२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरकारसँग छैन खाना पकाउने ग्यास भण्डारण क्षमता, आपूर्ति व्यवस्थापनमा चुनौती

सरकारसँग छैन खाना पकाउने ग्यास भण्डारण क्षमता, आपूर्ति व्यवस्थापनमा चुनौती

सरकारसँग छैन खाना पकाउने ग्यास भण्डारण क्षमता, आपूर्ति व्यवस्थापनमा चुनौती

सरकारसँग छैन खाना पकाउने ग्यास भण्डारण क्षमता, आपूर्ति व्यवस्थापनमा चुनौती

सरकारसँग छैन खाना पकाउने ग्यास भण्डारण क्षमता, आपूर्ति व्यवस्थापनमा चुनौती
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं । नेपाल आयल निगमसँग खाना पकाउने ग्यास भण्डारण क्षमता नहुँदा र उद्योगीहरुसँग पनि सीमित मात्र हुँदा सरकारले आपूर्ति व्यवस्थापनमा चुनौती महसुस गरेको छ ।

    बुधबार उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सो जानकारी दिएका हुन् ।

    उनका अनुसार हाल देशभर ५८ वटा ग्यास उद्योग सञ्चालनमा छन् । ती उद्योगहरूको दैनिक सिलिन्डर भर्ने क्षमता १ लाख ६२ हजार रहेको छ भने दैनिक औसत १ लाख १० हजार सिलिन्डर बिक्री भइरहेको छ ।

    उद्योगहरूको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन मात्र रहेको र नेपाल आयल निगमसँग आफ्नै भण्डारण सुविधा नहुँदा आपूर्ति व्यवस्थापनमा चुनौती रहेको सचिव राउतले बताए ।


    उनका अनुसार उद्योगहरूको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन मात्र रहेको छ भने नेपाल आयल निगमसँग आफ्नै भण्डारण सुविधा छैन ।

    साथै, ग्यास बुलेटहरूको सीमित संख्याका कारण पनि समस्या देखिएको छ । हाल करिब ७०० ग्यास बुलेट ट्रान्जिट तथा स्ट्यान्डबाइमा रोकिँदा भारतबाट हुने लोडिङ प्रक्रियामा समेत असर परेको छ ।

    सचिव राउतले औद्योगिक प्रयोजनका लागि बिक्री हुने एलपी ग्यास भने परल मूल्य ९कस्ट प्राइस० मै बिक्री हुने र त्यसमा निगमलाई कुनै घाटा नहुने स्पष्ट पारे । उनले करिब ७०० ग्यास बुलेट ट्रान्जिट तथा स्ट्यान्डबाइमा रहँदा भारतबाट हुने लोडिङमा समेत असर परेको उल्लेख गर्दै आगामी चाडपर्व र जाडो याममा हुन सक्ने माग वृद्धिलाई ध्यानमा राखी आपूर्ति व्यवस्था चुस्त बनाउन मन्त्रालय सक्रिय रहेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij