परासी । पश्चिम नवलपरासीमा ग्याँसमा बढी मूल्य लिएको पाईएको छ । एलपी ग्याँस बढि मूल्य लिएको सुचना स्थानीयले प्रशासनमा गरेपछि संयुक्त जिल्ला बजार अनुगमनको क्रममा एक पसल ग्याँस बढि मूल्य लिएको पाईएको हो ।
रामग्राम नगरपालिका वडान १८ धरमपुर बजारमा रहेको निरमा स्टोर्सले एलपी ग्याँस बढि मूल्य लिएको पाईएको भेटिएको जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।
घरेलु तथा साना उद्योग कार्यालयका उद्यम सहर्जकर्ता मनोज कुमार ग्यास आधा सिलिन्डरको रु १०३०रएक हजार तीस रुपयाँमा बिक्री गर्नु पर्नेमा उक्त पसलले एक हजार ५० रूपैयाँ ग्राहकसंग लिएको पाईएको बताए ।
सरकारले तोकेको मूल्य भन्दा २० रूपैयाँ लिई उपभोक्ता ठग्गि गरेको पाईएको उक्त पसल सञ्चालकलाई आईन्दा सो बिक्री वितरण नगर्न निर्देशन दिईएको प्रजिअ नेपालले बताए ।
अनुगमनको क्रममा पसल सञ्चालकहरू मुल्य सुर्जी नराखेको र होडिड्ग बोर्ड नराखेको पाईएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्याम सहजकर्त मनोज कुमार चौधरीले बताए । रामग्राम नगरपालिका वडान १८ रहेको किराना पसल फार्मेसी गरि ६ वटा पसलको अनुगमन गरिएको थियोे ।




