२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

घरती संस्कृत  भाषा र सनातनी हिन्दु धर्म त भाटिने भयो त !

घरती संस्कृत  भाषा र सनातनी हिन्दु धर्म त भाटिने भयो त !

घरती संस्कृत  भाषा र सनातनी हिन्दु धर्म त भाटिने भयो त !

घरती संस्कृत  भाषा र सनातनी हिन्दु धर्म त भाटिने भयो त !

घरती संस्कृत  भाषा र सनातनी हिन्दु धर्म त भाटिने भयो त !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • झपेन्द्र जिसी
    विषय प्रवेश
    एक दिन बाबुराम  थापाको घर पसल अगाडि   आँपको रूखमुनि बसिरहेका  थियौं ।
    असार  महिनाको बेला  आँपको रूखमुनि बस्नुको उद्देश्य  शीतलमा बसेर गफ चुट्नु र  आँप दाना खस्दा जसले हतपत दौडिएर आँप दाना छोपेर  चुस्नु  पनि थियो ।
    आफू त  बरै   ! प्यारलाइसिसले प्यार गरेको   हुँदा खर्लाखुट्टी  ठ्याक ! तर साथीहरूको दयामायाले गर्दा    आँपदाना प्राप्त  गर्नेमा म   पनि  कम थिइनँ ।
    त्यही बेला ब्राह्मण  पुरोहित जस्तो दाइले भन्नु  भयो
    होइन सर तपाईं  जस्तो विद्वानले वर्णव्यवस्था  र जनै संस्कार लुम्बिनी  पत्रिकामा लेख्नु भएछ ! तपाईंले नलेखेको भए जाती  हुन्थ्यो । वास्तवमा   यी शुद्र भनेका त क्षुद्र  नै  हुन्   यिनलेत बाहुनाको टाउकामा  टेकिसके ! आजकाल त  यिनीहरुले बाहुनाका थरः   पौडेल , खनाल, गैरे, बश्याल, कोइराला  आदि आदि  लेख्न थाले ! राज्यबाट  भत्ता खाने यिनै ले !
    के भो त ! जसका पुर्खा गैरामा बसोबास गरे, डाँडा वरिपरि र डाँडामाथि बसोबास  गर्ने नरनारीले गैरे भन्न थाले ।
    भुटुक रूख नजिकै   बसोबास गर्नेलाई  भुटुके, ठूलो घरनेर  बसोबास गर्नेलाई घरती  क्रमशः  घर्ती, घर्तीलाई कमारबनाइयो,  भनियो म पनि घरती हुँ आजकाल त घर्ती भन्छन् ।   हाम्रालागि   पुर्खाले जनै धारण गरेका हुँदा घर्ती क्षत्री हाल जिसी  लेख्न  अङ्ग्रेजीमा थालिएको हो । इतिहास पढ्दै जाँदा  यो पनि   थाहा भयो कि धेरै जजमानको संख्या बढाउन  । यसभित्र   ब्राह्मणिक स्वार्थ लुकेका थिए ! आफ्नो पुरोहित्याइँ पेशालाई आकर्षक   रस्थायिकरण गर्नु !
    पण्डित दाइ
    – सर !  खुकुरीको  प्राहारको पीडा अहिले    त   ब्राह्मणरूपी अचानोमा परेको छ ।   के यो     पीडा     पीडा  होइन ? हामी  ब्राह्मणको  पीडा पीडा नै   होइन  त ? कसले बुझिदिने ?
    कुरा सुनेर म अमलमा  परेँ । खुकुरी को पीडा  अचानोलाई   थाहा हुन्छ । खुकुरीलाई के थाहा ?  यो त सामाजिकरूपमा दबिएका पिल्सिएका   जातिको   पीडा  हो ।   ब्राह्मणिकरूपमा आफूलाई   उच्च   र अफूले आफैँलाई देवता समेत भनाउन   संस्कृतमा लिखित    कथित ग्रन्थलाई  शास्त्र  समेत    भनाइएको छ ! होइनर ?  अझ  देवताको    मुखारविन्दबाट निःसृत बाणी रे ! कसो पप्ण्डित दाइ !  २०७२ सालामा जारी संविधानले छुवछुत प्रथा  अन्त गरेको छ । कुल जाति वंश आदिका आधारमा  कुनै  पनि  मान्छे (नरनारी) ठूलो  र सानो हुँदैन ।  संविधानमै विभेद  गर्न नपाइने उल्लेख गरेको छ । मान्छेमान्छे बराबर भनेको छ ।
    अब त संविधानको अक्षर , भावना र मर्म अनुरुप काम गर्ने बेला भयो ।
      पण्डित  दाइ ! साँचो  कुरो यही  हो मान्ने नमान्ने तपाईंको   विचार । हाम्रो त बसिबियाँलोको गफ हो ।
    होइन सर ! कुरा मिलेन ! बर्वाद भयो ! हाम्रो हली पनि खनाल म पनि  खनाल  हाम्रो  सम्धी पनि दहाल अनि आरने पनि     दहाल ! यो कसरी  मिल्छ ! 
    यसरी त भाँडियो ! समाजै भाँडियो !
    बाहुनको थर चोरेर कोइराला  दहाल  सबै लेख्न थाले !
    कसमा भनेर अस्ति   सोधेको त  कान  झण्डै  कोदो झैं उखलेर कुकुरलाई  खान दिएनन् एउटाले सर !
    मैले विनम्रतापूर्वक ढाढस दिंदै भने–पण्डित  दाइ !   धन्नै बित्यास परेनछ ! समयको परिवर्तनसँगै  परिवर्तन  हुन सिकौं  यो त बाँच्ने कला हो दाइ !  वेदकै प्रारम्भिक चरणमा  छुवाछुत   थिएन । वर्ण  व्यवस्था  थिएन,   यी सबै कुचलन मन्छेले नै बनाएका हुन् । मान्छेले  बनाएका, कुचलनलाई मान्छेले नै हटाउने  हिम्मत गर्नु पर्छ, यो जिम्बेवारी तपाईं मा छ । छैन  त ?  पण्डित दाइ ? कुरा त ठिकै  हो तर   ! किन्तु ...........परस्तु .............
    सर ! संस्कृत  भाषा  त समृद्ध भाषा  हो भाटिने  छाँट  आयो ।।   म  कसरी   जोगाउने   हो ?
    दाइ– आकाश  थामेर थामिन्न !
    पण्डित  दाइ ! नमीठो  नमान्नुहोला !
    मेरो मुखबाट संस्कृत  भाषा    मासिन्छ भन्न नलगाउनुस् । म  त्यसो नभनौं होला । अवश्य   नै भाषा   समृद्ध छ । दुई मत छैन ।
    जुन भाषा  संस्कृति  जनताको दैनिक चलनचल्तीमा आउन  भाषा  तपाईंले  भने जस्तै सक्दैन,  त्यसको  हालत तपाईँले हुन्छ ! भने जस्तै     दराजमा थन्किन्छ ।
    भाषा   बाँच्न अङ्ग्रेजीको  दुईवटा टीलाई  अ नुशरण-अनुकरण गर्न   सक्नुपर्छ । त्यो  भनेको शब्द मात्र  होइन । शब्द त अण्डाको  वा बेलको  खवटो जस्तै हो ।
    पहिलो टीको     अर्थ हो तभअजलययिनथ   (प्रविधि )  र   दोस्रो    तचबमभ  (व्यापार )हो ।
    युरोप, रुस,  अमेरिका,   चीन, जापान  जर्मनी    आदि       देशहरूले विज्ञान –  प्रविधिको विकास गरे । त्यो ज्ञानलाई प्रयोग गरी पानीजहाज हवाईजहाज, रेलमार्ग, रेल, मोटरआदिको निर्माण  गरे ।
    द्रुतगामी  राकेट निर्माण गरी लेनिन कालमा कम्युनिस्ट   देश रुसले  विश्वमै पहिलो पटक वैज्ञनिक  युरी गागरिनलाई अन्तरेक्षमा परिक्रमा   गराई धरतीमा सकुशल अवतरण  गराउन सफल  भयो ।     गरायो । अर्को कम्युनिस्ट  देश चीनले   चन्द्र धरातलमा  मानवसहित यान अवतरण गराई कपास र चना उमार्न   सफल भयो ।   त्यही चीनले बालबालिकालाई गणित सिकाउन  आविस्कार, विकस र प्रयोग गर्ने अवकासलाई दर्जनभन्दा धेरै वैज्ञानिकहरूको  अथक  परिश्रम बगाएर बीसौं वर्षपछि  कम्प्युटरको आविस्कार  र विकास  गरे । अहिले त अमेरिका  त  प्रविधिमा अगाडि   छ भन्छन्,  तर कुनै पनि विकसित देशहरू  पछाडि  छैनन्, चीन, रुस र अरू देशहरू  धेरै  अगाडि  बढिसकेका छन् ।
    वैज्ञानिकहरूको नयाँ खोज, आविष्कारमा तीव्रतम  प्रतिस्पर्धा  छ । तपाईंको हातमा भएको मोबाइल  तपाईं  जस्ता संस्कृतप्रेमी पण्डितहरूले सुरुमै  आविष्कार  विभिन्न  डिजाइनमा निर्माण  गरी संस्कृत भाषामा  यसको नामाकरण गरेको भए संस्कृत  भाषा  विश्वव्यापी  हुने थियो ।
    यस्तै रेडियो, टेलीफोन, टेलिभिजनको साटो संस्कृतमा लेखिने थियो । आदि आदि...
    होइन 
    पण्डित   दाइ ?
    त्यो त हो सर ।
    तर हाम्रो सनातनी हिन्दु  धर्म अब के होला त ?
    तपाईं  जस्तो पण्डितले जान्ने कुरा हो ! यो विषयमा  मलाई  वक्न कर नगर्नुस् ।
    तै पनि  सर भन्नुस् न ! 
    हिन्दु धर्म सनातने हो होइन ? इतिहास  पढ्नुस् ।
    म यति मात्र भन्न सक्छु – वर्ण व्यवस्था  र  छुवाछुतको अन्त्य गर्नु पर्छ । त्यसको जिम्बा  ब्राह्मणले लिनुपर्छ र नेतृत्व  पनि तपाईं  जस्ता योग्य हिन्दु पण्डितले  लिए हिन्दु धर्मले निरन्तरता  पाउने देख्छु ।
    नत्र त ! खोइ ! ?


    ब्राह्मणिक वर्ण व्यवस्था
    जातीय विभेद र छुवाछुत

    कुरो त ठीकै  हो सर ! तर ब्राह्मण  धर्म, कर्म र संस्कार  सनातनी हो कसरी चटक्क  परित्याग  गर्ने ? गाह्रो  छ बा गाह्रो छ, सर ! नयाँ  कुरालाई  परिपालना कसरी  गर्ने ? 
    मैले नयाँ  कुरा भनिरहेको  छैन । मैले त के पो जानेको छु होला र ! अनुष्ठानहरू गर्दा हजुरजस्ता विद्वान्  पण्डितहरूले पटक पटक वाचन गरेर  नेपाली  भाषामा  अथ्र्याएको सुनेकोछु –
    –अष्टादशेपुराणेषुव्याशस्य वचनंद्व्यं
    परोपकार पुण्याय पापाय परपीड्नं ।।
    अर्थात्  अठार पुराण लेख्ने महर्षि व्याशले  अरूको हितभलो
    हित भलो कल्याण गर्नु पुण्य कर्म  धर्म हो  र अरूको अहित गर्नु अर्थात्  अरूलाई  पीडा दिनु वा अरूलाई घृणा गर्नु, हेप्नु पाप हो ।
    अब तपाईं  आफैँ भन्नुस् त पण्डित  दाइ ! हाम्रो समाजका व्यावसायिक  जातिहरू यानेकि टोपी सर्ट पायण्ट सिउनेहरू, धजा चंदुवा बनाउनेहरू कसरी अछुत  भए ? यसरी नै डाडु, पनियो, ताप्के, सेंगी, हसिया, बनाउनेहरुलाई कसले अछुत  बनायो ? किन बनायो ? पण्डित दाइ ?
    यति मात्रै होइन, देवमूर्ति बनाउने, सुनचुरा नाकमा लाउने बुलाकी, फुली, औंठी बनाउने र जुत्ता चप्पल  पेटी आदि बनाउन सिपालु व्यवसायिक कलाकर्मी पनि अछुत कसरी भए ? कसले  बनायो ? यो हिंसा घृणा  र पाप नभएर के हो त ? के यो ऋषि व्याशले भने अनुसार भयो त ?
    पण्डित  दाइ ?
    सर ! के भनौं  खोइ !  अमल्मल्ल छु ! अकमक्क  भएँ !
    के  भनूँर !?
    साँच्चै  महर्षि व्याशकी आमा को थिइन्, ?
    सर ! बढी निधिखुदी गरे आन्द्राभित्रको आची पनि देखिन्छ ।
    माझी बोटेकी छोरी हुन् ।
    सर ! सनातनी हिन्दु धर्मले त बसुधैव कुटुम्वकं भनेको छ सर !
    यो के भनेको हो पण्डित दाइ ?
    पृथ्वीभरिका सम्पूर्ण  मानव जाति एउटै परिवार हो ।
    त्यसो हो भने  विभेद किन ? कसले कहिलेदेखि सुरु गर्यो त ? पण्डित दाइ ? 
    देवताको पालादेखि हो सर ! 
    के  नामको  देवताको पालादेखि हो ! 
    झमक्कै रात पर्नै पो थालेछ ।
    जिज्ञासा त मेटिएन पण्डित दाइ ! 
    अब बाँकी भोलि । हुन्न र सर ? 
    हुन्छ । किन पो नहुन पर्यो र !
    आजको  बसाइ उठ्यो ।
    जाम्ला  सुस्तैसुस्तै
    तिमी उस्तै म उस्तै !
    भोलि पल्ट
    नमोनारायण पण्डित दाइ !
    नमोनारायण सर
    गाथमा आरामै त छ नि पण्डित दाइ ?
    दश÷पन्ध्र जना जम्मा भएका मान्छेका बिचमा  सञ्चो विसञ्चो भलाकुसारी नमस्कार आदानप्रदान भए । 
    त्यही बेला एउटाले छ्वास् भने– पण्डित बालाई त रातभर निद पनि लागेन होला ! हिजोको वहस र सरका कुराले !
    तपाईंहरूको जे गत मेरो पनि त्यही गत ।
    तपाईंहरूको जे मत मेरो पनि त्यही मत ।
    छलफल त बसिबियाँलो थियो । साथसाथै यथार्थ पनि त हो । तर.....! 
    भोक, तिर्खा  र निद्रा नै नलाग्नु पर्ने कारणै पो के थियो र ? 
    यति  ठूलो हाम्रो वर्ण व्यवस्था र हिन्दु धर्म परम्परालाई कसरी  परित्याग  गर्ने ?  क्रिस्चियन इसाइहरूले  ढाकिसके !  हाम्रो हलीलाई पनि क्रिस्चियन बनाइ पो सकेछन् ! डलर  पौण्डले किनिसकेछन् ।
    सर !
    पण्डित दाइ  ! विभेद  र छुवाछुतमा परेका सबै जातजाति  र अछुत बनाइएका अथवा समस्त व्यवसायिक जातिहरूको युगौंदेखिको पीडालाई छुत भनिएका जातिले  हटाउन र ती पीडितहरूलाई सम्मान र माया गर्न सक्नुपर्दैन र ?
    सधैं दूर दूरको व्यवहार गरेपछि को पो नजिक हुन्छर ! साँच्चै भन्ने हो भने जसलाई दलित वा अछुत भनिएको छ तिनीहरुलाई दलित वा अछुत कसले बनायो त ? 
    के हिन्दु वर्ण व्यवस्थाले होइनर ? अथवा  ब्राह्मणिक हिन्दु व्यवस्थाले होइन त ? अरू देशहरु युरोप, अमेरिका, जापान, चीन, रुस जस्ता देशमा छुवाछुत छैन । पहिले विदेशमा काला जाति र गोरा जातिका बिचमा विभेद  थियो । 
    दक्षिण अपिÞm्रका  काला जातिका  नेता नेल्सन मण्डेलाको नेतृत्वमा लामो आन्दोलन  भयो । मण्डेलालाई त्यहाँको शासक गोरा शासक पिटर बोथाहरुले विभेद गरेका थिए– पण्डित दाइ ? गोराले २८ वर्षसम्म कडा यातना दिँदै जेलमा थुन्यो ।
    मानव जाति काला  अथवा गोरा, चुचे अथवा  बुच्चे  सबै बराबरी छन् भनी स्वीकार्न गोरा शासक पिटर  बोथा बाध्य भयो ।
    काला जातिले जिते ।  हार कसको भयो त ? कसैको पनि भएन । मान्छे  मान्छे बराबरी भए । कसले  जित्यो ? मान्छेले ?
    हाम्रो देशमा दूर दूर नभनी वा दूर ! दूरको व्यवहार नगरी सबैलाई  नजिक नजिकको व्यवहार गर्ने बानीको विकास हजुरजस्ता ब्राह्मण  पुरोहित पण्डितले  अनिवार्य रूपमा गरे कोही  पनि  क्रिस्चियन वा अन्य धर्म अवलम्बन गर्ने थिएन र छैनन् । कस्तो  लाग्यो पण्डित दाइ ?
    नत्र त   !
    खोइ के भनूँ सर ! हो भनूँ कि होइन भनूँ ! देवताको पालादेखि चलेको जेठो हिन्दुधर्म संस्कार हो । शास्त्रले भनेका छन् । 
    कुन देवताले भने ? कसले सुने ? अनि कसले लेखे ?
    चार वेदका रचनाकार पनि मान्छे नै हुन् ।
    अनि मनुस्मृति संहितालगायत १८  पुराणका रचनाकार पनि मान्छे नै रहेछन्  अर्थात्  व्यास आदि ऋृषि नै रहेछन् । भनेपछि निर्माता, स्रष्टा सबै मान्छे नै हुन् ।
    फालो, बालो  चंदुवा, ताप्के, डाडु पनियो-पन्युँ बनाउने  पनि व्यवसायिक जाति नै हुन् । ब्राह्मण प्रभावित  हाम्रो समाजमा ब्राह्मण  समुदायले के उत्पादन  वा निर्माण  गरे त पण्डित दाइ ? 
    लौ भन्नुस् त पण्डित दाइ !
    सरको कुरामा चित्त त बुझेकै छ । तर सगरमाथाको यात्रामा त गएको छैन तर त्यो भन्दा गाह्रो  अनुभूति भइरहेको छ ।
    सर !
    गाह्रो  त हुन्छ । धर्म संस्कार भनेको चलन हो । समाजमा  जे  चलायो त्यही चल्छ ।
    स्मरण गरौँ हिमाली भेकमा बसोबास गर्ने शेर्पा, गुरुङ, थकाली, भोटे र उच्च पहाडमा बस्ने मगर जातिहरु जस्ता जाति पनि नेपाली  नै हुन् उनीहरूले बुद्ध धर्म र बुद्ध धर्म जस्तै वोन्पो  धर्मसंस्कार संस्कृति  मान्छन् । उनीहरूका बिचमा जातीय सामाजिक भेदभाव छैन । सामाजिक र जातीय समानता पाइन्छ । 
    कतिपय छनक त तपाईं मुक्तिनाथ तीर्थ यात्रामा जाँदा पनि पाउनु भयो होला । पण्डित दाइ । 
    हैन हो ! रात पर्यो अब उठौं !
    आवाज आयो !
    उठौं ! जाऔं
    शुभ सन्ध्या !

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij