटो विराएको बटुवा झैं हुन्छ । बजेट नतिजामुखी हुन्न् । संघीय सरकार बाटो बिराएको बटुवा झैं भएपछि प्रदेश र स्थानीय तह पनि अलमलमा पर्दछन् । मागका आधारमा नभई संवैधानिक मर्म अनुसार संघीय सरकारले बजेट ल्याउने हो भने मुलुकको समृद्धिका लागि ढोका खोल्छ । प्रदेश र स्थानीय सरकारका लागि पनि बाटो देखाउँछ । अहिले प्रदेश र संघीय सरकारको मुकाममा लागेको भीडका आधारमा हैन्, यो व्यवस्थालाई संस्थागत गर्ने गरी अघि बढ्नुको विकल्प छैन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij