२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

महासंघ स्थापना दिवसमा उद्योग ब्यापार संघको सरसफाइ

महासंघ स्थापना दिवसमा उद्योग ब्यापार संघको सरसफाइ

महासंघ स्थापना दिवसमा उद्योग ब्यापार संघको सरसफाइ

महासंघ स्थापना दिवसमा उद्योग ब्यापार संघको सरसफाइ

महासंघ स्थापना दिवसमा उद्योग ब्यापार संघको सरसफाइ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • बुटवल । नेपाल उद्योग ब्यापार महासंघको पाँचौं स्थापना दिवसको अवसरमा उद्योग व्यापार संघ बुटवलले बुधबार बुटवलको पुष्पलाल पार्कदेखि ट्राफिकचोकसम्मको डिभाइडरमा गरिएको बृक्षारोपण  क्षेत्रमा संरक्षण तथा सरसफाइ कार्यक्रम गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा व्यवसायीहरूको  सहभागिता रहेको थियो।

    संघले सार्वजनिक स्थलको संरक्षण, वातावरणीय स्वच्छता र हरित क्षेत्रको प्रवर्द्धनमा निजी क्षेत्रको दायित्वलाई व्यवहारमा उतार्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा सहभागीहरूले हरियाली पार्क परिसरको सरसफाइ गर्नुका साथै वातावरण संरक्षणसम्बन्धी जनचेतना फैलाउने सन्देश दिएका थिए।

    उद्योग व्यापार संघ बुटवलका अध्यक्ष लोकनाथ पन्थीले उद्योगी–व्यवसायीको भूमिका व्यापारमा मात्र सीमित नरहने भन्दै समाज र वातावरणप्रतिको उत्तरदायित्व पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।

    ‘स्वच्छ र हरित शहर निर्माणमा निजी क्षेत्रको पनि समान जिम्मेवारी हुन्छ। उद्योग व्यापार संघले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनेछ’–अध्यक्ष पन्थीले भने।

    संघका महासचिव विजय आचार्यले वातावरण संरक्षणलाई अभियानका रूपमा अघि बढाउन सबै नागरिकको सहभागिता आवश्यक रहेको बताए।

    संघका अनुसार स्थापना दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी समाजलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रममार्फत मनाउने परम्परालाई निरन्तरता दिइएको हो। वातावरण संरक्षण, सार्वजनिक स्थलको व्यवस्थापन र हरियाली प्रवर्द्धनमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको सहभागीहरूले जोड दिएका थिए।

    नेपाल उद्योग ब्यापार महासंघले स्थापना दिवसका अवसरमा देशभर आबद्ध सदस्य संस्थाहरूलाई सामाजिक उत्तरदायित्वसँग जोडिएका कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको सन्दर्भमा उद्योग व्यापार संघ बुटवलले हरियाली पार्क संरक्षण तथा सरसफाइ अभियान सञ्चालन गरेको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij